Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

चेतनशील महिला सहकारीको कारोबार दुई करोड नाघ्यो।

chetan1-1705660002.jpg

थाहा नगरपालिका ३ मा रहेको चेतनशील महिला बहुउद्देश्यीय सहकारीले आफ्नो १९ औ साधारणसभा सम्पन्न गरेको छ। विकास घरको सभाहलमा आज सस्थाका अध्यक्ष शकुन्तला गोपालीको सभापतित्वमा साधारणसभा सम्पन्न भयको हो ।
प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले उद्घाटन गरेको साधारणसभामा वडा न ३ का अध्यक्ष हिरेन्द्र ,सहकारी साखा थाहा नगरका प्रमुख अस्मिता तिवारी घिमिरे , पालुग बहुउद्देश्यीय सहकारीका सदस्य रिता कार्की, कुण्डलदेबी बहुउद्देश्यीय सहकारीका सरोज रायमाझी,फरक सोचक अध्यक्ष यादव जंग रायमाझी ,दामन चेली समाजका पुर्व अध्यक्ष जयन्ती रायमाझी , लालीगुराँस महिला बहुउद्देश्यीयका प्रतिनिधी तथा पत्रकार हरूकाे उपस्थिति रहेको थियो।
साधारणसभामा सुभकामना मन्तव्य दिदै प्रमुख अतिथी बिष्णु बिष्टले सस्थाले आर्थिक कारोबार लाई मात्र जोड नदिइ थाहा नगरमा हुने महिला हिंसाको विरुद्धमा पनि बिगत १९ बर्ष देखि निरन्तर लागिरहेकोमा आभार ब्यक्त गर्दै ,आगामी दिन मा पनि महिलाको आर्थिक स्तर सुधार र नारी मनोसामाजिक कार्यमा अगाडी बढ्न अग्रणी भुमिका खेल्नु पर्ने बताउदै तेस्का लागि स्थानीय सरकारले सदैब सहयोग गर्ने बताउनु भयो ।

सस्था का अध्यक्ष शकुन्तला गोपालीले आफ्नो प्रतिबेदन पेश गर्दै सहकारीको निति नियम भित्र रहि निस्वार्थ रुपले कर्तव्य निष्ठ भै सस्था अगाडि बढाउदै समाजको आर्थिक सास्कृतिक रुपान्तरणको अभियान मा सम्लग्न रहिरहने बताउनु भयो ।
तेसै गरि सस्थाको कोषाध्यक्ष कल्पना बिष्टले सस्थाको  आर्थिक कारोबार को प्रतिबेदन पेस गर्दै संस्थाको सेयर पुँजी ३२ लाख १५ हजार ३ सय पुगेको र जगेडा कोष २ लाख ६२ हजार १ सय ७२ रुपैयाँ ,बचत हिसाब १ करोड ३८ लाख ६५ हजार र ऋण लगानी १ करोड ५२ लाख १ हजार ५ सय रुपैयाँ रहेको प्रतिवेदन प्रस्तुत गरे ।
साधारणसभाको अवसरमा संस्थामा उत्कृष्ट कारोबार गर्ने हरु उत्कृष्ट कर्जा तर्फ सन्ध्या नेपाल,उत्कृष्ट बाल बचत प्राप्ति बिष्ट,उत्कृष्ट बचत रुपा केसी र उत्कृष्ट समूह शुभकामना समूह लाई सम्मान गरिएको साधारणसभाको कार्यक्रम संस्थाका सहसचिव मिरा खड्का रायमाझीले गरेकी थिइन।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg