pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

सर्वसाधारण माथी लुट मच्चाउँदै आयल निगम

Nepal-Oil-Corporation-1670847214.jpg

 

८९ रुपैयाँको पेट्रोललाई १८१ मा बेचेर सर्वसाधारण माथी लुट मच्चाउँदै आयल निगम

 भारतीय आयल कर्पोरेसनको नयाँ मूल्यअनुसार नेपाल आयल निगमले एक लिटर पेट्रोल जम्मा ८९ रुपैयाँ ७१ पैसामा किन्छ तर, नेपालमा बिक्री मूल्य भने १८१ रुपैयाँ छ । यस्तै प्रतिलिटर ११९ रुपैयाँमा किनेको डिजेल १७८ रुपैयाँमा र ११२ रुपैयाँ ९७ पैसामा किनेको हवाई इन्धन १९० रुपैयाँमा बिक्री गरिरहेको छ ।

गत वर्ष यसै समयबाट सुरु भएको इन्धनको मूल्यवृद्धि पछिल्लो ५ महिनायता निरन्तरजसो ओरालो लागिरहेको छ ।आयल निगमकै तथ्यांकले पनि पछिल्लो दुई महिनायता निगम निरन्तर नाफामा रहेको छ । ३१ असोजदेखि १५ कात्तिकसम्म ३९ करोड, १५ कात्तिकदेखि १ मंसिरसम्म १८ करोड र १ मंसिर यता निगम ५८ करोड ७१ लाख रुपैयाँ नाफामा छ । आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार निगम अहिले एक महिनामा एक अर्ब १६ करोड रुपैयाँ भन्दा बढी नाफामा छ । पछिल्लो एक महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर गिरावट आएको छ । भारतले खरिद गरेर नेपाललाई बिक्री गर्ने ब्रेन्ट कच्चा तेलको मूल्य त चार हप्ताको बीचमा प्रतिब्यरल २२.८९ डलरले घटेको छ ।

तर अन्तर्राष्ट्रिय बजारबाट मुल्य घटेपनि आयल निगमले भने आफ्नो गैर जिम्मेवारीपन देखाउँदै मुल्य घटाउने तर्फ चासो नै दिएका छैनन् । मुल्यवृद्धिले गर्दा सर्वसाधारणको ढाड सेकिरहेको र तल्लो वर्गका मानिसले जीवन निर्वाह गर्न नै नसकिने अवस्थामा पुगेको यथार्थलाई बेवास्ता गर्दै आइरहेका छ । केही विद्यार्थी संगठनहरुले यसका विरुद्धमा आवाज उठाउँदा पनि आयल निगमले अझै पनि कानमा तेल हालेर नै बसिरहेको छ ।

आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय भने विगतमा निगमले उपभोक्तालाई यो भन्दा पनि ठूलो मूल्य वृद्धिबाट जोगाएका कारण अहिले निगमको वक्यौता तिर्न उपभोक्ताले सघाउनुपर्ने भन्दै नागरिक प्रतिको दायित्वबाट पन्छिने तर्क गर्छन् ।थाहा यात्रा बाट 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...