himalen-2083-1778725505.jpg
Wednesday, 27 May, 2026
jkmv2083-1778723862.jpg

अपडेट

स्कुल चोक दुर्घटना अपडेट :- घाइते शिक्षक यादवको मृत्यु,मृत्युको संख्या ३ पुग्यो

1748274160690-1748286299.jpg

थाहा नगरपालिकामा सोमबार साँझ बसको ठक्करबाट गम्भीर घाइते भएका थप एकजनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३ पुगेको छ । १ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका अहुराही गाउँपालिका १ सिराहाका ३३ वर्षीय रघुनन्दन यादवको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यादव थाहा नगरपालिकास्थित झम्केश्वरी माविकै शिक्षक थिए । बसको ठक्करबाट घाइते भएका ३६ वर्षीय कमलेश कुमार साहको अवस्था गम्भीर रहेको र उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको थियो । ट्रमा सेन्टरबाट पनि साहलाई बी एण्ड बी अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्यालले जानकारी दिनुभएको छ ।

सोमबार साँझ ७ बजेको समयमा गोपाली गाउँबाट थाना बजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बसको ठक्करबाट २ जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको थियो । बसको ठक्करबाट थाहा नगरपालिका–९ का ४० वर्षीय कृष्ण बलामी र सप्तरी जिल्लाको विष्णुपुर गाउँपलिका–५ घर भई हाल थाहा नगरपालिकास्थित झम्केश्वरी माविका शिक्षक ४० वर्षीय लोकेन्द्रकुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–१७ का ३२ वर्षीय छेवाङ लामा र बारा जिल्लाको कोहल्बी नगरपालिका–१ का ३० वर्षीय रामगुलाम चौधरी सामान्य घाइते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ । प्रहरीले बस चालक थाहा नगरपालिका–५ का २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । ब्रेक फेल भएपछि ओरालो बाटोमा बस अनियन्त्रित हुँदा पैदलयात्रीलाई ठक्कर दिएको बताइएको छ । बसमा यात्रु भने थिएनन् ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

khane-1774766593.png