himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

आन्तरिक राजस्व कार्यालय द्वारा उत्कृष्ट करदाताको रुपमा पालुङ बहुउद्देश्यीय सम्मानित

FB_IMG_1732290073253-1732290199.jpg

आन्तरिक राजस्व कार्यालय हेटौँडाले कर सप्ताहको समापनसँगै सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातालाई सम्मानपत्र प्रदान गरेको छ । शुक्रबार आयोजना गरिएको कर सप्ताह समापन कार्यक्रममा बढी आयकर दाखिला गर्ने करदातालाई सम्मान गरिएको हो ।

समग्र क्षेत्रतर्फ निक–लुम्बिनी विद्युत् जे.भी., उद्योग क्षेत्रतर्फ यति पेन्ट्स नेपाल प्रा.लि., व्यापार क्षेत्रतर्फ न्यू ब्रदर हार्डवेयर, शैक्षिक क्षेत्रतर्फ हेटौँडा स्कुल अफ म्यानेजमेन्ट एन्ड सोसियल साइन्सेस एजुकेशन प्रा.लि., बैंक तथा वित्तीय संस्थातर्फ पालुङ बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, अन्तःशुल्कतर्फ गोरखा लाहारी प्रा.लि.लाई सम्मानपत्र हस्तान्तरण गरिएको हो ।

यस्तै, मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ मकवानपुर र चेम्बर अफ कमर्श मकवानपुरलाई कर सहभागितामा पु¥याएको योगदानको लागि सम्मान गरिएको छ भने नेपाल रेडक्रस सोसाइटी मकवानपुरलाई पनि सम्मान गरिएको छ ।

यी कम्पनी र संस्थाका सञ्चालक तथा प्रतिनिधिलाई कार्यालयका प्रमुख कर अधिकृत युक्त सुवेदीले सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।

यस्तै, कर सप्ताहको तेस्रो दिन आयोजना गरिएको खुल्ला निबन्ध प्रतियोगिताका विजेता हेटौँडा स्कुल अफ म्यानेजमेन्टकी छात्रा प्रतिभा भट्टराई (प्रथम), सलिना धिताल (द्वितीय) र स्नेहा उप्रेती (तृतीय)लाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको छ ।

कार्यक्रमका विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले करको दायरामा आएर राज्यप्रतिको दायित्व बहन गरेकामा करदातालाई धन्यवाद दिएका थिए । प्रमुख कर अधिकृत सुवेदीले कार्यक्रमको समापन मन्तव्य राख्दै कर दिवस एवं सप्ताहलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरे ।

FB_IMG_1732290067245-1732290199.jpg
FB_IMG_1732290064324-1732290213.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg