pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

दामनको भर्‍याङ छायांकनस्थल बन्दै, एकैदिन २ वटा भिडियो छायांकन

shooting-3-copy-1602764494.jpg

मकवानपुरको प्रमुख पर्यटकीय स्थल दामनमा रहेको नेपालकै लामो फलामे भर्‍याङ सौन्दर्यप्रेमीहरुका लागि चित्तार्षक त छँदैछ, यही सौन्दर्यमा चलचित्रका निर्देशकहरु पनि आकर्षित भएका छन् । विश्वकै लामो भर्‍याङ दावी गरिएको उक्त भर्‍याङ र भर्‍याङ चढेर पुगिने २४०० मिटर उचाईमा रहेको प्राकृतिक टावर छायांकन स्थल बन्न थालेको छ ।

पहिलोपटक थाहापाटी डटकम र राष्ट्रिय समाचार समितिमार्फत् गरिएको प्रचारप्रसारको छोटोसमयमै चर्चा बटुल्न सफल उक्त भर्‍याङमा एकै दिनमा दुईवटा म्युजिक भिडियोको छायांकन गरिएको छ । 

एकैदिन पालुङ जेसीजका पूर्व अध्यक्ष एवं नवक्षितिज कला केन्द्रका निर्देशक विजयश्याम अमात्यद्वारा निर्देशित ‘परदेशबाट’ एलबम र थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तान निर्देशित ‘गाजलु आँखैले’ एलबमको म्युजिक भिडियो छायाँकन कीर्तिमानी फलामे भर्‍याङमा भएको हो । 

कलाकार एवम् चर्चित निर्देशक विजयश्याम अमात्य रामकुमार प्रधानको ‘परदेशबाट ’ गीतको म्युजिक भिडियोको निर्देशन गर्न कलाकारहरुको साथमा आइतबार प्राकृतिक टावर पुग्नुभएको थियो । उहाँले आफ्नो भिडियो निर्देशनको यात्रामा २७औं म्युजिक भिडियो फलामे भर्‍याङ र प्राकृतिक टावरमा छायांकन गरिएको बताउनु भयो । 

रामकुमार प्रधानको रचना, चन्द्र श्रेष्ठको संगीत र प्रताप दासको श्वर रहेको उक्त गीतको म्युजिक भिडियोमा अस्मिता बिक र सुवाष सोनामले मोडेलिङ गर्नुभएको छ भने पालुङ जेसीजका पूर्व अध्यक्ष भरत गोपाली, रत्न गोपाली र छविराम पराजुलीको समेत अभिनय रहेको छ । भिडियोमा देवेन्द्र गिरी ‘हुरहुर’ को छायांकन रहेको छ भने मेक अपमा रवि केसी रहेका छन् । गीतमा दशैंमा घर आउन नपाएको परदेशी नेपालीको विषयवस्तु समेटिएको छ । 

दामनको भर्‍याङमा म्युजिक भिडियो छायांकन गर्न आइतबारै मकवानपुरका युवा गायक तथा संगीतकार आशिष अस्लामी मगर पनि कलाकारहरुको साथमा आउनु भएको थियो । उहाँले आफ्नै स्वर तथा संगीत रहेको ‘गाजलु आँखैले’ गीतमा म्युजिक भिडियोको छायाँकन गरिएको बताउनु भयो । थाहा–३ का बिवेक पाख्रिनको शब्द रहेको गीतको भिडियोमा भूपेन्द्र राना, सुजु थापा, कृपा गोपाली, सुबु रिजाल र संचारकर्मी अमृत चिमोरियाको अभिनय रहेको छ । ‘गाजलु आँखाले’ यसअघि चर्चित ‘क्या राम्री’ म्युजिक भिडियोको ‘पार्ट टु’ को रुपमा रहेको छ । 

‘यसै पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण दामनमा नेपालकै लामो भर्‍याङ निर्माण भएको खबरले हामीलाई झनै आकर्षित गर्‍यो’ अस्लामीले थाहापाटीसित भन्नु भयो । आइतबार छायांकन गरिएको म्युजिक भिडियोमा ड्रोनबाट समेत प्राकृतिक टावर र दामनको भर्‍याङ छायांकनस्थल बन्दै, एकैदिन २ वटा भिडियो छायांकनका दृश्यहरु कैद गरिएका छन् । 

थाहापाटीसितको छुट्टाछुट्टै कुराकानीमा अमात्य र अस्लामीले म्युजिक भिडियो दशैं अगाडि नै सार्वजनिक हुने बताउनु भयो । ‘परदेशबाट’ गीतको म्युजिक भिडियो सकेसम्म कात्तिक १ गते सार्वजनिक गर्ने गरी सम्पादन भइरहेको अमात्यले बताउनु भएको छ । 

दुबै म्युजिक भिडियोका निर्देशक एवम् अस्लामी एक अर्कामा परिचित नामहरु हुन् । एकै दिन एकै स्थलमा छायांकन गर्न पुग्नु संयोग मात्र भएको उनीहरुले बताएका छन् । फलामे भर्‍याङमा ‘परदेशबाट’ छायांकन हुँदा ‘गाजलु आँखैले’ भिडियो समूह दामनको सेल्फी डाँडामा छायांकन गरिरहेको थियो । एकै स्थलमा छायांकन भए पनि दुई समूहको भेट भएन । 

पछिल्ला दिनहरुमा फलामे भर्‍याङ र प्राकृतिक टावर ‘सेल्फी’ लिन चाहनेहरुको लागि समेत आकर्षणको केन्द्र बन्न थालेको छ । सूर्योदयदेखि नै भर्‍याङ चढ्नेहरुको ताँती लाग्ने गरेको स्थानीय समाजसेवी विनोद लामाले बताउनु भयो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...