pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विचार / अन्तरवार्ता

शिव का पाँच छोरा - सिम्रन खड्का

1708841621913-1708841726.jpg

शिव का पाँच छोरा हरेक आमा बुबा लाइ लाग्छ आफ्ना सन्तान ले गर्व गर्ने काम गरुन आफ्नो नाम र इज्जत आफ्ना सन्तान ले सबै को सामु फैलाउन एउटा आमा बुबा को लागि आफ्नो सन्तान को उन्नति र प्रगति भन्दा ठुलो सम्पति अरु केहि हुदैन र लाग्दैन पनि। बाबु आमाको सफलता सन्तानको लागि ज्ञान हो भने सन्तानको सफलता बाबु आमाको लागि गौरवको कुरा हो। हामि मध्य सबै को सपना हुन्छ आफ्ना आमा बुबा ले आफना लागि गरेका त्याग र आफु हरु को लागि समर्पण गरेका आफ्नो उर्जाशील उमेर र खर्चिएको मेहेनत लाइ एक दिन आफुले पनि उच्च स्थान मा राख्न सकौ र आफ्ना आमा बुबा को शिर लाइ सगरमाथा झैँ उच्च र अटल बनाउँ सकौ एउटा सन्तान सफल हुन को लागि आमाको माया स्नेह अपनत्व र त्याग को जति महत्व हुन्छ त्यति नै धेरै एउटा सन्तान सफल बनाउन को लागि बुबाको जिमेवारी अतुलनीय नै हुन्छ। अमेरिकी नायिका लिजा मिन्नेलि को एउटा भनाइ छ ‘बुबाले मलाई सपना दिनुभयो जसबाट मैले आफ्नो भविष्य देख्न सके ।’ बाबुले आफ्नो सन्तानको सपना लागि आफैलाई बिर्सेर सन्तानलाई अपार योगदान दिनुहुन्छ।सन्तानका लागि बुवा एक आदर्श पुरुष र प्रेरणाको स्रोत हुनुहुन्छ जसको उपस्थितिले मात्रै पनि सन्तान भित्र जोस, जाँगर र आँटको बाढी आउछ। संस्कृतमा एउटा भनाई छ ‘पितृ देव भव:’ अर्थात् बुवा भगवान् हुन् । नौ महिना आमाको गर्भमा हुर्केको भ्रूण जहिले देखि यो धर्तीमा पदार्पण गर्छ त्यस पछि आमा र बुवा दुवैको समान भूमिका हुन्छ उसको लालनपालन, शिक्षा, दीक्षा र अन्य कर्मको लागि । एउटा सन्तानको उज्ज्वल भविष्यको लागि आमा र बुवा दुवैले समान रूपमा संघर्ष गर्छन्, सन्तानको उज्ज्वल भविष्यको कल्पनामा उनीहरूको दुःखको दैनिकी पत्तै नपाई बित्ने गर्छ ।बुबा शब्द आफैँमा अर्थपूर्ण शब्द हो । संसारको हरेक कुनामा गएर खोजेता पनि बुवाको अर्थ एउटा सिङ्गो अनुशासित र संस्कारी परिवारको रूपमा भेटिन्छ । अन्धकार रुपी संसारमा ज्ञान एवं कर्मको दिव्य ज्योति प्रदान गरेर संसारमा अघि बढ्न सिकाउने गुरु, घरको जग, परिवारको उज्यालो, संसारको आठौँ आश्चर्य, सन्तानको हिम्मत ,सन्तानको सुरक्षा कवच, सन्तानको सहारा, सन्तानको पहिलो मार्गदर्शन, संसारको सबैभन्दा बलियो र शक्तिशाली व्यक्ति, आमाको अभिमान र स्वाभिमान, सन्तानको सपनालाई पुरा गर्ने, सन्तानको जिम्मेवारी आफ्नो थाकेको काँधमा सजाउने, आफ्नो परिवारको लागि आफैलाई आफैले पर कतै लगेर