Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

थाहा नगरको खर्चमा सुधार,हेर्नुस कुन शिर्षकमा कति खर्च भयो?

FB_IMG_1688054625058-1691830788.jpg

आर्थिक बर्ष २०७९/०८० मा थाहा नगरपालिकाले ८०.५९ प्रतिशत खर्च गर्न सफल भएको छ।


नगरपालिकाको चालू तर्फ ५२ करोड १७ लाख ९१ हजार १ सय रुपैयाँ बिनियोजित भएकोमा ४७ करोड १० लाख ४६ हजार ३१ रुपैयाँ खर्च भइ ९०.२७ प्रतिशत खर्च तथा पुजिगत तर्फ ६७ करोड ८ लाख २० हजार ७ सय ६२ रुपैयाँ बिनियोजन भएकोमा ४७ करोड ५२ लाख ६७ हजार २ सय २४ रुपैयाँ ७०.५९ प्रतिशत गरि कुल बजेट १ अर्ब १९ करोड २६ लाख ११ हजार ८ सय ६२ रुपैयाँ मध्य ९४ करोड ६३ लाख १३ हजार २ सय ५६ रुपैयाँ अर्थात ८०.५९ प्रतिशत बित्तीय प्रगती कायम राख्न सफल भएको थाहा नगरपालिकाका प्रमुख लेखा अधिकृत हरी बहादुर खपाङ्गिले जानकारी दिए।


खपाङ्गिका अनुसार आर्थिक बिकास क्षेत्र अन्तर्गत ८ करोड ७६ लाख २१ हजार ७ सय ३३ रुपैयाँँ बिनियोजन भएकोमा ५ करोड १ लाख ५ हजार ४ सय ५४ जम्मा ५७.८ प्रतिशत खर्च भएको छ जस्मा कृषि ५६.७२ प्रतिशत ,उद्योगमा ५१.१९ प्रतिशत पर्यटनमा ५१.०३ प्रतिशत सहकारीमा ४५.९४ प्रतिशत जलश्रोत तथा सिचाइमा ९३.७५ प्रतिशत र पशुपन्छी बिकासमा ८२.३९ प्रतिशत खर्च भएको लेखा अधिकृत खपाङ्गिले जानकारी दिए।


तेसैगरी सामाजिक विकास तर्फ ४२ करोड २७ लाख ३५ हजार ६ सय ९८ रुपैयाँ बिनियोजन भएकोमा ३६ करोड ८० लाख ३३ हजार ७ सय ८४ रुपैयाँ खर्च भै ८७.०६ प्रतिशत रकम खर्च भएको छ।

जसमध्य शिक्षामा ९४.४३ प्रतिशत स्वास्थ्यमा ७५.६१ प्रतिशत खानेपानी तथा सरसफाइ ७१.८६ प्रतिशत भाषा संस्कृति तर्फ ९१.१३ प्रतिशत लैङ्गिक समानता तथा सामाजिक समाबेशिकरणमा ७६.३७ प्रतिशत युवा तथा खेलकुद ६६.०६ प्रतिशत र सामाजिक सुरक्षा तथा संरक्षणमा ८०.५५ प्रतिशत खर्च भएको छ भने पुर्वाधार बिकास तर्फ ४९ करोड ६३ लाख ५ हजार ७ सय १७ रुपैयाँ बजेट बिनियोजित भएकोमा ३७ करोड  ६५ लाख २४ हजार ३ सय ९२ गरि ७५.८७ प्रतिशत खर्च भएको छ जसमध्य यातायात पुर्वाधारमा ७७.४८ प्रतिशत भवन आवास तथा सहरी विकास तर्फ ७१.२९ प्रतिशत उर्जामा ९६.३५ प्रतिशत संचार सूचना प्रतिनिधि ४०.०६ प्रतिशत तथा सम्पदा पुर्वाधार तर्फ ९६.८५ प्रतिशत खर्च भएको छ।


