pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

विनयबाबु बस्नेत स्मृति भलिबल आजबाट सुरु १२ टिमको सहभागिता
प्रदेश सभा सभासद विरोध खतिवडावाट उद्घाटन

01-1541405798.jpg

कार्तिक १९, २०७५

मकवानपुर थाहा नगरपालिकामा आज बिहानबाट जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।

     विनयबाबु बस्नेत स्मृति प्रतिष्ठान थाहा नगरपालिका वडा नम्बर २ को आयोजनामा फाँटवजारमा सुरु खेलको मकवानपुर प्रदेश २ का सभासद विरोध खतिवडावाट उद्घाटन गरिएको हो । पानसमा द्विपप्रज्वलन सहित रेफ्रिलाई बल हस्तान्तरण गरि भएको उद्घाटन कार्यक्रममा सभासद खतिवडाले खेलको माध्यमले देशलाई चिनाउने खेलाडीलाई राष्ट्रले समानरुपमा चिन्न नसकेकोले अबको सरकारले खेल र खेलाडीलाई उचित व्यवस्था गर्ने बताउनु भयो । नेपाल क्रिकेट खेलमा सफल हुँदै गइरहेको प्रसंशा गर्दै अहिले विश्वलाई खेलको माध्यमले चिनाउने तथा खेलवाटै समृद्घ भएका थुप्रै देशहरु भएकोले खेल महत्वपूर्ण अङ्ग भएको वताउनु भयो ।

     कार्यक्रममा खेलको पूर्ण सफलताको शुभकामना तथा सहयोग रहने बताउँदै बिशिष्ट अतिथि थाहा नगरप्रमुख लबशेर बिष्टले समृद्घको यो यात्रामा खेल जगतलाई छुटाएर समृद्घी आउन नसक्ने भएकोले केही बर्ष भित्र खेलको माध्यमवाटै खेलाडी बाँच्न सक्ने गरी व्यवस्था गरिने वताउनु भयो । प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा अतिथि उपप्रमुख खडगबहादुर गोपालीले खेलको माध्यमले स्वस्थ युवा जनशक्ति उत्पादन भई देशको बिकासमा सहयोग पुग्ने बताउनु भयो ।

     थाहा नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् थाहा नगरपालिका वडा नम्बर ३ वडा अध्यक्ष राजेश केसी.ले कुनै पनि खेलहरुको आयोजनाले यसनगरको प्रवर्धनमा सहयोग पुग्नुका साथै राम्रा राम्रा खेलाडी पहिचान हुने वताउँदै नगर खेलकुद विकास समिति यस्ता कार्यक्रम गर्नका लागि सदैव सहयोग गर्न तयार रहेको बताउनु भयो । कार्यक्रम आयोजना निरन्तरताको लागि संस्थाले अक्षयकोषको व्यवस्था गर्नु पर्ने वताउँदै खेलाडीहरुलाई अनुशासित भई खेल सम्पन्न गर्न अनुरोध गर्नु भयो ।

     शेखर कार्कीले सञ्चालन गर्नु भएको कार्यक्रममा नबराज बिष्टले स्वागत मन्तव्य राख्नु भएको थियो भने वडा अध्यक्ष गुप्त बहादुर कार्कीले सहयोगको प्रतिवद्घता सहित शुभकामना ब्यक्त गर्नु भएको थियो । उद्घाटन समारोहमा नेकपा नेता, राजु नापित, अरुण रायमाझी, लक्ष्मण बिष्ट, अनेरास्ववियू केन्द्रिय उपाध्यक्ष महेश वर्तौला, जनप्रतिनिधि लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्य रहेको थियो । 

    कार्यक्रममा प्रतिष्ठानका संरक्षक स्वर्गिय अर्जुन बहादुर कार्की र विनय बाबु बस्नेतको तस्विरमा माल्यार्पण सहित मौन धारण गरिएको थियो । जिल्ला भरिवाट १२ वटा टिम सहभागि खेलमा उद्घाटन खेल गतवषर््को विजेता थाहा १ प्रतिनिधि समुह र हटिया स्पोर्ट एकेडेमी हटिया विच भएको छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइने आयोजकले जानकारी दिएको छ ।

     सशस्त्र प्रहरीमा सेवारत् विनयबाबु बस्नेतको दुर्घटनामा परी मृत्यू भएपछि उनको नाममा २०७४ सालबाट यो प्रतियोगिता शुरु गरिएको विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष तथा थाहा नगर खेलकुद विकास समितिका भलिबल प्रशिक्षक कार्कीले जानकारी दिए । रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् । गतवर्ष नगद ४० हजार रहेकोमा यसवर्ष पुरस्कारको राशी थप भएको हो । त्यस्तै दोस्रो हुने टिमले नगद २६ हजार रुपियाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने प्रतिष्ठानले जनाएको । प्रतियोगिताको पुरस्कार वितरण समारोहको अवसरमा प्रतिष्ठानले उत्कृष्ट स्वयंसेवक छनोट गरी सम्मान गर्ने निर्णय भएको छ भने सामाजिक तथा खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने एकजनालाई पनि प्रतिष्ठानले सम्मान गर्ने निर्णय गरेको छ ।

02-1541405799.jpg
03-1541405867.jpg
20181105_103137-1541405869.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...