pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

कुण्डलदेवी बहुउद्देश्यीयको कारोबार ४ करोड,

kundal1-1672489765.jpg

थाहा नगरको पर्यटकीय स्थल दामनमा प्रधान कार्यालय रहेको कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिवकुमार खत्री को समापतित्वमा सम्पन्न साधारण सभामा थाहा नगरपालिका वडा न ४ का अध्यक्ष नारायण लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी,नगर कार्यपालिका सदस्य चन्द्रमाया बल,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको उपाध्यक्ष अरुण रायमाझी ,शिखर बचतका अध्यक्ष मधुसूदन बिष्ट ,सहयोगी बचतका व्यवस्थापक मोहनमान श्रेष्ठ ,मुक्तिनाथ हरियाली कृषि सहकारीको अध्यक्ष माधव कार्की ,नगर कार्यपालिका सदस्य ,फरक सोचका अध्यक्ष यादव रायमाझी ,थाहा ४ का पुर्व अध्यक्ष दिपक सिंह लामा,थाहा कृषि सहकारीका सचिव केशव सुनार,पाथिभरा सहकारीका अध्यक्ष गोकर्ण बरुवाल,दामन चेली समाजका अध्यक्ष जयन्ती रायमाझी , लगायतका आतिथ्यता रहेको थियो । साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष शिवकुमार खत्री , लेखा समिती सदस्य कुमार नेगीले आर्थिक वर्ष २०७९/०८०को अनुमानित आय व्यय तथा वार्षिक कार्यक्रम र लेखा समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदन उपर छलफल गरी साधारण सभाबाट पारित गरिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा संस्थाको सेयर पुँजी ७८ लाख २४ हजार रहेको तथा वार्षिक कारोवार ४ करोड २१ लाख तथा लगानी ३ करोड रुपैयाँ पुगेको प्रतिवेदन प्रस्तुत गर्दै यश बर्ष ३६ लाख आम्दानी गरि ९ लाख ३३ हजार खुद नाफा गर्न सफल रहेको प्रतिवेदन प्रस्तुत गरियो। अध्यक्ष खत्रीले छिटो छरितो भरपर्दो र बिश्वसनिय सेवा प्रदान गर्दै संस्थाले कृषि पर्यटन,व्यापार ,वैदेशिक रोजगार लगायतमा सेवा पुर्याउदै अगाडि बढ्ने प्रतिवद्द्ता व्यक्त गरे। संस्थाले उत्कृष्ट कारोवार गर्ने सदस्य तथा बृद् सदस्यहरु लाई साधारणसभाको अवसरमा सम्मानित गर्यो सम्मानित हुनेमा वृद्ध तर्फ सुनकुमारी थिङ,मान बहादुर भोम्जन,र रमेश रायमाझीलाई प्रमुख अतिथी नारायण लामाले दोसल्ला तथा सम्मान पत्र प्रदान गरे। तेस्तै असल बचत तर्फ सीता लामा,राजन गोपाली,तथा गंगालाल प्रधान भए भने उत्कृष्ट कर्जा तर्फ मनश्याम बस्नेत,माइली गोले र ईश्वर प्रसाद ढकाल सम्मानित भए।

 

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...