Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

हेटौंडाका डाक्टरहरु द्वारा सामुहिक राजीनामा दिने तयारी

Dr-kutpit-News-Photo@-Het-1694685719.jpg

हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालका चिकित्सकमाथि भएको कुटपिट घटनामा संलग्नहरूलाई कारबाही गर्न माग गर्दै मकवानपुरका स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका छन् ।

अस्पतालभित्रै डाक्टरद्वय विकास थापा र प्रशान्त बिडारीमाथि बुधबार भएको कुटपिटको घटनामा संलग्न भएकाहरूलाई तत्काल पक्राउ गर्न माग गर्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन् । घटनामा संलग्न दोषीलाई पक्राउ नगरे शुक्रबारबाट आकस्मिक बाहेकका सेवा बन्द गर्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहित हेटौँडा अस्पतालमा बिहीबार भएको स्वास्थ्यकर्मीहरूको भेलामा घटनामा संलग्न भएकाहरूलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडि नबढाएमा सामूहिक राजीनामासँगै शुक्रबारबाट आकस्मिक बाहेकका सेवा बन्द गर्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका हुन् ।

शान्ति सुरक्षा कमजोर भएका कारण उक्त घटना हुन गएको बताउँदै सुरक्षाको प्रत्याभूति नभएका कारण बुधबार जाहेरी दिने अवस्था नरहेको र घटनामा संलग्न भएकाहरू प्रहरी कार्यालयमा नै आएर धम्की दिँदासमेत प्रहरी मूकदर्शक बनेकोप्रति स्वास्थ्यकर्मीहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसमक्ष आक्रोश व्यक्त गरेका थिए ।

हेटौँडा अस्पतालको सुपरिटेण्डेण्ट डा. रामचन्द्र सापकोटाले स्वास्थ्यकर्मी असुरक्षित बनेको भन्दै एक महिना अघिभएको मृत्यु घटनामा कुटपिट गरेर प्रहरी कार्यालय परिसरमा कुटपिटमा संलग्न भएकाहरू आउँदासमेत पक्राउ नगर्नु प्रहरीको चरम लापरबाही भएको बताउनुभयो ।

उहाँले सुरक्षा अवस्था कमजोर रहेको र सुरक्षाको प्रत्याभूति नभएका कारण सबै चिकित्सकले सामूहिक राजीनामा दिने गरी हस्ताक्षर गरिसकेको भन्दै तत्काल पक्राउ नगरे काम गर्नसक्ने अवस्था नरहने बताउनुभयो । डा. हरि खड्काले कुटपिटमा संलग्नलाई प्रहरी नियन्त्रणमा नलिनु लापरबाही भएको भन्दै चिकित्सकको निर्णयअनुसार शुक्रबारबाट मकवानपुरका सबै स्वास्थ्य संस्थामा आपत्कालीन बाहेकका सेवा ठप्प गरिने बताउनुभयो ।

भेलामा कुटपिटमा परेका डा. प्रशान्त बिडारी, नेपाल स्वास्थ्यकर्मी सङ्घ मकवानपुरका उपाध्यक्ष सुधीर दाहाल, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालका अध्यक्ष भोला चौलागाई, निजी अस्पतालका प्रतिनिधिहरूले घटनाले स्वास्थ्यकर्मीसँग समाजमा असुरक्षाको अवस्था सिर्जना भएको बताउँदै प्रहरीले नै घटनामा संलग्नहरूलाई नियन्त्रणमा नलिएर सुरक्षा दिने कार्य गरेको आरोप लगाएका थिए । साथै स्वास्थ्यकर्मीहरू कुटपिटमा संलग्न भएकाहरूले प्रहरी कार्यालय परिसरभित्रै चिकित्सकलाई मार्छु, काट्छुभन्दा समेत प्रहरी मूकदर्शक बनेर संरक्षण गरेकोप्रति आपत्ति जनाएका थिए ।

भेलामा मकवानपुरमा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले सुरक्षामा सम्झौता नहुने भन्दै जाहेरी नपरेका कारण कारबाही प्रक्रिया अगाडि बढाउन नसकेको बताउनुभयो । उहाँले उजुरी परे पनि र नपरेपनि कारबाही प्रक्रिया चलाउने बताउनुभयो । यस्तै, मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले घटनामा संलग्नहरूलाई कारबाही गरिने भन्दै घटनाका सम्बन्धमा जाहेरी दिन आग्रह गर्नुभयो ।

यसैबिच नेपाल चिकित्सक सङ्घ केन्द्रीय समितिले आफ्ना आजीवन सदस्य डाक्टरद्वय थापा र बिडारीमाथि आक्रमण गर्नेमाथि ७२ घण्टाभित्र कानुनी कारबाही नगरेमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने जनाएको छ ।

गत साउन २२ गते सन्चो अस्पतालमा डेंगुरोगको लक्षण लिई उपचार गर्न सन्चो अस्पताल आएका हेटौँडा उपमहानगरपालिका १२ स्थित पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानलाई थप उपचारका लागि भदौ २३ गते चितवनको अस्पतालमा उपचारका लागि प्रेषण गरिएको थियो । चितवनमा थप उपचारका लागि गएका प्रधानको उपचारको क्रममा साउन २५ गते मृत्युभएको थियो ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...