Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

"थाहा"

‘रुपचन्द्र बिष्टले अन्चलाधीशलाई छातीमा आम्दानी र ढाडमा खर्च विवरण टाँसेर देखाए’

images-(7)-1665924651.jpg

एकराज उप्रेती जनमुखी सहकर्मी          मकवानपुरे दार्शनिक नेता रुपचन्द्र विष्टले आजीवन ‘थाहा आन्दोलन’ चलाउनुभयो । उहाँको आन्दोलन पञ्चायतकालभरि मकवानपुरमा त सुपरहिट नै भयो, राष्ट्रिय रुपमा पनि यसले चर्चा, परिचर्चा र वैचारिक संरचना विकासको अवसर पायो । विद्यालयका प्रधानाध्यापक, जनपक्षीय प्रधानपञ्च र राष्ट्रिय पञ्चायत सदस्य (सांसद) पनि भएर उहाँले तत्कालीन पञ्चायती व्यवस्थालाई सदनमा चुनौती दिनुभएको थियो । उहाँ दिवंगत भएपछि थाहा आन्दोलनका नाउँमा कुनै न कुनै गतिविधिहरु भइरहेका छन् । उहाँकै नाउँमा मकवानपुरको दामन, पालुङ, टिस्टुङ, बज्रबाराहीसमेतलाई मिसाएर थाहानगरपालिका निर्माण गरिएको छ ।

मकवानपुरका गाउँगाउँ पस्ने हो भने रुपचन्द्र विष्टको नाम नसुन्ने पुराना पुस्ताका मानिसहरु भेट्न मुस्किल छ । कारण हो, उहाँ जनतासँग सिधा सम्पर्कमा रहने प्रतिनिधि वा नेता हुन् । उहाँको बास गाउँमै हुन्थ्यो, जनताका बीच उहाँ आफ्ना कुराहरु राखिरहेका अबस्थामा भेटिनुहुन्थ्यो । जनताकै काम गरिदिने, जनताकै घरमा गुन्द्रुक, ढिँडो खाने र जनताकै घरमा मान्द्रो ओछ्याएर सुत्ने सांसद नेपालमै हुनुहुन्थ्यो भन्दा पनि अहिले त कथा जस्तो हुन्छ ।

 

 


उहाँ गाउँ जाँदा एक्लै कहिल्यै जानुहुन्नथ्यो । उहाँका साथमा आफ्ना स्थायी कार्यकर्ताहरु हुन्थे, जो खानपान व्यवस्थापन, सुरक्षालगायत कुराहरुमा सदैब सचेत रहन्थे । त्यस्तै स्थायी कार्यकर्तामध्ये एक हुन्, हाल मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती । रुपचन्द्र विष्टले चलाएको थाहा आन्दोलन र उहाँको शैलीका बारेमा मनहरी गाउँपालिका अध्यक्ष उप्रेतीका केही किस्साहरु सुनौँ ।

 


छातीमा आम्दानी टाँसेर अञ्चलाधीशलाई स्पष्टिकरण
पालुङमा रहेको जनकल्याण माविको प्रधानाध्यापक हुनुहुन्थ्यो, रुपचन्द्र विष्ट । स्वावलम्बी, निर्भिक र लडाकु स्वभावका विष्टले विद्यालयमा आफ्नै नियमहरु लगाउनुभएको थियो । ती जनहितकारी थिए । बिष्ट विद्यार्थीहरुलाई जंगलमा पाइने बेल ल्याउनु भनेर अह्राउनुहुन्थ्यो । बिष्टले विद्यालयको कोठामा बेल फुटाउँथे र अधिकांश टाँस्नुपर्ने ठाउँमा बेलको चोपले टाँस्नुहुन्थ्यो बजारबाट सकेसम्म गम किनेर ल्याउने काम गर्नुहुन्नथ्यो, बेलकै चोपले काम चलाउनुहुन्थ्यो । त्यस्तै आलपिन प्रयोग गरी ‘एट्याच’ गर्नुपर्ने कागजपत्रको व्यवस्थाका लागि पनि उहाँले घरेलु उपाय निकाल्नु भएको थियो । विद्यालय वरिपरि मधेसी काँडा रोप्नु भएको थियो । आत्मनिर्भरताका लागि उहाँले निकाल्नु भएका यी उपायहरु भारतले गरेको नाकाबन्दीका बेला धेरैले सम्झनु भयो । यसले आत्मनिर्भरताको बाटोमा जानुपर्छ भन्ने प्रष्ट सन्देश दिएको थियो ।

विष्ट प्रधानाध्यापक हुँदा पञ्चायतीहरुले उहाँले भ्रष्टाचार गरेको भनेर अञ्चलाधीशसमक्ष उजुरी गरेका रहेछन् । वीरगञ्जमा रहेको अञ्चलाधीश कार्यालयमा स्पष्टिकरणका लागि प्रधानाध्यापक विष्ट जानुपर्ने भयो । ज्याकेट लगाएर जानुभएछ अन्चलाधीश भेट्न । जब अञ्चलाधीशले विष्टलाई सोधे–‘विद्यालयको हरहिसाव खोइ?’ विष्टले ज्याकेटको चेन खोलेर छातिभरि आम्दानीको हस्तलिखित सूची देखाइदिनुभएछ ।

अञ्चलाधीश दंग परेर फेरि सोधेछन्–‘यो त आम्दानी भयो, खर्च विवरण खोइ?’ ज्याकेट खोलेर फनक्क घुम्दै ढाडमा टाँसिएको खर्च विवरण देखाइदिएछन् । अञ्चलाधीशले दंग परेर बिष्टको छाती र ढाडमा टाँसिएको आम्दानी र खर्च बिवरण पढेछन् । खर्च विवरणमा पालुङबाट वीरगञ्जसम्म गएको खर्च १ रुपैयाँमात्रै रहेको देखेपछि अञ्चलाधीशले सोधेछन्–‘१ रुपैयाँ खर्चमा पालुङबाट वीरगञ्ज आउन सम्भव छ ?’ विष्टले सबिस्तार जवाफ दिनुभएछ–‘एउटा भाते साथी थियो, उसले ट्रक चलाउँदो रहेछ । ट्रक चढेको भाडा परेन । त्यसैले बाटोमा मासुभात खुवायो, त्यो खर्च पनि स्कुलले गर्नुपरेन, जोगियो । वीरगञ्ज आएर कागज र डटपेन किनेर आम्दानी खर्च टाँस्दा जम्मा खर्च १ रुपैयाँ मात्र भयो ।’ विष्टका कुरा सुनेर अञ्चलाधीश हेरेको र्हे¥यै भएछन् ।

आलुको कर सुन्दरमानको सेफमा
प्रधानपञ्च भएका बेला रुपचन्द्र विष्टले पालुङका तरकारीमा कर लगाउनुभयो । उहाँले गरेका निर्णय बमोजिम हरेक एक बोरा आलु निकासी गरेबापत किसानले एउटा आलु चाहिँ कर तिर्नुपर्ने भयो । आलुको राजधानीमा त्यस्तो कर लगाएपछि पञ्चायतको नाउँमा आलुको थुप्रो भयो । त्यसरी संकलित आलु बिक्री गर्दा झण्डै ७० हजार रुपैयाँ जति संकलन भएको थियो । त्यत्रो ठूलो रकम पञ्चायत कार्यालयमा राख्ने कुरा आएन ।

नगद रकम राख्दा सुरक्षाको पनि पीर भयो । गाउँकै एकजना साहूको सेफमा त्यो रकम कपडामा सुतरीले बाँधेर दर्जनजति गाँठो पार्दै सुरक्षित ढंगले राख्न दिनुभएछ । अनि पालुङका अधिकांश चोकहरुमा रहेका पाटीमा गएर उनले आलु बेचेको पैसा यति बाँकी छ, फलानाको सेफमा सुतरीको डोरीले बाँधेर लक गरी राखिएको छ भनेर लेख्नुभएछ । त्यो सूचना पढेर आम मान्छेले थाहा पाएछन् कि, आफूले तिरेको करको दुरुपयोग भएको छैन र सुरक्षित छ भनेर ।

