jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

एभरेस्ट पानोरोमा छिट्टै, पुनः संचालनमा आउदै,

maxresdefault_1-1653671646.jpg

करिब तीन दशक अघि (२०४९ मा ) निर्माण भएको थाहा नगरको पहिलो सुबिधा सम्पन्न तीन तारे होटेल  एभरेष्ट पानोरामा रिसोर्ट यसै वर्षदेखि  संचालनमा आउने भएको छ।पश्चिम भारत केरलाबाट नेपाल भ्रमण गर्न आएका मृतकहरुको  असाबधानीले कोठामा  ग्यास हिटरको प्रयोग गर्दा निसास्सिएर दुई परिवारका ८ जना व्यक्तिहरु  ४ बालबालिका र ४ अभिभावकहरुको  २०७६ साल फागुन २६ गतेको दिन दु:खद निधन भए पश्चात् सो रिसोर्ट बन्द भएको थियो,साथै त्यसै वर्षदेखि  कोरोना महामारीको उत्पत्ति भएकोले लामो समयसम्म उक्त रिसोर्ट बन्द हुन पुगेको हो।  

४  परिवारका १५ जना समुहमा आएका पर्यटकहरु पोखराको बसाइँ सकाएर दिउँसोको करिबन १२:०० बजे त्यहाँबाट हिडेका थिए र उनिहरु एभरेष्ट पानोरामा रिसोर्टमा रातको ०९:०० बजे आईपुगेका थिए। खाना खाईसकेपछी ती मध्य २ परिवारका अभिभावकहरुले रातको ०१:३० बजे होटेलका कर्मचारीहरु कसैलाई पनि नभनी आफुखुसी रेस्टुरेन्टमा प्रयोग गर्न राखिएको ठूलो क्षमताको ग्यास हिटर एकजनाको कोठामा लगि प्रयोग गरेका थिए र संगैको अर्को  कोठामा बस्ने परिवार पनि हिटर ताप्न आएका थिए। लामो यात्रा,थकान अनि हिटरको न्यानो रापले सबैजना भुसुक्कै निदाए,जो जहाँ जसरी पल्टेका थिए त्यसतै अवस्थामा देह त्याग  गरे,कोहि सोफामा,कोहि खाटमा त कोहि भुइँमा लडेका थिए। सो दु:खद घटनाले अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा ठुलो हलचल ल्याएको थियो।

यी सबै घटनाहरुको बाबजुद  एभरेष्ट पानोरामा रिसोर्ट पुनः  आफ्नो ऐतिहासिक सानलाई जिवन्त पार्न सकृय भएको छ। यो कदम साच्चै  नै  सराहनीय छ। एभरेष्ट पानोरामा रिसोर्ट र दामन भ्यु टावर रिसोर्टको भौतिक पुर्बाधारहरुको मर्मत,सम्भार गरि नयाँ शैलीले संचालनमा ल्याउने हो भने दामन-सिमभन्ज्याङ पुनः एकपटक चम्कने छ र कहिल्यै छायामा पर्ने छैन।

एभरेष्ट पानोरामा रिसोर्टको भौतिक पुर्वाधार मर्मत,व्यवस्थापन एबं नयाँ संरचनाहरु निर्माणको निम्ति खटिएका एक कर्मचारी नितेश अमात्यका अनुसार  रिसोर्टको प्राबिधिक पक्षहरुलाई  सुधार गर्दै पर्यटन आकर्षणको लागि नयाँ आयामहरु जिप लाइन,ए.टि.भि.मोटरबाइक  (ATV ) संचालनमा ल्याइने  जानकारी गराउनुभयो। साथै दोहोरी साँझ,नेपाली टिपिकल परिकारहरु र अन्य मनोरञ्जनका विकल्पहरु पनि थपिने बताउनुभयो। यो रिसोर्टको व्यवस्थापन पहिला फर्चुना इन्टरनेसनल प्रा.लि.मार्फत हुने गर्दथ्यो भने अब यसको व्यवस्थापन स्वयंले गर्ने भएको छ। हाल यो रिसोर्टमा निर्माण कार्य भैरहेकोले सर्वसाधारणलाई प्रवेशमा निषेध गरिएको छ।

https://www.thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...