Sunday, 19 May, 2024
जीवनशैली

सूर्य उपासना गर्दै छठ सुरु

chhati-1700360853.jpg

आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी मनाइने छठ पर्व आज (आइतबार) देखि सुरु भएको छ । यस पर्वले धनी, गरिब, मधेशी, पहाडी, हिन्दु, मुस्लिम, महिला, पुरुषलगायत सबै वर्ग, समुदाय र तहतप्कामा लोकप्रियता हासिल गर्दै आएको छ । 

केही वर्षअघिसम्म तराईका केही जिल्लामा मात्र मनाइने गरिएको छठ पर्व अचेल काठमाडौँलगायत मुलुकका विभिन्न सहरमा समेत धुमधामका साथ मनाइन थालिएको छ । यो पर्व षष्ठी (आइतबार) का दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर प्रारम्भ हुन्छ भने सप्तमी (सोमबार) का दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिन्छ । 

विगत पाँच वर्षदेखि राजधानीमा बसोबास गर्दै आउनुभएका वीरगन्जका राममनोहर साहले छठलाई सामाजिक एकता र सद्भावको पर्वका रूपमा आफूले लिएको बताउनुभयो । विगत केही वर्षयता यस पर्वले नेपाली नेपालीबिचको एकताको सूत्रलाई थप बलियो पार्ने काम गरेको उहाँको अनुभव छ । 

राजधानी काठमाडौँका कमलपोखरी विशेष रूपमा सजाइएको छ । रानीपोखरी निर्माणाधीन अवस्थामा रहेकाले कमलपोखरीमा नै रानीपोखरीको झल्को दिने गरी अस्थायी रूपमा गोपालेश्वर मन्दिर निर्माण गरिएको छ । त्यसै गरी पशुपतिस्थित गुह्येश्वरीमा समेत विगत वर्ष झैँ यो वर्ष पनि छठ पूजाका लागि विशेष तयारी गरिएको छ । त्यसै गरी राजधानीको नक्सालस्थित नागपोखरी, ललितपुरको सानेपा र विभिन्न कामले राजधानीमा बसोबास गर्दै आएका तराईबासी छठ पर्व मनाउन प्रायः आआफ्नो गाउँ नै जाने गर्दछन् भने केहीले राजधानीमा मनाउँदै आएका छन् । विराटनगर घर भई अहिले राजधानीको बालाजुमा बस्दै आउनुभएका प्रभन्स ठाकुरले चाडपर्व आस्था र विश्वासका साथ जहाँ मनाए पनि फरक नपर्ने र बाहिर मनाउँदा झन् आफ्नो संस्कृतिको प्रचारप्रसार हुने बताउनुभयो । त्यस्तै भारतको बिहार (सीतामढी) घर भई व्यापार व्यवसायको सिलसिलामा अहिले राजधानीको सीतापाइलामा बस्दै आउनुभएका शङ्कर तिवारीले आफू बसेको र कार्यरत रहेको ठाउँमा नै चाडपर्व मनाउनुपर्ने उल्लेख गर्नुभयो । एक ठाउँको चाडपर्व अर्को ठाउँमा मनाउनाले सांस्कृतिक आदानप्रदानसमेत हुने उहाँको तर्क छ । 

संस्कृतिविद् डा. रामदयाल राकेश कात्तिक महिनाको प्रारम्भसँगै विशेष शुद्धाशुद्धिका साथ तयारी गरिने यस पर्वको शुभारम्भबारे विभिन्न कथा र किंवदन्ती रहेको बताउनुहुन्छ । उहाँले सत्ययुगमा सरयाती नामका राजाकी सुपुत्री सुकन्याले पहिलो पटक छठ पर्व प्रारम्भ गरेको उल्लेख गर्नुभयो । महाभारतको प्रसङ्गलाई उल्लेख गर्दै उहाँले पाण्डवहरूको गुप्तवासको सफलताको कामना गर्दै द्रौपदीले छठ पर्व गरेको बताउनुभयो । त्यसबेलादेखि नै छठ पर्वको सुरुवात भएको धेरैको विश्वास छ । त्यसै गरी सूर्यपुराणमा अत्रिमुनिकी अर्धाङ्गिनी सती अनुसुयाले छठ पर्व गरेको उल्लेख पाइन्छ । त्यस्तै कुष्ठरोगबाट पीडित कवि मयूर भट्टले सूर्यको उपासना र पूजाबाट पुनः सुन्दर र स्वस्थ्य शरीर प्राप्त गरेको कथासँग जोडिएर छठ पर्वको सुरुवात भएको संस्कृतिविद् डा. राकेशको भनाइ छ । 

व्रतालु रोशनी साहका अनुसार यो पर्वको पहिलो दिनलाई ‘नहान–खान’ भनिन्छ । यो दिन ब्रतालुहरू स्नान, ध्यान गरी खासगरी अरुवा चामलको भात, रहरको दाल र लौकाको तरकारी बनाई ग्रहण गर्ने गर्छन् । छठी पूजाको पहिलोे दिन अर्थात् कात्तिक शुक्ल चौथीको दिनदेखि विशेष शुद्धाशुद्धि अपनाइन्छ । यस दिनदेखि व्रतालुले खानामा लसुन, प्याज, मसुरोको दाल र कोदोसमेत परित्याग गर्दछन् ।

उहाँका अनुसार, दोस्रो दिन अर्थात् पञ्चमीका दिनलाई ‘खरना’ भनिन्छ । यो दिन व्रतालुहरू दिनभरि उपबास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र भाँडामा सक्खर, दुध र चामलको खिर पकाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ र चढाइएको सो खिरलाई व्रतालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा ग्रहण गर्दछन् । यस पर्वको तेस्रो दिन अर्थात् षष्ठीका दिनलाई यस पर्वको प्रमुख अंशका रूपमा मानिन्छ । यस दिनलाई ‘सँझिया घाट’ भनिन्छ । यो दिन बिहानैदेखि चामल र पिठोको ठेकुवा कसारलगायतका परिकार पकाइन्छ । तयार पारिएका परिकार, पाँच थरीका मिठाई, उखु, अदुवा, नरिवल, मुला, सुठुनी, सुपारी, ल्वाङ, सुकुमेललगायतका प्रसाद बाँसको टोकरी, नाङ्लो सिपुलीमा राखेर साथै शुद्ध जल र गाईको दुधसहित व्रतालु परिवारका सदस्यसहित नजिकको जलाशयमा जान्छन् र अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि व्रतालु घर फर्कन्छन् । 

कतिपय व्रतालु घर नफर्किएर पूजास्थलमा नै रातभरि जाग्राम बस्छन् । त्यहाँ कसै कसैले भाकल गरे अनुसार विभिन्न देवीदेवताको माटोको मूर्ति बनाई विशेष पूजाआजा गरिन्छ, जसलाई ‘कोसिया’ भनिन्छ । भोलिपल्ट कात्तिक सप्तमीका दिन व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो महापर्वको महायात्रा यहीँ सम्पन्न भएको मानिन्छ ।

पण्डित करुणानन्द मिश्रले आर्थिक र भौतिक रूपले अनुत्पादक भइसकेपछि आमाबाबुलाई समेत महत्त्व दिन छाडिएको आजको हाम्रो समाजमा अस्ताउँदो सूर्यको पूजाले मानिसलाई नैतिक शिक्षासमेत दिने गरेको बताउनुभयो । 

सरकारले छठ पर्वको मुख्य दिन आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ 


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...