Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

आगामी आर्थिक बर्षको बजेट आज

FB_IMG_1685353039244-1685355279.jpg

मुलुक आगामी आर्थिक वर्षको बजेट आज घोषणा हुँदैछ । संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउन लागेको हो ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले आज बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछन् । सरकारले आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्रै रहेर १७ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि अधिकतम १६ खर्ब ८८ अर्बको सीमाभित्र रहेर बजेट ल्याउन सरकारलाई सुझाव दिएको अवस्था छ । अहिलेको स्थितिमा सोही सीमाभित्र रहेरै बजेट ल्याउनु सान्दर्भिक र व्यावहारिक देखिएको बजेट निर्माण टिमका एक सदस्यले रातोपाटीलाई जानकारी दिए ।

‘मूलभूत रूपमा आगामी आर्थिक वर्षको बजेट कस्तो ल्याउनुपर्छ र कुन पक्षलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ भन्ने विषयमा गम्भीर छलफल र तयारी भएको छ । अहिलेको स्थिति र व्यावहारिक पक्षलाई मनन गर्दै राष्ट्रिय योजना आयोगले दिएको सीमाभन्दा माथि गएर बजेट ल्याउन हुँदैन भन्ने नै छ । आगामी आर्थिक वर्षको बजेट १७ खर्ब हाराहारीकै आउँछ,’ स्रोतले रातोपाटीसँग भन्यो ।

बजेटले पुँजीगत (विकास खर्च) लाई विशेष प्राथमिकता राख्दै चालु खर्च कसरी कम गर्न सकिन्छ भनेर व्यापक खर्च कटौती तथा मितव्ययिता अपनाइएको स्रोतले बतायो ।

खर्च व्यहोर्ने स्रोत ऋणमा निर्भर

राजस्वको स्रोत खुम्चिएको अवस्थामा बजेट खर्च व्यवस्थापनका स्रोतको रूपमा वैदेशिक सहायता र ऋणलाई नै पहिलो प्राथमिकतामा राखेको जनाइएको छ । चालु आर्थिक वर्षको जेठ १४ गतेसम्म लक्षित राजस्वको ५५.८३ प्रतिशत मात्र उठ्न सकेको छ । राजस्वतर्फ १२ खर्ब ९५ अर्ब ३७ करोड ५८ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा आइतबारसम्म जम्मा ७ खर्ब १० अर्ब ७० करोड १६ लाख रुपैयाँ मात्र सङ्कलन हुन सकेको छ ।

यस्तै, गैर–राजस्वतर्फ १ खर्ब ७ अर्ब ७७ करोड १२ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा हालसम्म ७२ अर्ब ७० करोड १५ लाख रुपैयाँ मात्र उठ्न सकेको छ ।

खर्चको स्रोत बेहोर्ने अन्य स्रोतको रूपमा दातृ राष्ट्रहरूसँगको आर्थिक सहयोग (अनुदान) बाट ५५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ लिने लक्ष्य रहे पनि सरकारले हालसम्म जम्मा ४८ करोड २ लाख रुपैयाँ मात्र लिन सकेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

हालसम्म लक्षित राजस्वको ५५.८३ प्रतिशत अर्थात् ७ खर्ब १० अर्ब ७० करोड १६ लाख रुपैयाँ उठ्दै गर्दा यता बजेट खर्च १० खर्ब ९८ अर्ब २७ करोड २६ लाख रुपैयाँ अर्थात् कुल बजेटको ६१.२२ प्रतिशत भएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । यद्यपि, हालसम्म विनियोजित बजेटको ६१.२२ प्रतिशत मात्र खर्च गर्न सके पनि लक्षित राजस्व उठ्न नसक्दा सरकारले २ खर्ब ७३ अर्ब ६५ करोड ८३ लाख रुपैयाँ बराबरको घाटा व्यहोरेको छ ।

यसले गर्दा आगामी आर्थिक वर्षको बजेट व्यवस्थापनमा सरकारलाई निकै सकस परेको हो । तर, बजेटको स्रोत व्यवस्थापनका लागि बढी ऋणमा निर्भर हुन नहुने अर्थविद् डा.चन्द्रमणि अधिकारी बताउँछन् ।

‘अहिले सार्वजनिक ऋणको आकार वार्षिक बजेटको भन्दा पनि ठूलो भइसकेको छ । साढे २१ खर्ब हाराहारीको सार्वजनिक ऋण अब कसरी धान्न सकिन्छ ?’ अर्थविद् अधिकारीले भने, ‘वार्षिक बजेटको एक चौथाई बजेट सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमै छुट्याउनुपर्ने स्थिति बनेपछि यसले मुलुक बन्दैन । सरकार नियमित खर्च कटौती र पुँजीगत खर्चमा फोकस हुनुपर्छ ।’

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg