Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

थाहाको कुल बजेट १ अर्ब १० करोड ८७ लाख।

IMG_20220112_130534_915-1641979289.jpg

थाहा नगरपालिकाको आर्थिक बर्ष २०७८/०७९ को संसोधित बजेट योजना तथा कार्यक्रम सहितको हिउँदे अधिबेशन तथा दशौ नगरसभा आज जेसिस हल मा सम्पन्न भएको छ।नगर सभा बाट उपप्रमुख खड्गबहादुर गोपाली ले चालु आर्थिक बर्ष २०७८/०७९ को लागि कुल बजेट १ अर्ब १० करोड ८७ लाख ३० हजार को अनुमानित बजेट पेस गर्नुभयो जसानुसार थाहा नगरको आर्थिक बर्ष ०७८/०७९ को कुल बजेट सशर्त तर्फ ३२ करोड २९ लाख ६ हजार तथा आन्तरिक श्रोत बाट २७ करोड ११ लाख ४७ हजार तेसैगरी राजश्व बाडफाड बाट १६ करोड ५३ लाख ४९ हजार बिनियोजन गरेको छ भने बित्तिय समानिकरण अनुदान तर्फ १४ करोड ६० लाख २८ हजार र अन्य सरकारी अनुदान २ करोड ,समपुरक अनुदान ४ करोड ६५ लाख ,विशेष अनुदान १ करोड ६८ लाख ,सामाजिक सुरक्षा तर्फ १२ करोड गरि कुल चालुतर्फ ८ करोड ५७ लाख ४५ हजार ,पुजिगत तर्फ ४९ करोड ४७ लाख ७९ हजार ,विषयगत कार्यालयतर्फ प्राप्त ३२ करोड २९ लाख ६ हजार ,समपुरक अनुदान ४ करोड ६५ लाख ,विशेष अनुदान १ करोड ६८ लाख र अन्य अनुदान २ करोड गरि कुल १ अर्ब १० करोड ८७ लाख ३० हजारको संसोधित खर्च अनुमान पेश गरियको छ।नगर सभा बाट आन्तरिक आय ११ करोड ८८ लाख ४९ हजार बाट बढेर आगामी बर्ष २७ करोड ११ लाख ४७ हजार पुग्ने अनुमान गरिएको छ भने अन्य आयहरुमा संघिय तथा प्रदेश सरकारबाट प्राप्त समानिकरण अनुदान १४ करोड ६० लाख २८ हजार ,संघिय तथा प्रदेश सरकार बाट प्राप्त सशर्त अनुदान ३२ करोड २९ लाख ६ हजार ,राजस्व बाडफाड बाट १६ करोड ५३ लाख ४९ हजार ,समपुरक अनुदान संघ तथा प्रदेश सरकारबाट ४ करोड ६५ लाख विशेष अनुदान बाट १ करोड ६८ लाख ,सामाजिक सुरक्षा बाट १२ करोड तथा अन्य सरकारी निकायबाट २ करोड प्राप्त हुने अनुमानित बजेट पेश गरियो ।
गत आर्थिक बर्षको कुल बजेट ९५ करोड ६४ लाख ३२ हजारको बजेट रहेकोमा कुल बजेट को २९.०७ प्रतिशत खर्च भयको छ भने निकासा अनुसारको खर्च प्रतिशत ५६.८ प्रतिसत रहेको छ।थाहा नगरका प्रमुख लबशेर बिष्टको अध्यक्षता मा सम्पन्न सभामा आफ्नो भनाइ राख्दै नेकपा एमाले नगर सचिवालय सदस्य प्रदिप प्रधानले बजेट कार्यान्वयन पारदर्शी रुपमा हुनपर्ने सुझाब दिदै नगरका किसानहरु मलको लागि लाइन बस्नुपर्ने र गुणस्तरहिन बीउ बिजनले मर्कामा परेकोले बजेटले थाहा नगरको कृषिको समस्यालाइ सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।तेसैगरि नेकपा माओवादी केन्द्रका नेता अरुण रायमाझीले जनप्रतिनिधि हरुको समय सक्किनै लाग्दा नगरमा राम्रो बिकासको थालनी भएको भन्दै बजेट कार्यन्वयन पारदर्शी रुपले हुनेमा बिश्वास ब्यक्त गर्नुभयो।नेपाली काङ्ग्रेस का सभापति प्रमोदकृष्ण जोशी ले बजेटमा थाहाको कृषिलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।
नगरसभा ले नगर भित्र उत्कृष्ट  कर्मचारीहरु सुचना अधिकारी सुरज कुमार भुजेल ,स्वास्थ शाखा प्रमुख मेघराज बलामी,वडा सचीव पाल्साङ लामा,लाई जनही नगद १० हजार सहित सम्मानित गरियको छ।सभामा नगर कार्यपालिका सदस्यहरु,१२ वटा वडाका वडा अध्यक्ष ,सदस्य ,पत्रकारहरु को उपस्थित रहेको थियो।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20220112_135744_825-1641979290.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg