pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

सिमभन्ज्याङ क्षेत्रमा भैरहेको पिच गुणस्तरहीन भएको भन्दै स्थानीयले रोके काम।

FB_IMG_1684424851750-1684424885.jpg

त्रिभुवन राजपथको सिमभन्ज्याङ देखि दन्दुभन्ज्याङ सम्म  ६.५ किलोमिटरकोको सरफेस ड्रेसिङ पिचको काम कमसल देखिएको भन्दै  दामन-सिमभन्ज्याङ बजार व्यवस्थापन समिती तथा एभरेष्ट क्लबको पहलमा आजदेखी भैरहेको काम बन्द गराइएको छ। कालिमाटीको केएनकेजि कन्ट्रक्सनले डेढ करोडको ठेक्कामा पाएको उक्त काम सडक डिभिजन कार्यालय हेटौंडा मकवानपुरले बनाइएको इस्टिमेट अनुसार भएको जानकारी गराए।


 
डिभिजन सडक कार्यालय हेटौंडा मकवानपुरको इस्टिमेट अनुसार जम्मा २ सेन्टिमिटरको मात्र पिच हुनेगरि  बनेको सो कार्यलाई अघि नबढाउन  स्थानीय अगुवाहरुले सम्बन्धित निकायलाई सचेत पनि गराएको छ। 
सिमभन्ज्याङ्को सेग्रीगेसन टहरादेखी करिब ३०० मिटर चिल्लो सडकमा हल्का मात्र अलकत्रा लगाई त्यसमाथि चिसो गिट्टी बिछ्याइएको र रोलरले पेल्दा-पेल्दै गिट्टी उप्किएको अनि  खुट्टाले धसेर्दा समेर गिट्टी उप्किरहेको अवस्था देखिएपछि स्थानीयले काम गुणस्तरहिन भएको भन्दै पिचको काम बन्द गराएकाहुन। 


भैरहेको चिल्लो सडक माथी त्यसरी गिट्टी थुपार्दा झनै झोखिम र कुरुपता थपेको छ भने जनताको आँखामा छारो हाल्ने काम भएको स्पष्ट देखिएको स्थानीयको आरोप छ।

ठेकेदारकै भनाइ अनुसार सिमभन्ज्याङ जस्तो चिसो ठाउँमा धेरै टिकाउ हुने खालको पिच गरिनुपर्ने हो तर आफुले डिभिजन सडक कार्यालयले गरेको  निर्णय,योजना  र तोकिएको मापदण्ड अनुसार मात्रै काम गर्न सकिने भएकोले बरु घाटामा गएर  भनेपनी काम  रोक्नुपर्ने बाहेक अन्य विकल्प नरहेको बताए।
यस अघिपनी सोही निर्माण कम्पनिले अघोर क्षेत्रमा गरेको काम कमसल भएको भन्दै संचारमाध्यममा आलोचना भएपछि बिबाद भएको थियो।

 

https://www.thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...