jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

थाहाको पर्यटकीय गन्तब्य चिनाउन काठमाडौमा फोटो प्रदर्शनी गरिदै 

1666165595109-1666229086.jpg

थाहानगरको सौन्दर्य र सभ्यतालाई प्रबद्र्धन गर्न काठमाडौमा फोटो प्रदर्शनी गरिने भएको छ । पर्यटन प्रबद्र्धन गर्ने हेतुका साथ नगरको सभ्यता, सस्कृति र जीवनशैली समेटीएका फोटो प्रदर्शनी गर्न लागिएको कार्यक्रम संयोजक ईन्द्र श्रेष्ठले बताए । 
थाहा नगरपालिकाको आयोजना र फरक सोच अभियानको संयोजनमा काठमाडौको बसन्तपुर दरबार स्क्वायर परिसरमा कार्तिक १८, १९ र २० गते थाहाकै फोटो पत्रकार गणेश विष्टद्धारा खिचिएका उत्तरी मकवानपुरको थाहा नगर र ईन्द्रसरोवर आसपासका प्राकृतिक, धार्मिक, ऐतिहाकि, साँस्कृतिक सम्पदा, कला संस्कृति र जिवनशैलीका फोटोहरुको प्रदर्शनी गरिने आयोजकले बताएको छ । 

काठमाडौमा हुने थाहा फोटो प्रदर्शनीमा थाहाका पर्यटकिय गन्तब्यहरुका बारेमा हेर्न र बुझ्न सकिने छ र थाहा घुम्न आउन प्रेरित पनि गर्ने छ । 

पर्यटनको प्रसस्तै सम्भाबना रहेको उत्तरी मकवानपुरको सम्पदा र सभ्यतालाई समेटेर गर्न लागिएको फोटो प्रदर्शनीले यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वासकासाथ फोटो प्रदर्शनी गर्न लागिएको थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले बताए । 
पछिल्लो समय संघिय राजधानी काठमाडौबाट नजिक पर्ने उत्तरी मकवानपुरको थाहा नगरपालिका र ईन्द्रसरोवर गाँउपालिका आसपासका क्षेत्र आन्तरिक पर्यटनको गन्तव्य रुपमा विकास हुदै गएको र यहाँ भएका पर्यटनका स्रोतहरुलाई चिनाउन फोटो प्रदर्शन गर्न लागिएको फरक सोच अभियानका संयोजक यादव जंग रायमाझीले बताए ।
प्रदर्शनीमा राख्न करिब १ सय ओटा फोटो तयार गरिएको र स्थान,रुची र आवश्यक्ता हेरी त्यसको यवस्थापन गरिने आयोजकले जनाएको छ । 

को हुन फोटो पत्रकार विष्ट ? 
थाहा नगरमा रहेर फोटो पत्रकारिता गर्ने विष्ट लामो समय देखि यस क्षेत्रका प्राकृतिक, धार्मिक,सास्कृतिक,सभ्यता लगाएतका फोटो खिच्दै आएका छन् । विष्टले खिचेका फोटोहरुको आधा दर्जन पुस्तक संग्रह प्रकाशन भईसकेका छन्  भने केहि फोटो राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भई उत्कृष्ट समेत भएका छन् । 
यो पनि पढ्नुहोस् 
थाहाका विष्टले खिचेका थाहाकै ७ फोटो अन्तराष्ट्रिय फोटो आव्हानमा देशको प्रतिनित्व गर्दै (७ फाेटाे सहित )

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...