himalen-2083-1778725505.jpg
Wednesday, 27 May, 2026
jkmv2083-1778723862.jpg

पर्यटन

दामनका होटलमा सवारी चालक र यात्रुलाई खानबस्न बन्द

मकवानपुरको प्रमुख पर्यटकीय स्थलको रुपमा चर्चित थाहा नगरपालिकास्थित दामन बजारमा सवारी चालक तथा यात्रुहरुलाई खानबस्न बन्द गरिएको छ । प्रमुख पर्यटकीय गन्तव्य भए पनि पर्यटनसँगै कोरोना भाइरस संक्रमणको जोखिम भएकोले सवारी चालक, स्टाफ र यात्रुहरुलाई खानेबस्ने सुविधा बन्द गरिएको थाहा होटल एसोसिएसनका अध्यक्ष शिबकुमार खत्रीले बताउनु भयो । 

स्थानीय होटल व्यवसायीहरु, दामन बजार व्यवस्थापन समिति र एभरेष्ट युवा विकास क्लबको बैठकले दामनमा त्रिभुवन राजपथ भएर आउजाउ गर्ने सवारी चालक र यात्रुहरुलाई कुनै सेवासुविधा प्रदान नगर्ने निर्णय गरिएको दामन बजार व्यवस्थापन समितिका अध्यक्ष टासी शेर्पाले जानकारी दिनुभयो । ‘त्रिभुवन राजपथ भएर ओहोरदोहोर गर्ने सवारी चालकहरुलाई दामन बजारमा सवारी नरोक्न आग्रह गरेका छौं’ उहाँले भन्नु भयो । 

त्रिभुवन राजपथले तराईदेखि संघीय राजधानी काठमाण्डौं जोड्ने भएकोले बीचमा सवारी रोकेर स्थानीयको सम्पर्कमा आउँदा कोरोना भाइरस सर्न सक्ने भन्दै स्थानीय होटल व्यवसायीहरु होटलको सेवा बन्द गर्ने निर्णयमा पुगेका हुन् । 

बन्दाबन्दीपछि गत साउन १५ गतेदेखि दामनका होटलहरु संचालनमा आएको भए पनि पर्यटकहरुको चहलपहल थिएन । त्रिभुवन राजपथको बीचमा पर्ने भएकाले फाट्टफुट्ट गारी रोकिने गरेका थिए । 

दामन नजिकै रहेको सीमभन्ज्याङ बजार स्थानीय होटल व्यवसायीहरुको निर्णयमा यसअघि नै बन्द भइसकेको छ ।

 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

khane-1774766593.png