himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

कुण्दलदेवी बहुउद्देश्यीयको २४ औं वार्षिक साधारणसभा सम्पन्न

FB_IMG_1736433505725-1736433549.jpg

थाहा नगरको पर्यटकीय स्थल दामनमा प्रधान कार्यालय रहेको कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्थाको २४औं वार्षिक साधारणसभा बिहीवार सम्पन्न भएको छ । 
संस्थाका अध्यक्ष शिवकुमार खत्री को समापतित्वमा सम्पन्न साधारण सभामा संस्थाका संस्थापक अध्यक्ष  बिनोद कुमार लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकाल,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष कृष्ण बहादुर बिष्ट,सहयोगी बचतका व्यवस्थापक मोहनमान श्रेष्ठ,फरक सोचका अध्यक्ष यादव रायमाझी ,थाहा ४ का पुर्व अध्यक्ष दिपक सिंह लामा,पाथिभरा सहकारीका व्यवस्थापक जनक तामाङ,सेती गणेश आधारभुत बिध्यालयका प्रधानाध्यापक उर्मिला श्रेष्ठ,दिव्यतारा बहुउद्देश्यीय थाहा सेवा केन्द्रका व्यवस्थापक राममाया खत्री,लेकाली बसिफाट माबिका अध्यक्ष भरत रुम्बा,थाहा होटल एशोसियसनका महासचिव उकेश चन्द्र केसी,दामन सहरी स्वास्थ्य केन्द्र्का प्रमुख प्रकाश घिमिरे,शिखर क्लवका अध्यक्ष बिश्व अर्याल,पालुङ जेसीजका नवनिर्वाचित अध्यक्ष माधव कार्की ,उपाध्यक्ष बिश्वनाथ रायमाझी लगायतका आतिथ्यता रहेको थियो ।
साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष शिवकुमार खत्री , लेखा सुपरिवेक्षण समिती संयोजक  केदार केसीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन,सचीव सिताराम रुम्बाले आफ्नो प्रतिवेदन  प्रस्तुत गरिएको थियो भने आर्थिक वर्ष २०८१/०८२ को अनुमानित आय व्यय तथा वार्षिक कार्यक्रम र लेखा समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदन उपर छलफल गरी साधारण सभाबाट पारित गरिएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा संस्थाको सेयर पुँजी ८४ लाख ५ हजार ६ सय रहेको तथा वार्षिक कारोबार ५ करोड रुपैयाँ पुगेको  प्रतिवेदन प्रस्तुत गरियो। अध्यक्ष खत्रीले छिटो छरितो भरपर्दो र बिश्वसनिय सेवा प्रदान गर्दै संस्थाले कृषि पर्यटन,व्यापार ,वैदेशिक रोजगार लगायतमा सेवा पुर्याउदै अगाडि बढ्ने प्रतिवद्द्ता व्यक्त गरे। संस्थाले उत्कृष्ट कारोवार गर्ने सदस्य तथा बृद् सदस्यहरु लाई साधारणसभाको अवसरमा सम्मानित गर्यो सम्मानित हुनेमा वृद्ध तर्फ सुन कुमारी थिङ लामा,मान बहादुर भोम्जन,आइते सिं भोम्जन,दानु गोपाली,मैया केसी र क्षेत्रमाया बस्नेत रायमाझीलाई प्रमुख अतिथी संस्थापक अध्यक्ष बिनोदकुमार लामाले दोसल्ला तथा सम्मान पत्र प्रदान गरे।
तेस्तै असल बचत तर्फ मोहन सिं लामा,जितेन्द्र कुमार,बिकास गोपाली र कर्म दिक्षिण शेर्पा सम्मानित हुँदा उत्कृष्ट कर्जा तर्फ मनलाल गोपाली सम्मानित गरियो।
 कार्यक्रममा आफ्नो शुभकामना दिदै प्रमुख अतिथी संस्थाका संस्थापक अध्यक्ष लामाले सहकारी हरु बचत तथा ऋणको मात्र कारोबार तिर नलागी उत्पादन मुलक र आम्दानी हुने क्षेत्रमा लगानी बढाइ स्वरोजगार र कृषि तिर झुकाव लगाउन सके थाहा नगरपालिकाको समृद्धिमा कोशेढुंगा सावित हुने बताउनुभयो।
साधारणसभाको अवसरमा जिल्ला सहकारी संघका कोषाध्यक्ष विमल कुमार ढकाल,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्ट,फरक सोचका यादव रायमाझी,सहयोगी बचतका व्यवस्थापक मोहनमान श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए।
संस्थाका सदस्य भरत रुम्बाले स्वागत गरेको साधारणसभा लाई संस्थाका शिक्षा संयोजक कुमार नेगीले संचालन गरेका थिए।

FB_IMG_1736433530015-1736433549.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg