Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बजार

दसैँमा बिक्री नभएको कुखुरा बेच्न मूल्य घटाउँदै

Untitled-1-(1)-1698544366.jpg

दसैँमा बिक्री नभएका कुखुरा बेच्नका लागि व्यवसायीले त्यसको मूल्य घटाउने भएका छन् । दसैँलाई लक्षित गरी उत्पादन गरेको कुखुरा लक्ष्य अनुसार बिक्री नभएपछि त्यसलाई बेच्नका लागि मूल्य घटाउन लागिएको कुखुरा बजार व्यवस्थापन सङ्घका अध्यक्ष जङ्गबहादुर सिंहले बताउनुभयो । 

उहाँका अनुसार कात्तिक १० गतेदेखि प्रतिकिलो १५ रुपियाँ मूल्य घटाएर किलोको ३७५ गरिएको छ । यसअघि कुखुराको मासु प्रतिकिलो ३९० मा बिक्री भइरहेको थियो । 

मूल्य अझ कम हुन्छ, उहाँले भन्नुभयो, “हामीसँग बढी भएको कुखुरा बेच्नका लागि अझै मूल्य घटाउनु परे घटाउँला तर बढी भएको कुखुरा बेच्नुपर्ने बाध्यता आइसकेको छ ।”

अघिल्लो वर्षको दसैँमा देशभर दैनिक १२ लाख किलो कुखुराको मासु बिक्री भएको थियो भने यस पटक छ लाख किलो कटाउन पनि मुस्किल भएको अध्यक्ष सिंहले बताउनुभयो । 

दसैँमा बिक्री हुन्छ भनी पहिलादेखि तयारी गरेर राखेका थियौँ तर आधा पनि बिक्री भएन, उहाँले भन्नुभयो, “बिक्री नभएको कुखुरा कसरी खपत गर्ने भनी किसान तथा व्यवसायीलाई चिन्ता थपिएको छ, बढी भएको कुखुरा खपत गर्न बाध्यता छ, बिक्री भएन भने त्यसलाई पुर्नुपर्ने अवस्था आउन सक्छ ।”

कुखुराको मासु खपत गर्ने कतिपय रेस्टुरेन्ट, होटल, होस्टल, चमेनागृह बन्द भएका छन् । आर्थिक मन्दीका कारण उपभोक्ताले विगतको भन्दा कम मासु खाएका छन् भन्दै उहाँले यस्तो अवस्था रहिरहने हो भने धेरैको टाट पल्टिने अवस्था आउन सक्ने बताउनुभयो । व्यवसायीले बैङ्कबाट लिएको ऋणको ब्याज बढ्दै छ, कुखुराको दाना र श्रमिकको ज्याला बढेर उत्पादन लागत बढ्याबढ्यै छ, यस अवस्थामा बिक्री कम हुनुले किसान तथा व्यापारी निकै मर्कामा परेको उहाँले बताउनुभयो । 

कुखुरापालन व्यवसायमा करिब १८ लाख किसान संलग्न छन् । हप्तामा ४५ लाख चल्ला उत्पादन हुने गरेको थियो, अहिले त्यो घटेर २४ लाखमा पुगेको छ । किसानले अहिले जिउँदो कुखुरा प्रतिकिलो २०० सय रुपियाँमा व्यवसायीलाई बिक्री गर्दै आएका छन् । सोही कुखुरा व्यवसायीले खुद्रा बजारमा ४०० देखि ३९० सम्ममा बिक्री गरिरहेका छन् ।  

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...