तेसैगरी सुशासन तथा अन्तरसम्बन्धी क्षेत्रमा ६ करोड २० लाख १६ हजार २ सय १५ बिनियोजन भएकोमा ३ करोड ४९ लाख ७ हजार १ सय ६० गरि ५६.२९ प्रतिशतमात्र खर्च भएको छ।जसमध्य विपद व्यबस्थापनमा ४९.३२ प्रतिशत खर्च हुदा मानव संसाधनमा ९३.०५ प्रतिशत ,कानुन तथा न्यायमा ८६.५६ प्रतिशत शासन प्रणालीमा ६४.४८ प्रतिशत ,गरिबी निवारणमा २८.६२ प्रतिशत श्रम तथा रोजगारमा ८७.२२ प्रतिशत ,योजना तर्जुमा र कार्यान्वयनमा ८५.८६ प्रतिशत र अनुगमन तथा मूल्याकंनमा ५३.२२ प्रतिशत खर्च हुदा कार्यालय संचालन तथा प्रशासनिकमा १२ करोड ३९ लाख ३२ हजार ५ सय ७ रुपैयाँ बजेट बिनियोजन हुँदा ११ करोड ६७ लाख ३२ हजार ४ सय ६४ रुपैयाँ जम्मा ९४.१९ प्रतिशत खर्च भएको छ।


तेसै गरि १२ वटा वडा हरुमा १४ करोड ८० लाख रुपैयाँ बजेट बिनियोजित भएकोमा १३ करोड ८४ लाख ३१ हजार ३ सय ४३ रुपैयाँ खर्च हुँदा ९३.६१ प्रतिशत खर्च भएको छ ।


वडाहरुमा १ न वडाले ९६.०५ प्रतिशत , वडा न २ ले ९८.५७ प्रतिशत,३ न वडाले ९१.१९ प्रतिशत,वडा न ४ ले ९८.२४ प्रतिशत ,५ ले ९७.३८ प्रतिशत ,वडा न ६ ले ९९.०८ प्रतिशत,७ ले ९०.१९ प्रतिशत खर्च गर्दा वडा न ८ ले ९१.४४ र ९ ले ९०.८ प्रतिशत खर्च गर्न सफल रहदा १० न वडाले सबभन्दा कम ८६.४ प्रतिशत मात्र खर्च गर्न सक्यो भने ११ को ९२.९३ प्रतिशत खर्च हुदा ९०.१७ प्रतिशत वडा न १२ ले खर्च गरेको छ।


थाहा नगरपालिकाका लेखा अधिकृत हरी बहादुर खपाङ्गिले नगरपालिकाको बित्तिय प्रतिवेदन प्रणालीको अवस्थाबारे जानकारी गराउदै नगरपालिकाले प्रत्येक महिनाको पहिलो साता भित्र आम्दानी तथा खर्चको बित्तीय प्रतिवेदन नगरपालिकाको आधिकारिक वेभ साइट तथा आधिकारिक फेसबुक पेज र स्थानिय अनलाइन संचारमाध्यमले समेत सार्वजनिक गर्ने गरेको बताउदै माग भएबमोजिम तालुक निकायमा बित्तीय प्रतिवेदन पठाउने गरेको बताए साथै लेखा शाखाले सुत्र प्रणालीको उच्चतम प्रयोग गरेको जानकारी दिदै आर्थिक बर्ष ०७९/०८० मा व्यक्ती,संस्था आपूर्तिकर्ता तथा निर्माण व्यावसायि हरुलाइ पुर्णरुपमा इ पेमेन्ट प्रणालीद्वारा भुक्तानी गर्ने गरेको बताउदै थाहा नगरपालिकाले इ पेमेन्टमा सत प्रतिशत नतिजा निकाल्न सफल रहेको बताउदै सार्वजनिक खरिदलाई व्यवस्थित गरेको आर्थिक अनुशासन कायम भइ वेरुजु न्युनिकरणमा टेवा पुगेको बताउनुभयो ।

 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg