pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

साफ च्याम्पियन्सिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै,

FB_IMG_1730251645920-1730251658.jpg

नेपाल र बंगलादेशबीच अहिलेसम्म १२ खेल भएको छ । त्यसमा ६ खेलमा नेपाल विजयी छ भने एक खेलमात्र बंगलादेशले जितेको छ । बाँकी ५ खेल भने बराबरीमा टुंगिएको छ । नेपालले पहिलो पटक बंगलादेशको सामना गरेको भनेको सन् २०१० मा हो ।

अवसर थियो, ११ औं दक्षिण एसियाली खेलकुद (साग) । त्यसमा नेपाल १–० ले विजयी रह्यो । बंगलादेशविरुद्धको अन्तिम खेल भने सन् २०२३ को हाङचाउ एसियाली खेलकुद हो । त्यहाँ भएको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

नकआउट चरणमा नेपाल र बंगलादेशबीच तीन खेल भएको छ । त्यसमा दुई सेमिफाइनल र एक फाइनल छ । दुवै सेमिफाइनलमा नेपाल विजयी भएको थियो । तर एक फाइनल भने बंगलादेशको पक्षमा रह्यो । त्यही खेल जितेर त हो बंगलादेशले यसभन्दा अगाडि सन् २०२२ को साफ च्याम्पिनयसिप जितेको । दशरथ रंगशालामा भएको त्यो खेलमा बंगलादेश ३–१ ले विजयी भएको थियो । त्यो सफलतासँगै बंगलादेशले महिला फुटबलमा पहिलो पटक उपाधि जितेको हो ।

नेपालले पाँचपल्ट साफ महिला च्याम्पियनसिपको फाइनल खेलेको छ भने बंगलादेशले दुईपल्ट । नेपाल पाँचै फाइनलमा पराजित रह्यो । त्यो भारतसँग थियो । तर, बंगलादेश एकपल्ट विजयी रह्यो भने अर्कोपल्ट पराजित । साफ च्याम्पियनसिपमा मात्रै नेपाल र बंगलादेश चारपल्ट भिडेका छन् । त्यसमा तीन जित नेपालको छ भने एक बंगलादेशको । सन् २०२२ को फाइनलमा पराजित हुनु अगाडि नेपालले बंगलादेशविरुद्ध जितेका तीनै खेलमा कुनै गोल खाएको थिएन ।

नेपालले समग्रमा बंगलादेशविरुद्ध १७ गोल गरेको छ । यी गोलहरू ११ खेलाडीको नाममा छ । यसमा एक गोल आत्मघाती रह्यो । जमुना गुरुङ तीन गोलसहित सर्वाधिक गोलकर्ता सूचीको शीर्षमा छिन् । अहिले टिममा रहेका खेलाडीमध्ये सावित्रा भण्डारीले दुई, सविता रानागमर, प्रीति राई, अनिता बस्नेत र रेखा पौडेलले एक–एक गोल गरेका छन् । त्यसैले सावित्रासामु बंगलादेशविरुद्ध सर्वाधिक गोल गर्ने खेलाडीको बराबरी गर्ने वा उछिन्ने दुवै अवसर हुनेछ ।

दुई टिमबीचका पछिल्ला ५ खेलमा भने बंगलादेशको स्थिति बलियो छ । यी खेलमध्ये एकमा बंगलादेशको त्यो प्रख्यात फाइनल जित नै रह्यो । बाँकी चारै खेल बराबरीमा टुंगिएको छ । दशरथ रंगशालामै मात्र नेपाल र बंगलादेश तीनपल्ट भिडेका छन् । यसमा एक जित नेपाल, एक जित बंगलादेशको छ भने एक खेल बराबरीमा टुंगिएको छ । यी तथ्यांकको सार हो, सुरुआतीमा नेपाल पूर्णतः बंगलादेशमाथि हाबी रह्यो । पछि बंगलादेशको चुनौती बलियो हुन थाल्यो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...