himalen-2083-1778725505.jpg
Wednesday, 27 May, 2026
jkmv2083-1778723862.jpg

पर्यटन

थाहाको पर्यटकीय गन्तव्यहरुको प्रारम्भिक विवरण संकलन, कुल ११६ गन्तव्य थाहामा

11111111111111111-3-1692942511.jpg

सानोबाबु मुक्तान
थाहानगर
२०८०, भाद्र ०७
थाहा कला केन्द्रले थाहा नगरपालिकाका पर्यटकीय गन्तव्यहरुको प्रारम्भिक विवरण संकलन गरेको छ । कला केन्द्रले यसै वर्ष थाहा फिल्म फेस्टिवल–२०२३ को आयोजना गर्दैछ । त्यसैको पूर्व तयारी अनुरुप केन्द्रले थाहाको सम्पूर्ण वडा कार्यालयहरुसंग पर्यटकीय गन्तव्य र प्रकार समेत खुल्ने गरि विवरण संकलन गरेको हो । संकलित विवरण अनुसार थाहा भित्र पर्वतिय, जल, धार्मिक, साहसिक र अन्य गरि कुल ११६ गन्तव्यहरु उल्लेख भई आएका छन् । जसमध्ये वडा नं. १ मा ८ वटा, वडा नं. २ मा ११ वटा, वडा नं. ३ मा १३ वटा , वडा नं. ४ मा ९ वटा, वडा नं. ५ मा ६ वटा, वडा नं. ६ मा ७ वटा, वडा नं. ८ मा १५ वटा पर्यटकीय गन्तव्यहरु भएको पाईएको छ त्यस्तै वडा नं. ९ मा १३ वटा , वडा नं. १० मा ५ वटा, वडा नं. ११ मा १० वटा र वडा नं. १२ मा ४ वटा पर्यटकीय गन्तव्यहरु रहेका छन् ।

 विवरण अनुसार जल पर्यटकीय गन्तव्य ५ वटा, साहसिक पर्यटकीय गन्तव्य ४ वटा, अन्य पर्यटकीय गन्तव्य १२ वटा पर्वतिय पर्यटकीय गन्तव्य ३४ वटा र सबै भन्दा बढि ऐतिहासिक र धार्मिक पर्यटकीय गन्तव्य ६१ वटा गरि कुल ११६ पर्यटकीय गन्तव्यहरु थाहामा पाईएको छ । तथ्याङ्कमा आएका कुल ४ वटा साहसिक गन्तव्यहरु मध्ये वडा नं. ५ मा २ वटा र वडा नं. ७ र ८ मा १/१ वटा रहेका छन् । ती मध्ये वडा नं. ५ मा प्यारा ग्लाईडिङ–ठूलो फाकल(परीक्षण भईरहेको) र दुरुङखोला गुफा छन् भने वडा नं. ७ को कुईभिर बन्जि जम्प (सम्भावना भएको) र वडा नं. ८ मा सप्तकन्या गुफा रहेको छ ।

       मौलिक परम्परा र संस्कृतिको छुट्टै पहिचान बोकेको वडा नं. १ को कुन्छाल गाउँ, वडा नं. ६ स्थित ऐतिहासिक अंशुवर्माको शिलालेख, कोत दरबार, हल्थुम दरबार, ३ वर्षे बज्रबाराहि जात्रा, १२ वर्षे नाच, वडा नं. ८ स्थित घोक्से राजाको भग्नावशेष दरवार, देविस्थान बुद्ध पार्क, हाँडि खोला झोलुङ्गे पुल, वडा नं. ११ स्थित वनस्पति उद्यान, तामाङ संग्राहलय, खुकुरी पार्क लगायत थाहाका अन्य रोचक पर्यटकीय गन्तव्यहरु हुन् । त्यस्तै कोटथुम्की, कुटिप्वाकल टिष्टुङवनस्पति उद्यान, रातो पोखरी, आकाशदेवी गढि , पातालेश्वर गुफा, झण्डा गाडेडाँडा, केशरी भञ्ज्याङ, मंगलेश्वर , भकारी ढुङ्गा, बदेल आल, पाथिभरा , पर्वितिय ताल सिमभञ्ज्याङ , सुनगाभा पैदलमार्ग (दामन सिमभञ्ज्याङ देखि ईन्द्रसरोवरसम्म) मुलाबारी चौर, बाराहि वन, डाँडाबास पिकनिक स्पट, आग्रा चिनारी स्तम्भ, चौवास उन्युचौर, चिसापानी कैलाश डाँडा, मकल्चि पोखरी,वाथालाचुली, दामगाँडे टावर पार्क, आईतबारे गुफा, बाख्राफार्म,चियाबगान, पोखरीचौर, आधामारा झरना जस्ता आकर्षक पर्वतिय पर्यटकीय गन्तव्यहरु समेत थाहामा रहेका छन् । भने प्रसिद्ध ऋषेश्वर मन्दिर, पाण्डुकेश्वर मन्दिर, झम्केश्वर महादेव मन्दिर, देउराली गुम्बा, गोरखनाथ मन्दिर, पाण्डेश्वरी महादेव मन्दिर, बाराहि मन्दिर, महादेव खर्क किटिनिचौर कुटेश्वरी मन्दिर,साम्वा छोईलिङ्ग गुम्बा, श्री रम्बादेवी मन्दिर, स्वच्छन्द भैरव मन्दिर, सीतापाईला धार्मिक क्षेत्र, महाँकाल मन्दिर, नागदह मन्दिर लगायत ६१ वटा धार्मिक पर्यटकीय गन्तव्यहरु संकलित विवरणमा उल्लेख छन् ।
थाहा कला केन्द्रले थाहा नगरका १२ वटै वडा कार्यालयहरुलाई पर्यटकीय गन्तव्यहरु उल्लेख गर्ने गरि पत्राचार गरेकोमा सबै वडाहरुबाट पत्र बमोजिमनै वडा भित्रका पर्यटकीय गन्तव्यहरुको नाम र वडाको मूख्य सडकदेखि गन्तव्य स्थलसम्मको दुरी समेत उल्लेख रहने गरि विवरण संकलन गरेको छ । ‘पर्यटनका लागि फिल्म फेस्टिवल’ भन्ने नारालाई आत्मसाथ गर्दै कला केन्द्रले थाहा फिल्म फेस्टिवल–२०२३ को लागि उक्त विवरण संकलन गरेको हो । आउँदो मंसिर ९ गतेदेखि १५ गते (७ दिनसम्म) थाहा नगरको जेसिज हलमा गरिने भएको छ । कलाकेन्द्रले फिल्म फेस्टिवलको बारेमा थप विवरण सार्वजनिक गर्न यहि भाद्र ९ गते शनिबार हेटौँडामा पत्रकार सम्मेलन गर्दैछ ।
वडा कार्यालयहरुबाट संकलित विवरण हेर्नुहोस् ः

             


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

khane-1774766593.png