pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

सामुदायिक सेवा केन्द्रको साधारण सभा सम्पन्न

-शम्भु अधिकारी

नागरिक र प्रहरी समन्वय भन्ने नारा बोकि बि स २०६७ मा स्थापित सामुदायिक सेबा केन्द्र दामन पालुङको आज साधारणसभा सम्पन्न भएको छ । थानाबजार स्थित पालुङ सहकारीको सभा हलमा सभा सम्पन्न भयो । कार्यक्रम केन्द्रका अध्यक्ष इस्वर नाथ पौडेलले एक हप्ता अगाडि नै राजिनामा दिएर हिडेपछी केन्द्रका जेष्ठ सदस्य गणेश बाहादुर लामाको सभा अध्यक्षमा कार्यक्रम भएको हो । साधारणसभामा प्रमुख अतिथी थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीको रहेको थियो भने अतिथीहरु सेबा केन्द्रका सस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, थाहानगर उधोग बाणिज्यका सभापति कबिराज खत्री , जनकल्याण मा बि का प्र अ सानोभाइ कार्की , पालुङ क्याम्पसका प्रमुख रामहरि अधिकारी , बसिफाट मा बि का अध्यक्ष बिनोद लामा, जकमाबीका अध्यक्ष राजिब स्याङ्तान, सेती गणेश आधारभूत स्कुलका उर्मिला श्रेष्ठ , इप्रका पालुङ का निमित्त प्रमुख देबेन्द्र राणा , राजनीति दलका प्रतिनिधि हरु , संघ सस्थाका प्रतिनिधिहरु पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य दिदै प्रमुख अतिथी गोपालीले सबै नेपाली प्रहरी सबै प्रहरी नेपाली भन्ने भावनाको बिकास गर्दै बर्दी लगाउने र नलगाउने दुबैले आफ्नो कर्तव्य पूरा गरे नागरिक र प्रहरी समन्वयको नारा सार्थक हुने बताउनु भयो । त्यस्तै वहाँले पीडितहरु प्रहरिकोमा नपुगी सेबा केन्द्रले नै आउने समस्या हरुको मेलमिलाप गराइ दुबै पक्षको जित हुनेगरी फैसला गरे सेबाकेन्द्रको काम र कर्तव्य पूरा हुने बताउनु भयो । थाहानगर न्यायीक समितीका सम्योजक समेत रहेका गोपालीले सेबाकेन्द्र भनेकै दुबै पक्षलाई जिताइ न्याय दिलाइ अदालत सम्म नपुर्‍याउन सहयोग गर्ने सस्था भएको प्रस्ट पार्नुभयो ।

आज भएको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । केन्द्र्का निबर्तमान सचीव धर्मलाल प्रधान को अध्यक्षतामा १५ सदस्यीय नया समिती गठन गरिएको हो जस्को उपाध्यक्षमा कल्पना बलामी , सचिब सानुकाजी गोपाली, कोषअध्यक्ष दिपराज लामिछाने ,सहसचिव महेन्द्र प्रधान रहेका छन भने सदस्य हरुमा रिता प्रधान , रत्न बा गोले, कमल लामा, बिनायक गोले, राजकुमार के सि, बिरमान स्याङ्तान, शंकर तामाङ, गणेश मान श्रेष्ठ श्रीराम कार्की , काइलि माया गोले रहेको निर्बाचन अधिकृत प्रकाश पौडेलले जानकारी दिनु भयो । नब निर्बाचित सदस्यहरुलाइ प्रमुख अतिथी खड्ग गोपालीले प्रमाणपत्र प्रदान गर्नु भयो भने निबर्तमान कार्यसमिति सदस्य हरुलाइ सम्मान पत्र प्रदान गर्नुभयो ।

निर्बाचित भएपछि नब निर्बाचित अध्यक्ष धर्मलाल प्रधानले थाहापाटीलाई प्रतीकृया दिनु हुँदै भन्नू भयो अब बिधान संसोधन गरि सामुदायिक सेबाकेन्द्र थाहानगर बनाउने भन्दै प्रहरी र नागरिक बिच समन्वय गरि अगाडि बढ्ने बताउनु भयो । केन्द्रमा हाल २०० जना आजिबन सदस्य रहेका छ्न ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...