pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

विद्युतिय सुरक्षा दिवसका अवसरमा पालुङ प्राधिकरणको प्रभातफेरी

banner-1712549710.jpg

 

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विद्युतिय सुरक्षा दिवस – २०८० का अवसरमा प्रभात फेरी गरेको छ । 
पालुङ वितरण केन्द्रले विद्युत सुरक्षा सम्बन्धी सचेतना जगाउने प्लेकार्ड सहित कार्यालयबाट शुरुगरि थानाबजार दोबाटो लागाएतका बजारहरुमा  परिक्रमा ¥याली गरेको हो । 


प्राधिकरणले हरेक वर्ष २६ चैत्रमा विद्युतीय सुरक्षा दिवस मनाउदै आएको र विद्युतीय दुर्घटना न्यूनीकरणका लागी जनचेतना फैल्याउन तथा  सुरक्षीत विद्युत सेवाको सहज पहुँच, गुणस्तरिय सामानको प्रयोग र किफायती उपभोग एवं चुहावट नियन्त्रणका लागि उपभोक्तामा वढी भन्दा वढी सचेतना र जागरुकता संचार गरी विद्युत दुर्घटनामा कमी ल्याउन  विद्युतिय सुरक्षा दिवस मनाईएको पालुङ वितरण केन्द्रका प्रमुख माधब न्यौपानेले बताउनु भयो । 


विद्युतिय सुरक्षा दिवसका अबसरमा ¥यालीलाई सम्बोधन गर्दै वितरण केन्द्र प्रमुख न्यौपानेले विद्युतीय दुर्घटनाबाट वच्न गुणस्तरीय उपकरणको प्रयोग सुरक्षाका उपकरण अवलम्वन गरी दुर्घटनाबाट बच्न र विद्युतीय सुरक्षामा ध्यान दिई सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।

 


प्राधिकरणको काम तथा सेवा  जोखिमपूर्ण रहेकोले सो अवस्थामा आफु सुरक्षित भएर सुरक्षित र भरपर्दो सेवामा लाग्न आम कर्मचारीहरुलाई  निर्देशन दिंदै सुरक्षा चुनौतिका रुपमा रहेका पुराना काठको पोलहरु विस्थापन गरि स्टिल पोल राख्ने अभियानमा आफुलागेकोले जीर्ण, पोल नाङ्गा तार तार र लाईन सामाग्री फेर्ने, सुरक्षात्मक प्रणाली सुधारका लागी पुराना संरचनाको स्तरोन्नती गर्ने, ट्रान्सफरमरको क्षमता वृद्धि गर्ने, कन्डक्टरको क्षमता वृद्धि गर्ने, इन्सुलेटेर कन्डक्टरको प्रयोग गर्ने लगायतका कामहरु निरन्तर रुपमा अगाडि बढाईएको पनि बताउनु भयो । 
¥यालीमा “विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, सम्वृद्धिको लागी विद्युतको सदुपयोग गरौं ।” प्रलोभनमा नपरौं,विद्युतको सुरक्षित उपयोग गरौं । सुरक्षा प्रतिको चासो,दुर्घटनाबाट बच्ने साँचो । सुरक्षा सामाग्री साथमा, आफ्नो सुरक्षा आफ्नै हातमा । नगरौ है चोरीको धन्दा, परिएला कानुनको फन्दा । विद्युत दुर्घटनाबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं । लगाएतका चेतनामुलक प्लेकार्ड बोकीएको थियो । 


विद्युत वितरण प्रणालीमा कार्यरत जनशक्तिलाई विद्युतीय सुरक्षाको महत्व बुझाउने, सुरक्षात्मक उपकरणको प्रयोग गर्न लगाउने, विद्युत माग र आपूर्ति पक्षको व्यवस्थापन गर्ने र किफायती उपकरणको प्रयोगमा जानकारी गराई गुणस्तरीय उपकरण मात्र प्रयोग गर्न समग्र उपभोक्ता वर्गलाई जनचेतना जगाउने लगाएतका कार्यहरु निरन्तर भइरहेको र सुरक्षा  दिवसले त्यसमा लाजगी ल्याउने पनि प्रमुख न्यौपानेले बताउनु भयो ।  

https://www.thahapati.com/public/images/users/384390322_328158556428235-1702213522.jpg
रञ्जिता दुतराज
kaxiirangita@gmail.com

रञ्जिता दुतराज थाहापाटी अनलाईनकी रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - 9848561171

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...