बेचिदिने व्यापारी, जसलाई दिन मात्र आउँछ सन्तानबाट कहिल्यै लिन आउँदैन, जीवनको कुनै मोडमा ‘म’ मेरा लागि ‘मैले विश्राम लिनुपर्छ’ भन्नसम्म नरुचाउने परिश्रमी, सन्तानको आदर्श, पथ–प्रदर्शक, प्रगतिको कारक, हौसलाको स्रोत र आमाको सौभाग्य, सृष्टिको पहरेदार, सन्तानको रक्षक, पालनकर्ता, जन्म कर्म दिने र संसार चिनाउने व्यक्तिलाई बुबाको रूपमा परिभाषित गरिन्छ ।चाहे जुनसुकै धर्म या सम्प्रदायमा किन नहोस् बुवाको हात समातेर पाइला चाल्न सिक्ने धेरै हुन्छन् । त्यस्तै हात समातेर पाइला चाल्न सिकेका हुन् शिव का पाँच भाइ ले। मकवानपुर थाहा नगरपालिका वडा न ३ का शिव बहादुर खडका का पाँच छोरी र पाँच छोरा रहेका छन १० वटा सन्तान का पिता शिव बहादुर अहिले ८८ वर्ष को हुनु भयो उहाले छोरा नाति पनाति सबै देखिसक्नु भको छ । उहा ८८ बर्ष को हुदा पनि उहा मा कुरा गर्ने क्षमता उहा संग भएको अनुशाशन उहाको त्यो हक्की पन अझै उस्तै छ । उहा पाँच भाइ छोरा पाँच बहिनि छोरीका बुबा मा जुन न गुण जुन अनुशाशन जुन लगनशीलता छ। उहाको सन्तान मा पनि त्यो गुण त्यो लगनशीलता र त्यो अनुशाशन त्यस्तैनै रहेको छ। उहाहरु को लागि उहाका बुबा एउटा प्रेरणा का स्रोत हुनु हुन्छ शिव बहादुर ले धेरै संघर्ष गर्नु भएको छ आफुले सक्ने जति सबै सन्तान लाइ आखा देखाउन शिक्षा दिनु भयो आफ्ना सन्तान लाइ भोको नराख्न आफु भोको रहनु भयो धेरै को खेत जोत्दै हिड्ने हलि हुनु भयो झरी बादल केहि नभनी गोठाले हुनु भयो पेट भोको भएर कम्मर मा पटुकी नअडिदा पटुकी मा ढुंगा राखेर आफ्नो कम्मर लाइ दरो बनाउनु भयो कम्मर मात्र होइन आफु स्वयम नै दरो हुनु भयो ताकि उहाले आफ्ना सन्तान लाइ पनि हरेक पटक संघर्ष गरेर जुनसुकै परिस्थिति संग लड्न सिकाउनु भयो। बुवाले सन्तानको खुसीको लागि हरेक कठिन समस्याहरूसँग कहिल्यै पनि सम्झौता गर्दैनन् । बुवासँग त्यस्तो प्रकारको साहस हुन्छ जो निष्ठापूर्ण हुन्छ । जीवनका भोगाइ अनि दुखाइलाई भावीको लेखाइ मानेर; सन्तानको खुसीका लागि आफ्नो जीवनको प्रवाह नगरी, अहोरात्र खटिरहने रणभूमिको योद्धा हुन् बुवा । थाकेको छु भनेर कतै सुस्ताएको कहिल्यै सुनिँदैन न त बिसन्चो छु भनेर कतै ढलेको नै देखिन्छ । हरेक सन्तानको भावना र भरोसा सँग गहिरो रूपमा जोडिएको हुन्छ सन्तानको खुसीको लागि बुवाहरूले अनन्त मृगतृष्णा पनि भुलिदिन्छन् । बुवा आफ्ना सन्तानको सपना साकार पार्न अनवरत रूपमा लागि पर्छन् । जीवनको हरेक परिस्थितिमा एक सच्चा सल्लाहकारका रूपमा रही एकदमै सहज वातावरण निर्माण गर्नुहुन्छ ।