himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

थाहा नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा ८०.२७ प्रतिशत वित्तीय प्रगती

1720448997639-1720449036.jpg

थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ८०.२७ प्रतिशत वित्तीय प्रगती हासिल गरेको छ । 

थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि चालुतर्फ ५२ करोड ५८ लाख ७८ हजार बजेट विनियोजन गरेकोमा ४७ करोड ३ लाख ४२ हजार २ सय ९९ रुपैयाँ अर्थात ८९.४४ प्रतिशत खर्च भएको लेखा अधिकृत अमर बहादुर जिसीले जानकारी दिए । त्यसैगरी पुँजीगततर्फ ५१ करोड ११ लाख ८६ हजार ८ सय ३५ रुपैयाँ विनियोजन भएकोमा ३६ करोड २० लाख ७९ हजार ६ सय ६९ रुपैयाँ अर्थात ७०.८३ प्रतिशत वित्तीय प्रगती हासिल भएको लेखा अधिकृत जिसीको भनाइ छ ।

चालु आर्थिक वर्षका लागि थाहा नगरपालिकाले १ अर्ब ३ करोड ७० लाख ६४ हजार ८ सय ३५ रुपैयाँ बजेट विनियोजन गरेकोमा ८३ करोड २४ लाख २१ हजार ९ सय ६८ रुपियाँ खर्च गरेको हो ।

थाहा नगरपालिकाले आम्दानीको आधारमा ९६.४२ प्रतिशत वित्तीय प्रगती हासिल गरेको छ । थाहानगरले ८६ करोड ३३ लाख १४ हजार ३ सय ६३ रुपैयाँ यर्थात आम्दानी गरेको छ । सशर्ततर्फको पूर्ण रकम खर्च नभएकोले जम्मा आम्दानी बढि देखिएको लेखा अधिकृत जिसीले बताए । उनले भने–‘उक्त बढि भएको सशर्त बजेट संघीय र प्रदेश सञ्चित कोष खातामा फिर्ता हुने गर्दछ ।’

आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन भएको वार्षिक वजेट तथा कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने सबैलाई पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले धन्यवाद दिएका छन् । उनले भने–‘नगर प्रमुखज्यू उपप्रमुखज्यू, वडाध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, सम्पूर्ण जनप्रतिनिधिज्यूहरू र बजेट कार्यान्वयमा सहयोग गर्ने मेरा सहकर्मी साथीहरु साथै सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद ।’

यसैबीच चालु आर्थिक वर्षमा भएको वित्तीय प्रगती अघिल्लो आर्थिक वर्ष २०७९/०८० को भन्दा ०.३२ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा १ अर्ब १९ करोड २६ लाख ११ हजार ८ सय ६२ रुपैया बजेट विनियोजन भएकोमा ९४ करोड ६७ लाख ३८ करोड ८ सय ५६ अर्थात ८०.५९ प्रतिशत वित्तीय प्रगती हासिल भएको थियो । सो आर्थिक वर्षमा चालुतर्फ ९०.२८ र पुँजीगततर्फ ७०.९० प्रतिशत वित्तिय प्रगती हासिल भएको थाहा नगरपालिकाको तथ्याङ्क छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg