Sunday, 19 May, 2024
आर्थिक खबर

ओखरबजारमा रहेको सहयोगी सहकारीको वार्षिक कारोबार १६ करोड नाघ्यो

426387297_131178252951125-1707577162.jpg

थाहा नगरपालिका ओखरबजारमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ। झम्केश्वरी माबिको सभाहलमा २७ माघमा  संस्थाका अध्यक्ष अन्जल प्रधानको अध्यक्षतामा सम्पन्न साधारणसभाको थाहा नगर प्रमुख बिष्णु बिष्टले उद्घाटन गर्नु भयो।

संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष अन्जल प्रधानले १६ औं वार्षिक साधारणसभा सम्म आइपुग्दा संस्थाले १६ बर्षको अवधिमा उल्लेख्य प्रगतिसंगै अनगिन्ती सामाजिक उत्तरदायित्व वहन गरेको बताउदै नेतृत्व जिम्मेवारी सफलतापुर्बक निर्वाह गरि संस्थालाई पारदर्शी ,सबल,सुशासित र एकताबद्ध रुपले संचालन गर्न सहयोग गर्नेलाई धन्यवाद दिदै सदस्य हरुको सुरक्षित भविष्य योजना अन्तर्गत सदस्यहरुको बिमा,संस्थाका कर्मचारी हरुलाइ अन्य संस्थाहरुसंगको सिकाइ सहित फोर्स लिभ तथा कर्मचारी रिफ्रेसमेन्ट योजना,सहकारी शिक्षा र शेयर पुँजीमा वृद्धि सहित आर्थिक बर्ष २०८०/०८१ का लागि  संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिय।

संस्थाका कोषाध्यक्ष राजमान श्रेष्ठले आफ्नो प्रतिवेदन पेस गर्दै संस्थाको वार्षिक कारोवलागी१६ करोड ९ लाख पुगेको प्रतिवेदन प्रस्तुत गर्दै सेयर रकम  १ करोड ७१ लाख ,तथा बचत १२ करोड ७ लाख र ऋण लगानी ११ करोड ५३  लाख रहेकोमा कर्जा तर्फ सबैभन्दा बढी व्यापार शीर्षकमा ५ करोड ४८ लाख रुपैयाँ लगानी रहेको प्रतिवेदन प्रस्तुत गरे साथै संस्थाको जगेडा कोषमा ८३ लाख ५७ हजार रुपैयाँ रहेको उल्यख गर्दै कर्जाबाट व्याज १ करोड ३२ लाख र बचतमा व्याज १ करोड ८ लाख रहेको आधारमा गत आर्थिक बर्षमा संस्थाले २४ लाख ७९ हजार नाफा गरि सोमध्य ७ लाख ६१ हजार शेयर लाभांश कोषको व्यवस्था भएको प्रतिवेदन प्रस्तुत गरे।

संस्थाको सचीव धर्मलाल प्रधानले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेको साधारणसभाको 
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख बिष्टले आम नगरवासीले बैंक तथा सहकारीहरुमा अर्थिक कारोवार गर्दा अनावश्यक ऋण नलिन आग्रह गर्दै लियको ऋण उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सकेमात्र नगरले अर्थिक समृद्धिको बाटो पहिल्याउने बिश्वास व्यक्त गर्नु भयो।साथै वहाँले संस्थाले गरेको सफलतालाई धन्यवाद दिंदै आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ठ सफलता हासिल गर्न शुभकामना व्यक्त गरे ।

साधारणसभामा थाहा नगर सहकारी शाखाका प्रमुख अस्मिता तिवारी घिमिरे,वडा न १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान,थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, शुखी भविष्य बचत तथा ऋण सहकारीका अध्यक्ष सुरेन्द्रमान प्रधान,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टले साधारणसभाको अवसरमा शुभकामना दियका थिए।
साधारणसभामा थाहा नगरपालिका भित्र रहेका बैंक तथा बित्तीय संस्थाका प्रतिनिधि हरुको आतिथ्यता रहेको थियो।
साधारणसभाको अवसरमा संस्थामा उत्कृष्ट कारोवार गर्नेहरुलाइ सम्मानित गरिएको थियो ।सम्मानित हुनेहरुमा उत्कृष्ट बचत तर्फ राधाकृष्ण गोले,पुश्कल श्रेष्ठ,नवराज बलामी,बिमला लो तामाङ,उत्कृष्ट बाल बचत रस्मिता लामिछाने,र उत्कृष्ट ऋण कारोबार शुक्र बहादुर तामाङ लाई सम्मानित गरियो ।
तेसै गरि सदस्यको मृत्यु भएका परिवारका सदस्यहरुलाई राहत दिने उद्देश्य अनुरुप यस बर्ष पनि सदस्य राहतकोषबाट मृत्यु भएका सदस्य हरु थाहा १ ओखरबजारका रामभक्त श्रेष्ठ र थाहा ३ डाँडागाउँका गणेश बिष्ट र भिमसेन बस्नेतका परिवारलाई जनही १० हजार राहत र ऋण बिमा अन्तर्गत संस्थाबाट ऋण लिइ ऋण कारोवार गरेका सदस्यहरु रामभक्त श्रेष्ठको ७ लाख ७५ हजार र गणेश बिष्टको १ लाख २३ हजार बिमा कम्पनी बाट प्राप्त रकम ऋण भुक्तानी गरि बाकी रहेको रकम परिवारका हकवालालाई भुक्तान गरिएको थियो।


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...