himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

कसरी बन्ने बहुज्ञानी ? अनुसन्धान भन्छ – समाजले मानिसलाई एकोहोरो बनाएको छ
‘अरुले के भन्छ ठानेर मानिसहरु आफ्ना सपना पूरा गर्नबाट चुके’

download-1611641540.jpg

पोलिमेथ अर्थात् बहुविषयमा ज्ञान भएको व्यक्तिका लागि प्रयोग गरिने शब्द ।

त्यस्तो व्यक्तिलाई ‘पोलिमेथ’ भन्न सकिन्छ जसले एउटा मात्र होइन विभिन्न विषयमा दक्षता हासिल गरेको हुन्छ । तर, कतिवटा क्षेत्रमा कतिसम्म दक्ष हुनुपर्छ भनेर कुनै सीमारेखा तोकिएको भने छैन । अनुसन्धानकर्ताहरुका अनुसार कुनै दुई वा त्यसभन्दा बढी भिन्न क्षेत्रमा औपचारिक रुपमा विज्ञता हासिल गरेका मानिसलाई ‘पोलिमेथ’ भन्न सकिन्छ । यस शब्दको प्रयोग सर्वप्रथम १७ शताब्दीको शुरुवातमा गरिएको बताइएको छ ।

यही वर्ष छापिएको वकास अहमदको पुस्तक ‘पोलिमेथ’ले पनि यस विषयमा थप प्रष्ट्याएको छ । केही हदसम्म यो पुस्तकले उनकै नीजि जीवनलाई पनि प्रतिबिम्बित गर्दछ किनभने उनको व्यक्तित्व पनि बहुआयमिक छ । अहमदले अर्थशास्त्रमा स्नातक गरेका छन् भने अन्तर्राष्ट्रिय सम्बन्ध र न्यूरो साइन्समा उनीसँग स्नातकोत्तर डिग्री छ ।

उनले राजनयिक पत्रकार र निजी प्रशिक्षकका रुपमा पनि काम गरिसकेका छन् । त्यस्तै उनी विश्वकै सबैभन्दा भव्य कला सङ्ग्रहका कला निर्देशक हुन् भने पेशाले उनी कलाकार पनि हुन् ।

यतिको उपलब्धिका बावजुत पनि उनी आफूलाई पोलिमेथ मान्दैनन् । कम्तीमा ३ क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएपछि मात्रै पोलिमेथ कहलाउन योग्य हुने उनको मान्यता छ ।

उनका नजरमा पोलिमेथ हुन् स् लिअ‍ोनार्दो दा भिन्ची ९चित्रकार, आविष्कारक र ख्याति कमाएका वैज्ञानिक०, योहान वुल्फगांग फान गेटे ९महान लेखक, जीव विज्ञान, भौतिकशास्त्र र खनिज विज्ञानका ज्ञाता०, फ्लोरेन्स नाइटिंगेल ९आधुनिक नर्सिङकी संस्थापक, धर्मविज्ञानी र सांख्यिकीविद्० ।

यी व्यक्तिहरुको जीवनी र मनोवैज्ञानिक साहित्यको समीक्षापछि अहमदले आखिर उनीहरु कसरी बहुआयमिक विषयका ज्ञाता बन्न सफल भए भन्ने कुरा पत्ता लगाए ।

पोलिमेथ हुन औसतभन्दा बढी मेधावी हुनैपर्छ । त्यस्तै जिज्ञासा र उदारता पनि पोलिमेथ बन्नलाई आवश्यक मुख्य गुण हुन् ।

कुनै पनि घटना वा विषयमा जिज्ञासा राख्ने र त्यस विषयका भित्री कुराहरु केलाउँदै जाने विशेष प्रवृत्ति हुन्छ यस्ता व्यक्तिमा । यसरी अनुसन्धानमा डुब्दै जाँदा उनीहरु आफ्नो खोजभन्दा भिन्न क्षेत्रमा पनि पुग्न सक्छन् तर, त्यसले खासै फरक पार्दैन उनीहरुलाई किनकी उनीहरु नयाँ कुराका थाहा पाउन सधै तयार हुन्छन् ।

बहुज्ञानी बन्ने उपाय रु
भिन्ची, गेटे, एंथिल जस्ता पोलिमेथ आत्मनिर्भर थिए । उनीहरु स्वअध्ययन गर्थे । व्यक्तित्ववादी थिए र आत्मसन्तुष्टिलाई महत्त्व दिन्थे । यिनै विशेषताका कारण उनीहरु विश्वलाई एउटै नजरियाले हेर्थे ।

अहमद भन्छन्, ‘उनीहरु विभिन्न विषयका बारेमा चासो दिने मात्र होइन ती विषयसँग मौलिक रुपमै जोडिन खोज्थे ताकि तिनका बारेमा अन्तर्दृष्टि मिलोस् ।’
पोलिमेथ ठहरिन निश्चित ‘जेनेटिक’ आधार हुनसक्छ तर, त्यसलाई हाम्रो सामाजिक संरचनाले पनि फरक पारिरहेको हुन्छ ।

धेरै बालबालिकाहरु भिन्नभिन्न विषयमा रुची राख्ने किसिमका हुन्छन् तर, हाम्रो शैक्षिक संरचना र रोजगारीको व्यवस्था नै यस्तो छ कि उनीहरुलाई एउटै विषयमा दक्ष बन्न उत्प्रेरित गर्दछ ।

पोलिमेथ बन्ने खुबी धेरैजनामा हुन्छ तर, उनीहरुलाई सही मार्गनिर्देशनको आवश्यकता पर्दछ ।

