Wednesday, 27 May, 2026
jkmv2083-1778723862.jpg

अपडेट

सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते

FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् ।

शनिबार साँझ करिब ६ बजे  स्थित हेटौडा–भिमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा  काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना.३च ६०५२ नम्बरको सुमोलाई सोही दिशाबाट ओभरटेक गर्ने क्रममा बिआर २२ एजेट २५१७ नम्बरको भारतीय स्कारपियोले ठक्कर दिँदा दुबै सवारीसाधन सडकमा पल्टिएका थिए।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी नायब निरीक्षक बिकु नारायण कासिछुवाको कमाण्डमा ट्राफिकसहित ८ जनाको टोली घटनास्थल पुगेको थियो। सशस्त्र प्रहरी बल कारागार सुरक्षा बेस भिमफेदीबाट सशस्त्र प्रहरी निरीक्षक सुरेश चौधरीको नेतृत्वमा ७ जनाको टोली समेत खटिएको थियो ।

उनका अनुसार दुर्घटनामा सुमो चालक पर्सा वीरगञ्ज महानगरपालिका–१४ बस्ने ४८ वर्षीय महाबुव आलम मन्सुरीको ढाडमा सामान्य चोट लागेको छ भने सुमोमा सवार हेटौडा उपमहानगरपालिका–५ शान्तीनगर निवासी ४१ वर्षीय न्युटन बहादुर क्षेत्री घाइते भएका छन्। उनीहरूको दाहिने खुट्टा, हात, टाउको र छातीमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। सुमोमा रहेका अन्य दुई जना भने सकुशल रहेको बताइएको छ।

स्कारपियोमा सवार ७ जनामध्ये चालक भारत बेतिया निवासी २६ वर्षीय सरुप पटेलको दाहिने खुट्टामा चोट लागेको छ। अन्य घाइतेहरूमा गौरव कुमार सराफ, रिसव कुमार सराफ, रेश्मी देवी सराफ, शिला देवी सराफ, ११ वर्षीय रवी कुमार सराफ र १५ वर्षीया नन्दनी कुमारी सराफ रहेका छन् ।

उनीहरूमध्ये अधिकांशलाई सामान्य चोट लागेको छ भने नन्दनी कुमारी सराफको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

khane-1774766593.png