himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

थाहा नगर आएका उद्योगी व्यावसायि हरुलाई नगर प्रमुख बिष्टको आग्रह:-पर्यटन उद्योगमा लगानी गर्नुस।

udhyog8-1692282852.jpg

थाहा नगरपालिकामा कृषि र पर्यटनमा लगानी गर्न सक्ने उद्योगी व्यवसायीहरु लाई सम्भाव्यता अध्ययन गरि व्यावसायिको लगानी सुरक्षित हुनेगरी नगरपालिकामा लगानी गर्न उद्योगी व्याबसायीहरुलाई थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले आग्रह गरेका छन।

श्रावण ३२ गते थाहा नगरपालिकामा थाहा नगर उद्योग वाणिज्य संघको आतिथ्यता तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिले आयोजना गरेको बिषयगत समितिहरु बिच परिचयात्मक तथा " उद्योगी व्यावसायिहरुले भोग्नुपरेको समस्या" सम्बन्धि छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बिष्टले उक्त आग्रह गरेका हुन।

नगर प्रमुख बिष्टले प्रकृतिले अथाहा दिएको थाहा नगरपालिकामा लगानीको मात्र खाचो रहेको औल्याउदै उद्योगी व्यावसायिहरुले थाहा नगरपालिका भित्र कृषि र पर्यटन उद्योगमा लगानी गर्न इच्छुक भए नगरपालिका सहयोग गर्न तत्पर रहेको बताए। उनले भैंसे- सिमभन्ज्याङ केवलकार र दामन- सिमभन्ज्याङ क्षेत्रमा मोनोरेलको सम्भावना रहेको र यसले भारत तथा देशको तराई भेगका आन्तरिक पर्यटन लाई नगरमा आकर्षण गर्न सकिने हुदा थाहा नगरपालिकाले उद्योग वाणिज्य संघ संग सहकार्य गरि छिट्टै लगानी सम्मेलनको आयोजना गर्ने बताए। नगर प्रमुख बिष्टले सम्पुर्ण उद्योगी व्यावसायि हरुलाई थाहा नगरपालिकामा स्वागत गर्न पाउँदा उत्साहित महसुस गरेको बताउदै थाहा नगरपालिका संघ संस्था हरु संग समन्वय गरेर अगाडि बढेको स्मरण गर्दै उद्योगी व्यावसायि हरुको लगानी सुरक्षित हुने गरि सहयोग गर्न नगरपालिका तत्पर रहेको बताउनुभयो।

तेसै गरि प्रमुख अतिथी समेत रहेका नेपाल उद्योग वाणिज्य संघका जिल्ला तथा नगर उपाध्यक्ष सुरकृष्ण बैद्धले थाहा नगरपालिकाले धेरै क्षेत्रमा नहेरी दुई क्षेत्र कृषि र पर्यटनमा मात्र केन्द्रित रहि आफ्नो पहिचान सहित अगाडि बढाउन र लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासंघ तयार रहेको बताउनुभयो।

उपाध्यक्ष बैधले दामन क्षेत्र हिजो जस्तो आज पनि उस्तै रहेको आफुले महसुस गरेको बताउदै थाहा नगरपालिकामा नेपाल उद्योग वाणिज्य महासंघ र प्रदेश महासंघ मिलेर पर्यटन उद्योगको लागि लगानी सम्मेलन गर्ने प्रतिवद्द्ता जनाए।

उनले व्यावसायिहरुले लगानीको संरक्षण र व्यावसायिलाई सम्मान खोजेको बताउदै उद्योगी व्यवसायीहरुलाई एक अंकको व्याजदरमा बैंक कर्जा प्रवाह, एल.सी. कार्यान्वयनमा सहजता, आयातको लागि सहजता, औद्योगिक क्षेत्रको जमिन भाडा सरल र सहज हुनुपर्ने बताउदै जिर्ण उद्योग संचालनमा ल्याउन सहुलियत पुनर्कर्जा , ई.आई.ए,आई.ई.ई को व्यवस्थामा सरलिकरण, एकद्धार प्रणालीबाट उद्योग दर्ता, नयाँ उद्योग स्थापना गर्न औद्योगिक क्षेत्रमा सहज जमिनको उपलब्धता आवश्यक रहेको भनाई राख्दै उद्योग वाणिज्य महासंघ व्यावसायिकै हितमा रहेको बताए।

छलफल कार्यक्रममा विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधित्व गरेर आएका उद्योगी व्यावसायिहरुले आफ्नो व्यवसायमा परेको समस्या नेतृत्व समक्ष राखेका थिय उनिहरुले सहकारीमा देखिएको समस्याले साना उद्योगी व्यावसायिहरु मारमा परेको दशै,तिहार जस्ता चाडपर्वमा चाइना बाट सामान ल्याउन समस्या रहेको,जिल्ला, नगरमा रहेका उद्योग वाणिज्य संघलाई महासंघले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने धारणा राख्दै महासंघ नेतृत्व सिंहदरबार छिर्ने पासमात्र भएको बताउदै महासंघ नेपालका ५०-६० जना ठुला व्यापारीको हितमा मात्र बनेको होकि भन्ने भान आम व्यावसायिमा परेको बताउदै नेतृत्वको खवरदारी गरेका थिए ।

उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल शुन्दर श्रेष्ठको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैधको प्रमुख आतिथ्यता तथा थाहा नगरका प्रमुख बिष्णु बिष्टको विशेष आतिथ्यता रहेको थियो भने थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,केन्द्रिय सदस्य तारा बहादुर कार्की ,पुर्व उपाध्यक्ष दिनेश श्रेष्ठ,थाहा नगर उद्योग वाणिज्य संघका सभापति कविराज खत्री लगायत बागमती प्रदेश भित्र रहेका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका २ सय बढी व्यावसायि हरुको उपस्तिथि रहेको थियो।

कार्यक्रममा सहभागी अतिथि हरुलाई मायाको चिनो स्वरुप थाहा नगरमा उत्पादित आलु,लगायत तरकारी प्रदान गरिएको थियो।

 

 

 

 

 

 

 

 

FB_IMG_1692288584552-1692288655.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg