himalen-2083-1778725505.jpg
Wednesday, 27 May, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

थाहा नगरपालिकामा भोलि र पर्सि मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

FB_IMG_1762514432258-1763036285.jpg

थाहा नगरपालिकाको आयोजना र नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुरको सहयोगमा थाहामा दुई दिने मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। "मुटुलाई धडकन दिऔँ" भन्ने नाराका साथ आयोजना हुने यो शिविर कार्तिक २८ र २९ गतेका दिन पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, थाहा–४ मा सञ्चालन हुनेछ।
शिविरमा मुटु रोग तथा जनरल फिजिसियन सेवासँगै थप निःशुल्क परीक्षण सेवा जस्तै ECG, ECHO, USG, PFT र सुगर परीक्षण उपलब्ध गराइनेछ। साथै, १५ दिनका लागि निःशुल्क औषधिको व्यवस्था र दन्त उपचार सेवा पनि रहनेछ।
शिविरमा सिनियर जनरल तथा फिजिसियन डाक्टर प्रा. डा. सुमन कर्माचार्यमुटुरोग विशेषज्ञ प्रा. डा. मनोज श्रेष्ठ (कार्डियोलोजिष्ट) ले परामर्श दिनेछन्।
शिविर विहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रमको आयोजक थाहा नगरपालिका, सहयोगी नेपाल हृदयरोग निवारण प्रतिष्ठान थाहा नगरपालिका इकाई रहेका छन्। साथै, पालुङ प्राथमिक स्वास्थ्य केन्द्रले प्राविधिक सहयोग रहने प्रतिष्ठानका थाहा इकाई अध्यक्ष बिमलकुमार ढकालले जानकारी दिए।
यो शिविरबाट मुटु रोगसम्बन्धी उपचार र सचेतनामा टेवा पुग्ने आयोजक पक्षले जनाएको छ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

khane-1774766593.png