pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

संक्रमितले दिए थाहा ७ नं. वडा कार्यालयलाई धन्यवाद

Untitled-1-1622776560.jpg

थाहा नगरपालिका वडा नम्बर ७ को कार्यालयले कोरोना भाईरस संक्रमितलाई घरमै पोसिलो खाना र स्वास्थ्य सामग्री उपलब्ध गराएपछि एक संक्रमितले सामाजिक संजालमार्फत वडा कार्यालय लगायत सहयोगीलाई धन्यवाद दिएका छन ।

उहाँले सामिजिक संजाल फेस्बुकमा लेखेका छन् "हाम्रो थाहा ७ मा कोरोना भाईरस पोजेटिभ निस्केकालाई चना, अण्डा, साबुन, मास्क, सेनिटाइजर आदि बितरण गरेको छ  । हामीलाई यसरी बितरण गर्नुभएकोमा वडा अध्यक्ष लगायत सम्पुर्ण सहयोगीहरुमा धेरैधेरै धन्यवाद ।"

वडा स्तरीय कोरोना रोकथाम  तथा नियन्त्रण समिति मार्फत प्रति संक्रमित १ किलो चना, १५ ओटा कुखुराको अण्डा, १५ ओटा सर्जिकल मास्क, १०० मिलिलिटरको १ ओटा सेनिटाइजर र १ लाइफब्याई साबुन संक्रमितको घरमै पुगेर बितरण गरेको थियो ।

संक्रमितको स्वास्थ्य स्थिति बुझ्न, आत्मबल उच्च बनाउने सल्लाह दिन र सचेतना फैलाउन यो अभियान गरेको वडा सदस्य दिपेन्द्र कुमार थिङ ले बताउनु भयो ।

वडालाई छिट्टै कोरोना संक्रमण मुक्त बनाउने अभियानमा वडा कार्यालय लागेकोले यो अभियान सफल बनाउन सहयोग गर्न सबैमा वडा अध्यक्ष सनम सिं मुक्तानले आग्रह गर्नुभयो ।

मुक्तानले स्वास्थ्य मापदण्डको पालना गरि सुरक्षित रहन समेत वडाबासीहरुलाई अनुरोध गर्नुभयो ।

वडाको एक घर एक सेनिटाइजर, एक ब्यक्ति एक मास्क र 
संक्रमितलाई पोसिलो खाना अभियान अन्तर्गत स्वास्थ्य सामग्री र पोसिलो खाना बितरण गरिएको हो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...