himalen-2083-1778725505.jpg
Wednesday, 27 May, 2026
jkmv2083-1778723862.jpg

पर्यटन

तेस्रो थाहा महोत्सवमा सनिवार २८ हजार अवलोकनकर्ता

45395535_257056808311480_-1541323910.jpg

थाहा नगर वाणिज्य संघको मुख्य आयोजनामा थाहा नगरपालिकाको इन्द्रायणी चौरमा जारी तेस्रो थाहा महोत्सवमा एकै दिन २८ हजारले अवलोकन गरेका छन् ।

शनिबार विदाको दिन भएकोले सरकारी कार्यालयका कर्मचारीहरु, बैंक तथा वित्तीय कार्यालयका कर्मचारीहरु, गैरसरकारी कार्यालयका कर्मचारीहरु, शिक्षक, विद्यार्थीलगायतको विशेष उपस्थिति रहेको थियो ।महोत्सवको आठौं दिन शनिबार यति ठूलो संख्यामा अवलोकनकर्ताहरु आएका हुन् । शनिबार अवलोकनकर्ताहरुको भीडले थाहानगरकै ठूलोमध्येको इन्द्रायणी चौर महासागर उर्लेझै लागेको अवलोकनकर्ताहरुले बताए । थाहा महोत्सवमा यति धेरै मानिसहरु पहिलो पटक देखे, २८ हजार अवलोकनकर्ताहरु आउनु भयो,’ स्टल व्यवस्थापक विद्यार्थी शाहले भने ।

महोत्सवमा सबै उमेर समूहका मानिसहरुको भीड लागेको थियो । ससाना बालबालिका र बृद्ध बृद्धाहरु जुनसुकै समयमा विनापास सहजै महोत्सवमा प्रवेश गर्न सकिने आयोजकले बताएको छ । भीडभाडको कारण मुख्य प्रवेशद्वारबाट स्टलको बाटो हुँदै साँस्कृतिक कार्यक्रमस्थलसम्म पुग्न झण्डै आधा घण्टा लागेको महोत्सव अवलोकन गर्न आएका अवलोकनकर्ताले बताए । बाहिर जाने बाटोमा अत्याधिक भीड भएकाले कतिपय अवलोकनकर्ताहरुले बाहिर निस्कँदा छुट्टै बाटोको व्यवस्था हुनुपर्ने माग समेत गरेका थिए । लोकप्रिय गायक प्रमोद खरेलको प्रस्तुती रहने खबरले पनि धेरै व्यक्तिहरु महोत्सवतर्फ तानिएका थिए । दर्शकहरुको भीड देखेर गायक खरेलले मञ्चबाटै भनेका थिए, ‘यत्तिको भीड महोत्सवमा कमै हुन्छ ।खरेलको प्रस्तुतीमा दर्शकहरु उफ्रीउफ्री नाचेका थिए । शनिबार नै जादुगर बलराम सरकार र लोकदोहोरी गायिक रुपा घर्तिमगरको विशेष प्रस्तुती रहेको थियो । कलाकार मुक्तिनाथ उप्रेती, रुपक उप्रेती, सुशान्त गोपाली, सुशल थोकर, भीषण विष्टलगायत गायकहरुको प्रस्तुती जीवन्त रहेको थियो भने स्ट्रङ सोउल डान्स क्र्यू, नेप्से कल्चर लगायत नृत्य समूहके नृत्यले दर्शकहरुलाई मञ्चकै सरेफेरोमा विशेष तानेको थियो । साँढे २ करोडको कारोबार जारी तेस्रो थाहा महोत्सवमा शनिबार एकै दिन साँढे २ करोड रुपियाँ बराबरको कारोबार भएको छ । १० कार्तिकमा महोत्सव शुरु भए यता आठौं दिन शनिबार सबैभन्दा बढी कारोबार भएको स्टल व्यवस्थापक विद्यार्थी शाहले बताए । शनिबार खासगरी न्यानो कपडाका स्टलहरुमा अत्याधिक भीड रहेको थियो । होटलहरु पनि गज्जव चलेको थियो । अन्य सामानका स्टलहरु पनि औसत राम्रो चलेको बताइएको छ । महोत्सवमा अटो, मोटरसाइकललगायत सवारी साधनहरु पनि विक्री भएका छन् । बालमेला र उँट नृत्यमा पनि अन्य दिनको तुलनामा अधिक कारोबार भएको छ ।

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, थाहा २ का वडा अध्यक्ष गुप्तबहादुर कार्की, वडा नं ११ का वडाअध्यक्ष किरणमान बल लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

आइतबार समापन आइतबार सम्मान, पुरस्कार र प्रशंसापत्र वितरण, विशेष मनोरन्जन कार्यक्रम लगायत कार्यक्रमसहित महोत्सव समापन गरिने आयोजकले बताएका छन ।

 

45145535_254057605274944_-1541323930.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

khane-1774766593.png