pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बजार

थाहामा शैलुनको ठगी,बेकरिको जनस्वास्थ्य माथिको खेलवाड उपभोक्ता मारमा।

Screenshot_20220607-21474-1654617896.png

नेपाल नाइँ संघ मकवानपुरले तोकेको दररेट भन्दा बढी मूल्य लियर थाहा नगरभित्र संचालित सैलुन हरुले दारी ,कपाल काटिरहेको पाइयको छ।थाहा नगरपालिकाको थानाबजार,शिखरकोटमा संचालित सैलुनमा जिल्ला नाइँ संघको अबैध मुल्यसुची राखी दारी कपाल काटेको मूल्य ५० प्रतिशत बढिरकम ग्राहक सङ्ग असुली रहेको छ।
जिल्ला नाइँ संघ मकवानपुरका अध्यक्ष राधेश्याम ठाकुरले थाहापाटी लाई जानकारी दिए अनुसार हाल जिल्ला भर कपाल काटेको मूल्य बयस्कको १०० रुपैयाँ दर रहेको बताए। संघले जारि गरेको रेट भएपनी थाहामा ठुलोको कपाल काटेको एकसय पचास र बच्चाको कपाल काटेको १३० सहित ७० रुपैयाँ को दारी कटाइ १०० लिएको छ।  संघले दिएको दररेट भन्दा बढी लियर दारी कपाल सहित सैलुन बाट दिने सेवाको मूल्य ग्राहकले बढी तिरिरहेका छन ।यसबारेमा मकवानपुर नाइँ संघका अध्यक्ष राधेश्याम ठाकुरले यो अबैध भएको प्रतिक्रिया दिय ।उनले यस्तो गर्ने लाई संघले कारवाही गर्ने भन्दै संघले तोकेको भन्दा बढी मूल्य नतिर्न आग्रह गरे ।थाहामा संचालित सैलुनले आफुखुसी नाइ संघको दररेट आफै छपाएर टासेको पाइयको छ।
उता केही दिन देखि थाहा नगरमा रहेको फ्रेन्डसीप नामक बेकरी उद्योगले म्याद गुज्रेको तथा एकदिन अगाडीनै भोलिको मिति रहेको बेकरिजन्य उत्पादन बेचिरहेको भन्दै सामाजिक संजालमा आलोचना भैरहेको छ ।बेकरिजन्य दुनटमा ढुसी सहितको फोटो ग्राहकले हालिरहेका छन ।यश बारेमा थाहापाटिले उपभोक्ता हित संरक्षण मकवानपुरका सदस्य गणेशमान श्रेष्ठ सङ्ग जानकारी लिदा आफुले पनि सामाजिक संजाल बाटै थाहा पाएको ले उपभोक्ताको स्वास्थ माथी हुने कुनैपनी व्यापार नसहने बताउदै यस्को लागि संबंधित उद्योग तथा ब्याबसायिलाइ कारवाहिको दायरामा ल्याउन संबंधित निकाएको ध्यानाकर्षण गरिने बताउनु भयो ।तेस्तै राष्ट्रिय उपभोक्ता मंच थाहा नगरका अध्यक्ष प्रमोद जोशीले यस्ता कुरा गर्ने गराउने दुवैलाई कारवाही हुनुपर्ने भन्दै थाहा नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति भएको र उक्त समितिमार्फत यो बिषयमा छलफल गर्न आवश्यक रहेको औल्याउँदै , दुनोट उत्पादन समयदेखि खान योग्य समयको ट्याग राख्नुपर्छ र राखेको पनि छ सो समयमा बिक्री नभएमा अर्थात् प्रयोग नगरेमा ढुसी लाग्ने हुँदा  मिति गुज्रिएको सामान बिक्री गर्न मिल्दैन।यदि बिक्री गरेको हो भने कानून अनुसारको कारबाही हुने बताउदै,यो खाध्य सामग्री के कस्तो अबस्थामा फेलापरेको हो त्यो अबस्था अनुसार कारवाही हुनुपर्ने बताउनुभयो साथै शैलुनको हकमा नाई संघले निर्धारण गरेको मूल्य देशब्यापी रुपमा एउटै हो भने उसले मूल्य सच्याउन पर्ने भन्दै ,महानगरपालिका उपमहानगरपालिका, नगरपालिका र गाउपालिका  घरभाडा दर निस्चित रुपमा अन्तर हुन्छ नै। यदि घरभाडाको आधारमा यो मूल्य कायम गरेको हो भने यो मूल्य समायोजन गर्न आवश्यक भएको टिप्पणी गर्नुभयो। यो बिषयमा नगरले नाई संघसंग बसेर छलफल गर्न आवश्यक रहेको बताउनुभयो।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...