pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

थाहाको टिस्टुङमा थपियो अर्को रिसोर्ट ।

Screenshot_20220102-09143-1641094318.png

 थाहा नगरपालिका वडा नः ६  ढल्टमा  नयाँ रिसोर्ट संचालनमा आएको छ । थाहा नगरको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने  उदेश्यले रिसोर्ट खोलिएको सञ्चालकहरुले बताएका छन् । 
स्थानीयको सामुहिक  लगानीमा शेयर संकलन गरी वृहत योजनाका साथ संचालनमा आएको टिस्टुङ्ग रिसोर्ट प्रालि को शनिवार भव्य कार्यक्रमको बीच  उद्घाटन गरिएको छ । 
टिस्टुङ्ग रिसोर्ट संचालन समितिका अध्यक्ष विनोद महर्जन सभापतित्वमा कार्यक्रम भएको थियो । सो कार्यक्रमको प्रमुख अतिथी थाहा नगरपालिकाका मेयर लबशेर बिष्टले रिबन काट्नुका साथै पानसमा बत्ति बालेर रिर्सोट औपचारिक सञ्चालनको शुभारम्भ गर्नुभएको थियो  । 
कार्यक्रममा थाहा नगरपालिका वडा न ः ६ का अध्यक्ष शशिधर सुवेदी , वडा नः ५ का अध्यक्ष  विष्णु गुरुङ , नेकपा माओवादी केन्द्र, थाहा नगरका  अध्यक्ष अरुण रायमाझी लगायतका महानुभावहरुको आतिथ्यता रहेको थियो भने स्थानिय समुदायको समेत बाक्लो उपस्थिती रहेको थियो ।

टिस्टुङ्ग रिसोर्ट प्रा.लि का संचालक समिती सदस्य सन्तकुमार महर्जनले संचालन  गर्नुभएको सो कार्यक्रमा हरिगोपाल श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो । 
शुभकामना मन्तव्य दिने क्रममा वडा अध्यक्ष शशिधर सुवेदीले रिसोर्ट संचालन आएकोमा खुसी व्यक्त गर्दै रिसोर्टले बाहिरी र बिदेशी सामानहरुलाई भन्दा स्थानिय स्तरमा उत्पादित खाध्य सामाग्रीहरुको प्रयोग गरेर स्थानिय उत्पादनमा टेवा दिनु पर्ने र स्थानिय युवाहरुलाई पनि रोजगारीमा लगाउन पर्ने धारणा व्यक्त गर्नुभएको थियो । 
कार्यक्रममा प्रमुख अतिथी बिष्ट र अरुण रायमाझीले पनि शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । रमणीय दृष्यावलोकनका साथ प्राकृतिक शुन्दरताले भरिपुर्ण यो स्थानले छिट्टै पर्यटकको विश्वास जित्ने सञ्चालक समितिले आशा राखेको अध्यक्ष महर्जनले बताए । 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...