जर्ज वासिङ्टन विश्व विद्यालयबाट विद्यावारिधि गर्ने एञ्जेला कोटेलेसाको पनि यही धारणा छ । उनले ‘आधुनिक पोलिमेथ’हरु माथि अनुसन्धानमा गरिन् ।
कला र विज्ञान क्षेत्रमा सफल करियर बनाएका र आफूलाई पोलिमेथ मान्ने व्यक्ति उनको अनुसन्धानमा समावेश थिए ।

अहमदजस्तै उनले पनि पत्ता लगाइन् कि बहुज्ञानी हुनलाई जिज्ञासा सबैभन्दा महत्त्वपूर्ण गुण रहेछ । साथै अरुको आशा र अपेक्षाभन्दा माथि उठेर आफ्नो इच्छा र सपना पूरा गर्ने संकल्प पनि हुनुपर्ने रहेछ ।

‘हामी यस्तो समाजमा बस्छौं जहाँ विशेषज्ञतामा जोड दिइन्छ तर, बहुज्ञानी हुने लक्षण भएका व्यक्तिहरुलाई यस्तो सोचले फरक पार्दैन, उनीहरु आफ्नो बाटो आफै बनाउँछन्,’ कोटेलेसा भन्छिन् ।

समाजमा यस्तो आत्मबल नभएका व्यक्तिहरु धेरै छन् ।

दोस्रो विषयबाट हुने फाइदा
धेरैवटा रुची छन् भने तिनलाई पूरा गर्न हामी संकोच किन मान्छौं रु किनभने हामीलाई डर हुन्छ धेरैवटा नाउमा खुट्टा राख्दा डुबिन्छ कि भनेर ।
तर, अनुसन्धानले बताउँछ कि यस्तो रुची हुनुले व्यक्तिको सिर्जनात्मकता र उत्पादनशीलता झन् बढाउँछ ।

अन्य विषयमा रुची राख्नुले मुख्य क्षेत्रबाट ध्यान विचलित गर्छ भन्ने गलत अवधारणा भएतापनि यसले प्राथमिक क्षेत्रमा झनै सफलता प्राप्त गर्न मद्दत पु(याउने कोटेलेसाको अनुसन्धानमा पाइएको छ ।

डेविड एपस्टीनले आफ्ना किताबमा लेखेका छन् औसत वैज्ञानिक भन्दा विशिष्ट वैज्ञानिकहरुले विभिन्न क्षेत्रमा रुची राख्ने सम्भावना अधिक हुन्छ ।
नोबेल पुरस्कार विजेता वैज्ञानिकहरु अन्य औसत वैज्ञानिक भन्दा बढी नाच्न, गाउन, अभिनय गर्न आदिजस्ता कलाका क्षेत्रमा पनि रुची राख्ने सम्भावना बढी हुन्छ ।

उनीहरुमा दृश्य कला निर्माण गर्ने क्षमता १७ गुना, कविता लेख्ने क्षमता १२ गुना र संगीतकार हुने सम्भावना ४ गुना बढी हुन्छ ।
अहमद र अन्य अनुसन्धानकर्ताहरुका अनुसार यसले क्रस पारागन जस्तै काम गर्छ । अर्थात्, एउटा क्षेत्रको विचार अर्को क्षेत्रमा नयाँ आविष्कार गर्ने प्रेरणा बन्न सक्छ ।

एंथिलले पहिला पियानोको स्वर लिपिमा काम गरेका थिए पछि त्यही ‘मेकानिजम’को प्रयोग गरेर उनले हेडी लेमारसँगको सहकार्यमा वायरलेस यन्त्र बनाए ।
लियोनार्दो दा भिन्ची जस्ता विलक्षण प्रतिभाको जीवनले त यो कुरालाई झनै प्रष्ट्याउँछ । उनलाई शरीर विज्ञान, गणित र ज्यामिति विषयमा विशेष ज्ञान थियो जसले उनका चित्रहरुमा पनि एउटा छुट्टै निखार ल्याउन मद्दत पु(यायो । र,उनको दृश्य कल्पना गर्नसक्ने क्षमताले मेकानिकल इन्जिनियरिङमा पनि सिर्जनात्मकता थपिदियो ।

एउटै क्षेत्रमा समय खेर नफालौं, ध्यान बाँडौं
यदि तपाई पनि पोलिमेथ बन्न चाहनुहुन्छ भने अहमदको सबैभन्दा महत्वपूर्ण सल्लाह छ – समय व्यवस्थापन गर्नुस् र विभिन्न रुचीहरुलाई स्थान दिनुस् ।
कुनै पनि जटिल कुरामा धेरै बेरसम्म ध्यान केन्द्रित गरिरहँदा मस्तिष्क ‘स्याचुरेसन प्वाइन्ट’मा पुग्छ र त्यसभन्दा अतिरिक्त कहीँ ध्यान नै जाँदैन ।
तर, त्यही ठाउँमा आफ्नो ध्यानलाई कुनै अरु क्षेत्रमा पनि लगायो भने पहिलो काम गर्ने कुनै नौलो तरिका दिमागले पहिल्याउन सक्छ । र, यसले व्यक्तिको उत्पादनशीलता बढाउँछ ।

शिक्षा, खेल वा कला लगायत विभिन्न क्षेत्रका विद्यार्थीहरुमा गरिएको अनुसन्धान अनुसार निश्चित मात्रामा पढाइ वा अभ्यास गरिसकेपछि हाम्रो मस्तिष्कले सिक्न छोड्छ । त्यसैले कुनै एउटा विषयमा धेरै समय घोत्लिरहनुभन्दा त्यही ससयलाई सन्तुलित रुपमा विभिन्न क्षेत्रमा लगानी गर्ने हो भने अघिल्ला क्षेत्रका समस्याहरुको निदान प्राप्त गर्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg