pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बजार

थाहामा कोशेली घर संचालन हुँदै, अब स्थानिय उत्पादनको बजारीकरण सहज

तपाई सँग कुनै सिप छ ? यदी कुनै सिप छ भने अब ढुक्क हुनुस तपाईको सिप उपयोगबाट बनेको बस्तुको बजारीकरण थाहा नगरपालिकाले गर्ने भएको छ । स्थानिय स्तरमा उत्पादन भएको बस्तुको बजारीकरण गर्ने उदेश्यले थाहा नगरपालिकाले कोशेलीघर संचालनमा ल्याउने भए सँगै यस क्षेत्रमा उत्पादन हुने बस्तुको विक्री हुने पक्का पक्की भएको हो ।

कोशेली घर निर्माणको काम सकिएको र स्थानिय उद्यमसिल समुह मार्फत र व्यक्तीले पनि आफुले उत्पादन गरेको बस्तु कोशेली घरमा विक्री गर्न सकिने थाहा नगरपालिका सामाजिक विकास शाखाका प्रमुख अनिल लामिछानेले बताउनु भयो । 


स्थानिय उत्पादनको बजारीकरण गर्ने उदेश्यले संचालन गरिएको कोशेलीघरमा यस क्षेत्रमा उत्पादन गरिएको बस्तु विक्रिका लागि राखिने छन् । थाहा नगरले संचालनमा ल्याउन लागेकोे कोशेलीघरमा विक्रिका लागि राखिने सामान उत्पादन गर्ने व्यक्ती तथा समुहलाई सामानका लागि सम्पर्क गर्न सूचना जारी गरेपछि उत्पादकहरु उत्साहित हुँदै सम्पर्कमा आएको पनि लामिछाने वताउनु हुन्छ । 
थाहा नगरपालिकामा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर स्थानिय उत्पादनलाई बजारीकरण गर्न थाहा नगरपालिकामा कोशेली घर स्थापना गर्न लागिएको  र भ्रमणमा आउने पर्यटकले कोशेलीका रुपमा ती सामान किनेर लैजान सजिलो होस् भनेर बिक्री कक्ष सञ्चालन गरिएको हो । 
उत्पादकले उत्पादन गरेका सामान बिक्री गर्न बजार जानुपर्दा धेरै समय लाग्ने र उचित मूल्य पनि नपाउने भएकाले उत्पादकको मनोबल बढाई उत्पादनमा क्रियासिलहुन ाथहा नगरले उत्पादकको लागानी सुरिक्षत गरि व्यावसाय प्रवद्र्धन गर्न  कोशेलीघर सहयोगी बन्ने विश्वास लिएको छ । 
कोशेली घर सञ्चालमा आउने भए पछि  उत्पादकले उत्पादन गरेको बस्तु सजिलै बजारीकरण हुने र यस क्षेत्रमा रहेका उद्यमशिल व्यक्ती तथा समुह लाभान्वित हुने छन् ।
स्थानिय तथा परम्परागत सीपको संरक्षण, व्यावसायिक उत्पादन र आधुनिक औजारको प्रयोगसम्बन्धी तालीमका साथै विभिन्न ठाउँमा प्रदर्शनीको व्यवस्था मिलाउदा सिपको प्रवद्र्धन त हुने र यसबाट स्थानिय स्थरमा प्रत्यक्ष रोजगारी पनि मिल्ने भएकाले बजारीकरणका लागि सरोकारवाला निकाय सँगको समन्वयमा मुल्य तथा गुणस्तर निर्धारण गरिने पनि लामिछानेलेब ताउनु भयो ।

 
स्थानीय लघु तथा घरेलु उद्यमीद्वारा उत्पादित सामग्रीको बजारीकरणका लागि कोसेली घर सञ्चालनमा आएपछि यस क्षेत्रका लघु तथा घरेलु उद्यमी तथा कृषकद्वारा उत्पादित उपभोग्य वस्तुको एकीकृतरुपमा बजारीकरण गर्नका सहज हुने हुँदा यस क्षेत्रका उत्पादकहरुलाई लाभ मिलि व्यासाय तर्फ आकर्षित हुने छन् । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...