himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

थाहा नगरपालिकाको बजेट ९० करोड ३० लाख

FB_IMG_1751288515960-1751288555.jpg

मकवानपुर थाहा नगरपालिकाको बजेट पारित भएको छ । नगरपालिकाको १६ असारमा सम्पन्न १८ औं अधिवेशनको दोस्रो बैठकले बजेट छलफलसहित पारित गरेको हो ।
नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले सभामा आर्थिक वर्ष २०८२/०८३ को लागि कूल बजेट रु. ९० करोड ३० लाख रूपैया बजेट पेश गरेका थिए । बजेटमा पालिकाले चालू खर्चमा ६० र पूँजीगत खर्चमा ४० विनियोजन गरेको जनाएको छ ।

थाहा नगरपालिकालागि संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान रु. १२ करोड ३९ लाख, समपूरक अनुदान रु. ४९ लाख, विशेष अनुदान रु. २ करोड, सशर्त अनुदान रु. ३१ करोड ६६ लाख, राजस्व बाँडफाँड रु. १० करोड ७० लाख ७ हजार ६ सय ८४, रोयल्टी रु. १ करोड १९ लाख १४ हजार ४ सय ३५ गरी जम्मा रु. ५८ करोड ४३ लाख २२ हजार १ सय १९ रहेको छ ।

त्यसैगरी प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान रु. १ करोड २५ लाख ८६ हजार, समपूरक अनुदान रु. २ करोड ८८ लाख, विशेष अनुदान रु. ६५ लाख, सशर्त अनुदान रु. २ करोड ४९ लाख २१ हजार र राजस्व बाँडफाँड रु. ५ करोड ७८ लाख ३१ हजार ९९ गरी जम्मा रु. १३ करोड ६ लाख ३८ हजार ९९ रहेको छ।

नगरपालिकाको आन्तरिक आयतर्फ राजस्व (कर तथा गैरकर) रु. १६ करोड ८० लाख ३९ हजार ७ सय ८२ र मालपोत रु. २ करोड, गरी जम्मा रु. १८ करोड ८० लाख ३९ हजार ७ सय ८२ आम्दानी हुने बजेटमा उल्लेख छ ।

अधिवेशन नगर प्रमुख विष्णु बहादुर विष्टको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडासदस्य तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg