Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

चौघडा बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार र उद्यमी सदस्य बनाउने

FB_IMG_1696128742166-1696128787.jpg

हेटौंडा, १३ असोज
 हेटौंडा उपमहानगरपालिकामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीका युवाहरुलाई स्वरोजगार र उद्यमी बनाउने उदेश्यसहित कार्यक्रमको लागि बजेट बिनियोजन गरेको छ । सहकारीको आज भएको १५ औं बार्षिक साधारणसभामा यस्तो योजना सार्बजनिक गरिएको हो ।
 सहकारीका अध्यक्ष बिजयकुमार श्रेष्ठले सहकारीको मर्म र भावना अनुरुप शेयर सदस्यहरुलाई उद्यमी बनाउनको लागि पहल गर्दै बार्षिक कार्यक्रममा नै सकेटेको जानकारी दिनुभयो । उहाँले अबको दिनमा युवा, महिला सबैलाई स्वरोजगार बनाउदै राष्ट्रिय अर्थतन्त्रमा सहकारीले उल्लेख्य भुमिका निभाउने समेत उहाँको भनाई छ । सहकारीले यसपटक साधारणसभामा सहकारीभित्रकै सदस्यहरुलाई बोल्ने र प¥याप्त छलफल गर्न समय प्रदान गर्ने उदेश्यसहित प्रमुख एबम् बिशिष्ट अतिथीहरु नबोलाइएको बताउदै भन्नुभयो “हामीले मञ्चबाट भाषण गर्ने भन्दा पनि बार्षिक नीति तथा कार्यक्रममा तपाईहरुको सुझाब र आबश्यक्तालाई छलफलको बिषय बनाउनको लागि बाहिरी अतिथीहरु समेत बोलाएका छैनौ, हामीले परम्परागत निरन्तरता भंग गर्दै शेयर सदस्यहरुको भावना समेट्ने प्रयास गरेका हौं ।” उहाँले बार्षिक कार्यक्रमहरुमा ४ बर्षे रणनीतिक योजना बनाउदै सञ्चालक, सशकारीका महिला र कर्मचारी समेतको क्षमता अभिबृद्धी गर्दै उत्कृष्ट सहकारी बनाउने मात्र नभई सबल र समृद्ध शेयरधनी भएको सहकारी बनाउन जोड दिइएको जनाउनुभयो ।
  सहकारीको कूल शेयरपुंजी २ करोड ८१ लाख ४४ हजार रहेको सहकारीले जनाएको छ भने बचत रकम २६ करोड ७० लाख ३६ हजार ८ सय ३९ रुपैंया रहेको बताएको छ । त्यसैगरी ऋण लगानी तर्फ २६ करोड ५७ लाख ५९ हजार २ सय ३१ रुपैंया रहेको छ भने ब्याज आम्दानी ३ करोड २६ लाख ५७ हजार ५ सय २१ रुपैंया रहेको बताइएको छ । सहकारीले यसबर्ष बिमा योजना लागु गर्ने, क्यु आर कोड प्रबिधी लागु गर्ने लगाएतको कार्यक्रम संचालनमा ल्याउने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार सहकारीको दुई हजार सात सय ९९ जना शेयर सदस्य रहेका छन् ।
 कार्यक्रममा निबर्तमान अध्यक्ष श्यामकुमार श्रेष्ठ, उत्कृष्ट बचतकर्ता, कर्मचारी, ऋणी लगाएतलाई सम्मानपत्र, दासल्ला र करुवा सहितले सम्मान गरिएको थियो । अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न १५ औं बार्षिक साधारणसभामा अध्यक्ष, सचिब, कोषाध्यक्ष र लेखासमितिको प्रतिबेदनमाथी छलफल गर्नुको साथै अडिटरको सुझाबलाई समेत समेट्ने प्रतिबद्धता गरिएको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg