pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार

Deepak-khadka-Final-photo-1715702303.jpg

 

हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई वडाअध्यक्षले दुव्यवहार गरेका छन । समाचार संकलनका लागि मंगलबार वडा कार्यालय पुुगेका पत्रकारद्वय छवि अनित्य र मन्जिता मैनालीमाथि वडाध्यक्ष दिपक खड्काले दुर्व्यवहार गरेका हुन ।

 

खड्काले ‘सबै पत्रकार चोर हुन’ भन्दै वडाध्यक्षको कार्यकक्षबाट थुतेर बाहिर निकाल्ने धम्की दिएको पत्रकार छवि अनित्यले बताए । खड्काले गालीगलौजको भाषा प्रयोग गर्न थालेपछि अडियो रेकर्ड गर्न लाग्दा सञ्चारकर्मीको मोबाइल समेत नियन्त्रणमा लिइएको थियो ।

चेपाङ समुदायको एउटै घरका ६ जना बालबालिकाको जन्मदर्ता बनाउन कठिनाई भएको विषयमा जानकारी लिन पत्रकार अनित्य र मैनाली त्यहाँ पुगेको बताइएको छ ।

पत्रकार महासंघको ध्यानाकर्षण
नेपाल पत्रकार महासंघ, मकवानपुर शाखाले मंगलवार प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला अध्यक्ष मणिराज गौतमद्वारा हस्ताक्षरित विज्ञप्तीमा समाचार संकलनका क्रममा प्रतिक्रिया लिन पुग्दा मकवानपुरका सञ्चारकर्मीद्वय छवि अनित्य र मञ्जु मैनालीमाथि हेटाै‌डा उपमहानगरपालिका वडा नम्बर–१४ का वडा अध्यक्ष दीपक खड्काले गरेको दुव्र्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

वडाका एक चेपाङ परिवारको जन्मदर्तामा परेको कठिनाई सम्बन्धी समाचार संकलनका क्रममा प्रतिक्रिया लिन वडा कार्यालय पुगेका सञ्चारकर्मीहरुलाई वडा अध्यक्ष खड्काले अपशब्द प्रयोग गर्दै सञ्चार उपकरण नियन्त्रणमा लिने र धम्कीपूर्ण भाषा प्रयोग गरेकोप्रति महासंघले घोर भत्र्सना गरेको हो ।

प्रेस तथा वाक स्वतन्त्रताको रक्षाप्रति सचेत र कटिवद्ध हुन स्थानीय सरकार र जनप्रतिनिधिलाई विज्ञप्तिमार्फत् ध्यानाकर्षणसमेत गराइएको छ । स्वतन्त्र प्रेसप्रतिको कुनै पनि किसिमको हस्तक्षेप पत्रकार महासंघलाई स्वीकार्य छैन, यस घटनाप्रति आत्मालोचना गरी माफी माग्दै आगामी दिनमा यस्ता कार्य नगर्न वडाध्यक्ष खड्कालाई सचेत पनि गराइएको छ ।

प्रकाशित समाचार सामाग्रीप्रति कुनै गुनासो या समस्या भए कानुनी उपचार खोज्ने प्रावधान हुँदाहुँदै पत्रकारमाथि दुर्व्यवहार तथा गाली गलौजमा उत्रनु निन्दनीय रहेको छ । सञ्चारकर्मीलाई सहज वातावरणमा समाचार संकलनको वातावरण बनाउन महासंघ सम्बन्धित सबै सरोकारवालामा अनुरोध पनि गरिएको छ ।

सेन्टर र युनियनको आपत्ति
समाचार संकलनका क्रममा हेटौंडा उपमहानगरपालिका १४ नम्वर वडा कार्यालयमा सञ्चारकर्मी श्रेष्ठ र मैनालीमाथि वडा अध्यक्ष दिपक खड्काबाट दुर्व्यवहार भएको घटनाप्रति प्रेस सेन्टर मकवानपुर र प्रेस युनियन मकवानपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजलाई सत्य तथ्य एवम् निश्पक्ष समाचारमार्फत् सुसूचित गराउने महत्वपूर्ण जिम्मेवारीका साथ समाचार संकलनका लागि वडा कार्यालय पुगेका सञ्चारकर्मीहरुलाई अध्यक्ष खड्काले समग्र पत्रकार र पत्रकारिता पेशामाथि नै ठेस पुग्ने गरी गालीगलौजको भाषा प्रयोग गर्दै धरपकड गर्ने, मोबाइल थुतेर राख्ने जस्ता गतिविधि गर्नु निकै आपत्तीजनक रहेको दुबै सङ्गठनको भनाइ छ ।

प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अन्जली थापाले समाचार संकलनको क्रममा पत्रकार माथि भएको अभद्र व्यवहारप्रति घोर आपत्ति व्यक्त गर्दै दोषिलाई कारवाही गर्नुपर्ने माग गरिन् । त्यस्तै प्रेस युनियनका सचिव बलराम पुडासैनीले जनप्रतिनिधिबाट भएको यो कार्य लज्जास्पद भएको बताए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...