त्यहि सिकाइ त्यहि सस्कार अनि त्यहि अनुशाशन को उदाहरण हुन् उनका पाँच भाइ छोरा। उहाहरु पनि आफ्नो आफ्नो कर्तव्य आफुले गर्नु पर्ने जिम्वारी बाट कहिले पछि हट्नु भएन बुबा ले सिकाएको मार्गदर्शन बाट कहिले पछि हटेनन गलत बाटो र गलत क्रियाकलाप मा कहिले संगलग्न हुनुभएन बुबा आमा को त्याग र मेहेनत को कदर गर्दै आफ्ना आमा बुबा र घरपरिवार को सेवा गर्दा गर्दै उहाहरु पाँच भाइ देश को सेवा गर्ने सेवक बने जेठो छोरा चन्द्र बहादुर खड्का श्री न.सैन्य तालिम केन्द्र सुर्खेत बाट अम पद मा २०५५ /१०/१५ गते अवकास प्राप्त गर्नु भयो माइलो छोरा राम कृष्ण खड्का त्रि चन्द्र मेल्टरि अस्पताल (फिल्ड अस्पताल) नेपालगंज प्रा जम् पोस्ट बाट २०६३/०२/०१ गते अवकास प्राप्त गर्नु भयो साइलो छोरा राजाराम खड्का श्री न.७ फिल्ड एमबुलेंस गुल्म हेटौडा हु पद बाट २०७२/०८/०१ गते अवकास प्राप्त गर्नु भयो काइलो छोरा रामकाजी खड्का श्री न.७ फिल्ड एमबुलेंस गुल्म हेटौडा अम पद बाट २०७४ /१०/१५ गते अवकाश प्राप्त गर्नु भयो कान्छो छोरा रामहरी खड्का श्री न.७ बाहिनी अड्डा चनवन ब्यारेक मा अन्य दर्जा बहालवाला मा हाल कार्यरत हुनु हुन्छ बुबा आमा को मेहनत दुख र त्याग लाइ बुझेर नै आज उहा हरु यो ठाउ सम्म पुग्नु भएको छ शिव बहादुर भन्नु हुन्छ मलाइ मेरो सन्तान प्रति गर्व छ। मेरो छोरा हरु को कारण म धेरै हर्षित र प्रशंसित छु। हिजो को त्यो क्षण पनि उहाको लागि त्यस्तै अविस्मरणीय रहयो आफुले जीवन भर गरेको त्याग र मेहेनत लाइ हिजो चितवन भरतपुर मा आयोजित भुतपुर्व सैनिकहरुको एक कार्यक्रममा उहा पुग्नु भयो जहा आफ्ना पाँच भाइ छोरा नेपालि सेना मा कार्यरत भै नेपाल को सेवा गरे बाबजुत उहालाई हिजो संम्मान गरियो उहाको लागि जीवन भरि को ठुलो उपलव्धि र कमाइ वा सम्पति नै त्यहि भयो। जसले आफ्नो सन्तानलाई माया र संरक्षण मात्र होइन संघर्ष पनि गर्न सिकाउनुभयो र एउटा बुबा भन्दा असल गुरु भै आफ्नो बुबा हुनुको जिम्मेवारी बाट कहिले पछि हट्नु भएन र अहिले सबैको अगाडी सान को साथ् भन्न सक्नु हुन्छ मेरा पाँच भाइ छोरा मेरा खम्बा हुन् र मेरो प्रेरणा र मेरा गौरब का मान हुन्। मेरो परिवार सधै यस्तै होस कहिले नछुटोस कहिले नटुटोस सबै ले सफल परिवार को उदाहरण दिदा मेरो परिवार को नाम आओस।

https://www.thahapati.com/public/images/users/406865089_360696248959133-1702431864.jpg
सिम्रन खड्का
simran@gmail.com

सिम्रन खड्का थाहापाटी अनलाईनकी रिपोर्टर हुन् । समाचार,सूचना र जानकारीका लागि सम्पर्क गर्न सक्नुहुने छ

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...