gumba-1715660528.jpg
Sunday, 19 May, 2024
पर्यटन

चर्चामा शिखरकोट–सिमभञ्ज्याङ पदमार्ग

FB_IMG_1711028701408-1711704722.jpg

सिम्रन खड्का
थाहा÷एक साता अगाडि ह्याप्पी हाईकर्सको ७५ जनाले यात्रा गरेको शिखरकोट–सिमभञ्ज्याङ पदमार्गमा चैत्र ११ गते चन्द्रागिरी हाईकिङ कम्युनिटिका ३५ जनाको टोलीले पदयात्रा गरेका छन् । 
चन्द्रागिरी हाईकिङ कम्युनिटिका सदस्यहरु चैत्र १० गते चन्द्रागिरीबाट पैदल चित्लाङ–बिसिङखेल–कुन्छाल–ओखरबजार हुँदै शिखरकोटमा बास बसी ११ गते बिहान शिखरकोटबाट स्थानीय ४ जनासमेतको सहभागितामा जम्मा ३९ जनाको सहभागितामा पदयात्रा शुरु गरि शिखरकोट धारापानी हुँदै ऋषेश्वर खोला रमणिय जंगलको बाटो हुँदै ऋषेश्वर मन्दिर दर्शन गरी दामनको पर्वतीय उद्यानमा लालिगुँरास लगायतको फूल तथा बनस्पति अवलोकन गरेर दामनको भ्यु टावरबाट हिमालको दृष्यावलोकन सहित पदयात्रा सम्पन्न भयो ।
यस पदमार्गको परिकल्पना थाहा नगरका युवा फोटापत्रकार गणेश बिष्टले परिकल्पना गरेको हुन् । बिष्टका अनुसार थाहा नगरको धेरै पदमार्गहरु मध्ये शिखरकोट शिमभञ्ज्याङ पदमार्गले धेरै सम्भावना बोकेको छ । स्थानीय सरकारले ध्यानमा राखे यहाँ पर्यटकको ओइरो  लाग्थ्यो । स्थानीय होटल व्यबसायीहरुले सेवाको मूल्यमा एकरुपता र सेवामा ध्यान दिए रुट दिर्घकालिन रुपमा चल्छ  ।
चन्द्रागिरी हाईकिङ कम्युनिटिका अध्यक्ष प्रसन्न गोपालीका अनुसार यस पदमार्गको यात्रा निकै रोमान्चक भएको बताउनुभयो । उहाँले शान्त प्राकृतिक वातावरण यो पदमार्गको बिशेषता भएको बताए ।
स्थानिय सरकारले चासो दियर पथ संकेत, बाटोमा डसबिन,  ठाँउ ठाँउमा सूचना बोर्ड राखेमा पर्यटनको चहलपहल बढ्ने चन्द्रागिरी हाईकिङ कम्युनिटिका अभियान्ता प्रकाश गोपालीले बताए । उनले  थाहाको पर्यटकिय विकासको लागि चन्द्रागिरी हाईकिङ कम्युनिटिका हरपल साथ रहने पनि बताए ।
यस पदमार्ग शिखरकोटबाट धारापनीको पुरानो बस्ती  हुँदै ऋषेश्वर जंगल र खोलाको बाटोले छुट्टै प्राकृतिक आनन्द लिन सकिन्छ । यसैबिच  हिन्दु र बौद्ध धर्म मान्नेहरुको समान आस्थाका केन्द्र ऋषेश्वर महादेवको दर्शन, धार्मिक चुलो, तारेभिर अवलोकन पश्चात् मकवानपुर जिल्लाको सबैभन्दा अग्लो स्थान २४८८ मिटर उचाइमा रहेको सिमभञ्ज्याङ बजार, सिमभञ्ज्याङमै रहेको कृतिम ताल र ताल आसपाका बिभिन्न प्रजातिका गुराँस अवलोकन, दामनको पर्वतिय वनस्पति उद्यानमा वनस्पतिसंगै गुराँस अवलोकन, नेपालकै पहिलो भ्युटावर जहाँबाट नेपालको १४ भन्दा बढी हिमसृङ्खलाको दृष्यावलोकनसंगै दामनबाट ओराले लाग्दै नयाँगाउँ हुँदै यो पदयात्रा करिव १९ किलोमिटर दुरी पार गर्दै पुनः शिखरकोट आईपुगेपछि  समापन हुनेछ ।
संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडाबाट करिव २ घण्टा बराबरको दुरीमा रहेको थाहा नगरले सहरको भिड, कोलाहलबाट रिफ्रेस हुने उपयुक्त गन्तब्यको रुपमा छुट्टै स्थान बनाएको छ ।


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...