pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने

InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण कुन्छाल–चित्लाङ सडक विस्तार गरिने भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले यस खण्डको स्तरोन्नतिका लागि ठेक्का आह्वान गरेको छ ।
यस सडक खण्डको स्तरोन्नतिका डिभिजन कार्यालयले शुक्रवार एक सूचना जारी गर्दै सडक सुधार तथा संरचनात्मक निर्माणका लागि बोलपत्र आह्वान गरेको जनाएको छ । २०६२ सालमा ट्र्याक खनेको यो सडक लामो समयदेखि धुलो र हिलोको सास्ती खेपिरहेका स्थानीय बासिन्दा र पर्यटकका लागि यो आयोजनाले ठुलो राहत दिने अपेक्षा गरिएको छ ।
करिब ५ किलोमिटर दूरी रहेको यो सडक २५ करोड लागतमा विस्तार गरिने भएको सडक डिभिजन कार्यालय हेटौँडाका सूचना अधिकारी एवं इन्जिनियर यादव सुवेदीले जानकारी दिए।
सुवेदीका अनुसार यस आयोजना अन्तर्गत करिब ५ किलोमिटर सडक खण्डमा कतै कालोपत्र र आरसीसी ढलान गरिने भएको छ । काठमाडौँको थानकोट–चित्लाङ खण्ड सडक डिभिजन काठमाडौँद्वारा विस्तार प्रक्रिया अघि बढ्ने छ । यसपछिको  खण्ड चित्लाङदेखि कुछ्लाङसम्मको खण्डा कुल्छाङ–चितलाङ खण्ड सडक डिभिजन हेटौँडा ठेक्का आह्वान गरेको हो । 
सुवेदीले भने, ‘यस खण्डअन्तर्गत करिब ५ किलोमिटर सडक विस्तार गरिने छ  । काठमाडौँ सकिने बित्तिकै मकवानपुरको सिमाना सुरु हुने बिन्दुदेखि चित्लाङतर्फको करिब १२ देखि १३ सय मिटर खण्डमा नयाँ कालोपत्रे गरिनेछ ।’

यस्तै, त्रिभुवन राजपथसँग जोडिने कुन्छालदेखि चित्लाङतर्फ आउने बाटोको विभिन्न खण्डहरूमा गरी थप ३४ सय मिटर सडक कालोपत्र गरिने उनको भनाइ छ । ‘कुन्छालदेखि चित्लाङसम्मको बाटोभित्र विभिन्न ठाउँमा पिच गर्ने र केही ठाउँमा ढलान गर्ने योजना छ,’ सुवेदीले भने, ‘बस्ती भएका र विगतमा काम हुन बाँकी रहेका करिब ३ देखि ४ सय मिटर क्षेत्रमा भने आरसीसी ढलान गरिनेछ ।’ सडक दुई लेनकै रहने र हाल उपलब्ध चौडाइ पर्याप्त रहेकाले यसपटक थप फराकिलो बनाउने भन्दा पनि सडकको सतह सुधारमा केन्द्रित हुने गरी सडक डिभिजन हेटौडाले ठेक्का आह्वान गरेको छ ।
डिभिजन कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार ठेक्का नम्बर आरडीएचटीडी ३३७०११६९/२०८२/०८३–४३ मार्फत योग्य निर्माण व्यवसायीहरूबाट सिलबन्दी बोलपत्र माग गरिएको छ । यस आयोजनामा सहभागी हुन चाहने व्यवसायीले १० हजार रुपैयाँ दस्तुर तिरेर बोलपत्र फारम भर्न सक्नेछन् भने धरौटी रकम बापत ४६ लाख रुपैयाँ राष्ट्र बैंक वा तोकिएको बैंक खातामा जम्मा गर्नुपर्नेछ ।
सूचना अनुसार इच्छुक फर्महरूले सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को वेबसाइट मार्फत विद्युतीय माध्यमबाट मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बोलपत्र पूर्वको बैठक आगामी २०८३ वैशाख २४ गते बिहान ११ बजे बस्नेछ भने जेठ ४ गते दिउँसो १२ बजेसम्म आवेदन दिने अन्तिम समय तोकिएको छ । सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ ।
यस खण्ड विस्तारको ठेक्का प्रक्रियाका लागि ३१ दिनको म्याद दिइएको छ । बोलपत्र पेस भएपछि प्राविधिक र आर्थिक मूल्यांकनको चरण पार गरेर निर्माण व्यवसायी छनोट गरिनेछ ।
‘हाम्रो मुख्य लक्ष्य चालू आर्थिक वर्षभित्रै निर्माण व्यवसायीसँग सम्झौता गरिसक्ने रहेको छ,’ सुवेदीले भने, ‘हाम्रो प्राथमिकता सुरुमा प्राविधिक मूल्याङ्कन र आर्थिक मूल्याङ्कन गरी योग्य व्यवसायी छनोट गर्ने हो,’ सुवेदीले थपे, ‘सम्झौता भएपछि निर्माण कार्यले गति लिनेछ ।’
लामो समयदेखि स्तरोन्नतिका लागि प्रतीक्षा गरिएको यो सडक खण्डको काम चालु आर्थिक वर्षकै बजेटबाट सुरु गर्न लागिएको हो । यो खण्ड विस्तारका लागि चालु वर्ष नै बजेट विनियोजन भएको थियो । तर स्तरोन्नतिका लागि प्रक्रिया भर्खरै थालिएको हो । यस चालु आर्थिक वर्षबाटै सुरु गरिने यो खण्ड सम्झौता भएपछि निर्माण कार्यले गति लिने विश्वास गरिएको छ ।
चित्लाङ–कुन्छाल सडक खण्ड राजधानी काठमाडौँ छिर्ने वैकल्पिक र छोटो मार्गका रूपमा समेत परिचित छ । यो सडकको स्तरोन्नति सम्पन्न भएपछि मकवानपुरको उत्तरी भेगका बासिन्दालाई काठमाडौँ आउजाउ गर्न निकै सहज हुनेछ । विशेषगरी ऐतिहासिक र पर्यटकीय स्थल चित्लाङमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने र स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन ठुलो मद्दत पुग्ने अपेक्षा गरिएको छ । विगतमा सडकको दयनीय अवस्थाका कारण सास्ती खेपिरहेका स्थानीय र पर्यटकका लागि यो स्तरोन्नति आयोजनाले ठुलो राहत दिने विश्वास लिइएको छ ।
रातोपाटी बाट 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...