५० पैसाको हिसाव हराउँदा
जनकल्याण माध्यमिक विद्यालयले चन्दा संकलन गरी सरस्वती पूजा मनाउने तयारी गरेछ । रुपचन्द्र विष्ट हुनुहुन्थ्यो हेडमास्टर । विद्याकी देवी सरस्वतीको पूजा गर्न विद्यार्थीहरु पनि उत्साहित । त्यस्तैमा चन्दा संकलन गर्ने र सबै पूजाआजा अनि खानपानको समेत व्यवस्था गर्न भनेर एक जना चलाख विद्यार्थीलाई जिम्मेवारी दिइएको रहेछ ।

सबै मिलेर सरस्वती पूजा सम्पन्न गरे । कार्यक्रम एकदमै राम्रो भयो । पछि हिसावकिताव गरियो । सहयोग, चन्दा आम्दानी र खर्चको विवरणहरु पेस भए । तर, त्यो क्रममा ५० पैसाको हिसाव हरायो । ती चलाख विद्यार्थीले ५० पैसाको हिसाव दिएनछन् । उनले यो थोरै पैसाको हिसाव खोजिरहनु हुँदैन, कतै हरायो होला भनेर सामान्य रुपमा लिएछन् ।

तर, रुपचन्द्र विष्टले उनलाई अरुसँग उठाएको रकम एक पैसा पनि हराउनुहुँदैन । पारदर्शी ढंगले सार्वजनिक गर्नु भनेर दबाब दिनुभएछ र भन्नुभएछ–‘आज विद्यार्थी हुँदा ५० पैसा हिनामिना गर्नेले भोलि देशको ठूलो ठाउँमा पुग्दा ठूलै हिस्सा हिनामिना गर्ने सम्भावना हुन्छ, त्यसैले यस्तो बानी गर्नु हुँदैन ।’ ती चलाख विद्यार्थी थिए, अहिलेका राष्ट्रिय सभा सदस्य एवं कानूनविद्–रामनारायण विडारी ।

थाहा आन्दोलनको मर्म र सूचनाको हक
‘सत्य थाहा हुँदा झुट नास हुन्छः रुदाने’ लेखिएका पुराना लिखतहरु अहिले पनि भेट्न सकिन्छ । रुपचन्द्र विष्टलाई रुदाने, जसरु लगायतको नामबाट पनि चिनिन्छ । रुदानेको अर्थ नाम ठेगानाको छोटो रुप हा े। अर्थात–रुपचन्द्र, दामन, नेपाल । त्यसैगरी जसरुको अर्थ थियो–जनमुखी सहकर्मी रुपचन्द्र । उहाँ मकवानपुरको तामाङ र चेपाङ गाउँ पुगेर हाते माइकबाट सत्य के हो थाहा चाहियो भनेर अनेक बिषयहरुमा जनताको ध्यानाकर्षण गराउनुहुन्थ्यो । जब जनताले थाहा पाउँछन्, अनि मात्रै सही वा गलत भनेर छुट्याउन सक्छन् ।

शासकहरुले सधै जनतालाई गुमराहमा राख्ने गरेकाले उहाँले शासकहरुप्रति आक्रोश पोख्नुहुन्थ्यो । रुपचन्द्र विष्टलाई धेरैले सोध्थे रे–‘यो थाहा भनेको के हो ?’ उहाँले सल्काइराखेको चुरोटले प्रश्नकर्ताको हातमा पोलिदिनुहुन्थ्यो । अनि हात फड्कार्दै भाग्दै गदौ विष्टले ‘के थाहा भो भनेर सोध्नुहुन्थ्यो । प्रतिउत्तरमा चुरोटको आगोले पोल्यो, तातो छ भन्ने जबाफ आउँथ्यो । जसरी आगोले पोल्छ भन्ने थाहा भयो, त्यसरी नै शासकहरुले के गर्न खोज्दैछ, के हुँदैछ भन्ने कुरा जनताले थाहा पाउनुपर्छ भन्ने मान्यता विष्टको थियो । त्यही अभियान नै थाहा अभियान हो । सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली अहिले कार्यान्वयनमा छन्। यो ऐनको प्रावधान र मूलमर्म विष्टको थाहा आन्दोलनको मर्मसँग फरक छैनन् ।

 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg