Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बजार

तिहारमा पैँतालिस करोडको झिलिमिली बत्ती आयात

bijuli-batti-1699756032.jpg

यो वर्षको तिहारमा बजारमा साढे ४५ करोड रुपियाँ बराबरको बिजुलीका झिलिमिली बत्ति आयात भएको छ । उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको माग धेरै हुने हुँदा त्यति रकम बराबरको आयात भएको हो ।  

नेपाल विद्युतीय व्यवसायी महासङ्घका अनुसार झिलिमिली बत्तीको कुल वार्षिक कारोबारमध्ये झन्डै ८५ प्रतिशत तिहारमा हुने गर्छ । छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, बिहे व्रतबन्धजस्ता शुभकार्यमा सजावटका लागि प्रयोग हुने जनाएको छ । 

महासङ्घका अनुसार तिहारमा बालिने झिलिमिली बत्ती चीन, भारत, बहराइन, अस्ट्रेलिया, हङकङलगायत देशबाट आयात हुन्छ । कुल आयातको ८० प्रतिशतभन्दा बढी चीनबाट आउँछन् । महासङ्घका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा चीनबाट मात्रै ३९ करोड रुपियाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । यस्तै भारतबाट ६ करोड ६० लाख रुपियाँ बराबरको आयात भएको छ ।

महासङ्घका अनुसार गत वर्ष बैङ्किङ तरलता र डलर अभावका कारण झिलिमिली बत्तीको आयात र बजार निकै साँघुरिएको थियो । यसले गर्दा गत वर्ष पनि व्यापारीले चाहेजस्तो व्यापार गर्न सकेनन् । त्यसअघि निरन्तर तीन वर्षसम्म कोभिड महामारीका कारण बजार प्रभावित बनेको थियो । गत वर्ष करिब ४० करोड मूल्यबराबरको मात्रै आकर्षक झिलिमिली बत्ती आयात भएको महासङ्घको तथ्याङ्क छ । 

गत वर्ष अन्तर्राष्ट्रिय बजारमै झिलिमिली बत्ती बनाउने कच्चा पदार्थ प्लास्टिक, कपर, पेट्रोलियम पदार्थलगायतको मूल्य अस्वाभाविक रूपमा बढेकाले लागत खर्च पनि अत्यधिक बढेर आएको थियो ।

हिन्दु संस्कृति अनुसार शनिबारदेखि देशभर उज्यालोको पर्व ‘तिहार’ मनाइँदै छ । घर र पसलमा लक्ष्मीको बास होस्, वर्षभरि आम्दानीको स्रोत राम्रो होस् भनेर मनाइने यो पर्व उज्यालोबिना खल्लो हुन्छ । 

ग्रामीण भेग जहाँ बत्ती पुगेको छैन, त्यहाँ अहिले पनि मटितेल, तोरीको तेल र डिजेलको प्रयोग गरी ससाना टुकी, पाला र दियो बनाएर उज्यालो बनाउने चलन छ । त्यस्तै मैनबत्ती बालेर पनि घरआँगन उज्यालो बनाइन्छ ।

बत्ती पुगेका सहरबजारमा भने विभिन्न प्रकारका विद्युतीय बत्तीको महत्व हुन्छ । प्रत्येक घर, कार्यालय, महल, पसल, बगैँचा, होटल, रेस्टुराँलगायतमा विद्युतीय झिलिमिली बत्तीले उज्यालो बनाएर अँध्यारो रातलाई रङ्गीचङ्गी बनाइएको हुन्छ । जसका कारण पनि तिहारमा बिजुली बत्तीको आयात, व्यापार र खपत अत्यधिक हुन्छन् । 

यस वर्ष विगतका वर्ष जस्तो व्यापार नभएको व्यसायीको भनाइ छ । महासङ्घका उपाध्यक्ष रमेश देवकोटाले आर्थिक मन्दी र सर्वसाधारणको क्रयशक्ति कमजोरका कारण यो वर्ष पनि व्यापार धेरै नहुने अवस्था देखिएको जानकारी दिनुभयो ।

महासङ्घका अनुसार २०७८ सालको तिहारका लागि ३५ करोडको झिलिमिली बत्ती आयात भएको थियो । महासङ्घका अनुसार यो वर्ष बजारमा थोक मूल्य १७५ देखि २५ हजार रुपियाँसम्मका झिलिमिली बत्ती उपलब्ध छन् । व्यवसायी अनुसार तिहारमा सबैभन्दा बढी झालर र लहरे बत्तीको प्रयोग हुने गरेको छ । बत्तीलाई घर, पसल, कर्पोरेट हाउस, होटल, रेस्टुराँ र सडकलगायतका स्थानमा झुन्ड्याएर र ओछ्याएर बालिने हुनाले बजारमा सबैभन्दा बढी यसैको कारोबार हुन्छ ।

१० मिटरको लहरे झिलिमिली बत्तीलाई थोकमा १२० देखि १५० रुपियाँसम्म मूल्य तोकिएको छ । दुई सय वटा लिड बत्ती भएको २० मिटरलाई २५० देखि २७० रुपियाँसम्म मूल्य निर्धारण गरिएको छ । तिहारको समयमा लिड (एलइडी) बत्ती, डिस्को बत्ती, ६० लिड, एक सय लिड, माला बत्ती, घुम्ने बत्ती र झिलिमिली झालर, लहरे, रोप लाइट, पाइप लाइटको व्यापार झन्डै ८० प्रतिशतले वृद्धि हुने महासङ्घले जनाएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...