Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बजार

थाहा नगरपालिका द्वारा दामन सिमभन्ज्याङका होटल अनुगमन।

थाहा नगरपालिका बजार अनुगमन समिती मार्फत उद्योग बाणिज्य संघ ,उपभोक्ता हित संरक्षण मञ्च ,ईलाका प्रहरी ,संचारकर्मी लगायतका टोलि बाट थाहा नगरको सिमभन्ज्याङ दामन क्षेत्रमा मा रहेको होटल,लज,रेस्टुरेन्ट तथा ब्याबसायिक पसलको आजअनुगमन गरियको छ।अनुगमनको क्रममा केही पसलमा म्याद गुज्रिएको सामान जफत गरियको छ भने प्रायः ब्याबसायिक पसल तथा अधिकान्स होटल रेस्टुरेन्ट हरुमा थाहा नगरपालिकामा दर्ता भएका ब्याबसायहरुको प्रमाणपत्र नवीकरण नभएको  पाइयको अनुगमनमा खटिएका थाहा नगरपालिका अनुगमन समितीका सदस्य तथा सामाजिक बिकास साखा प्रमुख अनिल लामिछाने  ले बताउनु भयो।नवीकरण नगरेका ब्याबसायिहरुलाइ सात दिन भित्र वडा कार्यालयमा गएर नवीकरण गर्न र होटलको भान्सा सफा राख्न र मूल्य सुची अनिवार्य राख्न अनुरोध गरियको लामिछानेले  बताउनुभयो।आज भएको अनुगमनमा ४० वटा साना ठुला होटल रेस्टुरेन्ट  अनुगमन गरियको नगर प्रशासन प्रमुख उमेश श्रेष्ठले थाहापाटिलाइ जानकारी दिनुभयो।अनुगमनमा थाहा नगर उद्योग बाणिज्य संघका प्रतिनिधि  ,थाहा नगरपालिका सामाजिक बिकास साखा प्रमुख अनिल लामिछाने ,योजना महासाखा प्रमुख अजित घिमिरे ,उपभोक्ता अधिकारकर्मी गणेशमान श्रेष्ठ ,प्रशासन प्रमुख उमेश श्रेष्ठ ,सञ्चारकर्मी शम्भु अधिकारी तथा इलाका प्रहरी कार्यालयका प्रतिनिधिहरुको रोहवरमा बजार अनुगमन गरियको थियो।अनुगमनमा किराना पसल,फेन्सी कस्मेटिक ,होटल,चिया नास्ता पसल ,मदिरा पसल ,तथा तरकारी ,मासुजन्य पसल हरुमा अनुगमन गरियको थियो।थाहा नगरका ब्याबसायिले नगरमा ब्यबसाय नवीकरण नगर्दा राजस्व संकलनमा उल्लेख्य ह्रास आएकोले ब्यबसाय अनिवार्य नवीकरण गर्न पहिलो चरणमा आग्रह गरियको र तोकियको समयमा नवीकरण नगरे जरिवाना गर्ने योजना महासाखा प्रमुख अजित घिमिरे ले बताउनुभयो ।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...