Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

दामनको भर्‍याङ : अँग्रेजीमा ल्याडर की स्टेयरकेस ? 
ल्याडर भए विश्वकोे, स्टेयरकेस भए नेपालको

daman-ladder-copy-1601547580.jpg
  • कुमार नेगी

अँग्रेजी भाषाको ल्याडर शब्दलाई आधार मान्ने हो भने गिनिज वर्ल्ड रेकर्ड्सले प्रकाशन गर्ने विश्व कीर्तिमानहरुमध्ये विश्वको सबैभन्दा लामो ल्याडर अर्थात् भर्‍याङ ४१ मिटर १६ सेन्टिमिटर रहेको छ । सन् २००५ मा यो अभिलेख कायम भएयता यसमा ‘रेकर्ड ब्रेक’ भएको पाइएको छैन ।  गिनिज वर्ल्ड रेकर्ड्सको वेबसाइटमा गएर हेर्ने हो भने अहिलेसम्म अभिलेख गरिएको विश्वको लामो ल्याडर अस्ट्रियामा सन् २००५ मा निर्माण गरिएको भर्‍याङ हो भन्ने स्पष्ट देखिन्छ । 

अष्ट्रियाको ल्याडर

मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्यमध्ये मानिने दामनको प्राकृतिक टावरमा निर्माण गरिएको भर्‍याङ गिनिज वर्ल्ड रेकर्ड्सअनुसारको भर्‍याङभन्दा २८ मिटर ३४ सेन्टीमिटरले लामो रहेको छ । हाल निर्माण गरिएको दामनको फलामे भर्‍याङ ६९ मिटर ५० सेन्टीमिटर रहेको थाहा नगरपालिका–४ का वडा अध्यक्ष दिपकसिं लामाले बताउनु भयो । 

गिनिज वर्ल्ड रेकर्ड्स हेर्दा दामनको भर्‍याङको लम्बाई मात्र होइन, त्यसमा रहेका खुड्किलाहरु पनि बढी देखिन्छ । अष्ट्रियाको भर्‍याङमा १२० खुड्किला रहेकोमा दामनको भर्‍याङमा १५७ खुड्किलाहरु रहेका छन् । भर्‍याङलाई अँग्रेजी भाषामा ल्याडर, स्टेयरकेस जस्ता शब्दहरुबाट चिनिने गरिएको पाइन्छ । गिनिज वर्ल्ड रेकर्ड्सले स्टेयरकेसको लम्बाई बारे विश्व कीर्तिमानीको सूची प्रकाशन गरेको छैन । 

स्वीटजरल्याण्डको स्टेयरकेस 

गिनिज वर्ल्ड रेकर्ड्समा स्टेयरकेसको लम्बाईबारे कीर्तिमानी रेकर्ड नदेखिए पनि बेवसाइटहरुमा हेर्दा दामनको भर्‍याङलाई स्टेयरकेस मान्ने हो भने यो भन्दा लामा स्टेयरकेसहरु धेरै देखिएका छन् । स्वीटजरल्याण्डको नाइसिन हिमालमा रहेको ३ हजार ४०० मिटर लम्बाई रहेको स्टेयरकेस विश्वको सबैभन्दा लामो देखिन्छ । उक्त स्टेयरकेसमा ११ हजार ६७४ स्ेटप रहेका छन् । 

दामनमा निर्मित प्राकृतिक टावरमा जाने भर्‍याङलाई गिनिजले ‘ल्याडर’को रुपमा परिभाषित ग¥यो भने गिनिज वर्ल्ड रेकर्ड्समा यो सन् २०२० को अहिलेसम्मलाई विश्वको लामो भर्‍याङको रुपमा दर्ज हुनेछ । यसको लागि गिनिज वर्ल्ड रेकर्ड्सको वेबसाइटमा गई खाता सिर्जना गरेर आवेदनको प्रक्रिया शुरु गर्न सकिन्छ । 

अहिलेसम्म गिनिज वर्ल्ड रेकर्ड्सले सूचीकृत गरेको विश्वको लामो ‘ल्याडर’ पश्चिम अष्ट्रियाको टेरोल राज्यअन्तर्गत पर्ने साँट लियोनहार्ड नगरपालिकामा पर्छ । विश्वकाभर्‍याङहरुबारे जानकारी दिने मिडल्याण्ड ल्याडर्स नामक वेबसाइटको फेब्रुअरी २०१९ मा प्रकाशित ल्याडर वर्ल्ड रेकर्ड्स शीर्षकको लेखमा यसबारे उल्लेख गरिएको छ । उक्त लेखमा उल्लेख गरिए अनुसार उक्त भर्‍याङ प्रयोगका लागि डिजाइन गरिएको नभई कलाकौशल प्रदर्शनको लागि निर्माण गरिएको थियो । अष्ट्रियामा रहेको ह्याण्डवक्र्स संग्रहालयले प्रदशर्नीका लागि उक्त भर्‍याङको निर्माण गरेको थियो । 

दामनमा निर्माण गरिएको भर्‍याङ समुदी सतहबाट करिब २ हजार ४०० मिटरको उचाइमा रहेको प्राकृतिक टावरमा पुग्नेगरी डिजाइन गरिएको हो । 
(यो सामग्री विभिन्न वेबसाइटहरुको सहयोगमा तयार पारिएको हो ।)

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...