pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

विजुलीले जलुके उज्यालो, अन्य गाउँको कहिले हो पालो 

थाहानगरसँगै जोडिएको कैलाश गाउँपालिकाको जलुकेमा बल्ल बिजुली बलेको छ । कैलाशको वडा नं. १ मा पर्ने जलुकेमा विजुली पुगेपछि स्थानीयबासी अभूतपूर्व खुशी भएका छन् । खुशिले उनीहरुलाई अहिले नै ‘दशैं’ भएको छ । यही उपलक्ष्यमा उनीहरुले भोजसमेत गरेका छन् । घरघरमा विजुली बलेपछि गाउँ नै उज्यालो भएको छ । प्याट्ट स्वीच थिचेपछि आफूले चाहेको बेला बत्ती बल्दा जलुकेबासी दंग छन् ।

गाउँमा राष्ट्रिय प्रशारण लाइनबाट बिजुली बाल्न जलुकेबासीले अनवरत प्रयास गर्दै आएका थिए । पछिल्लोपटक विनासकारी भूकम्प गएको वर्षदेखि नै उनीहरुले पहल थालेका थिए । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रको विजुली छिमेकी गाउँसम्म पुगेपछि उनीहरुलाई पनि विजुलीको उज्यालोमा बस्ने हुटहुटीले छोएको थियो । यो प्रयास पाँच वर्षपछि सफल भएको छ । 

जलुकेका धेरैले दियालोकै उज्यालोमा जीवन चलाए । मट्टितेल राखेर टुकी बाल्दा उनीहरुलाई नयाँ प्रविधि भित्रिएजस्तो लाग्थ्यो । मैनबत्ती बालेर खर्चले पुग्दैनथ्यो । पछिल्लो समय कतिपयले व्याट्रीबाट भान्सा र सुत्ने ठाउँ उज्यालो पार्थे । सोलार प्रविधिबाट बत्ती बाल्नेहरुले दिउँसो घाम लागे राती उज्यालो पाउँथे । आज यी सबै इतिहास भएको स्थानीय वाङ्गेल लामाले बताउनुभयो । 

अहिले जलुकेको ५५ घरमा विजुली बलेको छ । उनीहरुले विजुली बाल्न गाउँबाटै २ लाख ७५ हजार रुपिया उठाएका थिए । श्रमदान पनि उत्तिकै गरे । जम्माजम्मी १२ लाख रुपियाको लागतमा गाउँमा बिजुली पुगेको वडा अध्यक्ष पेमा लामाको भनाइ छ । 

जलुकेकी निरमाया सिन्जाली मगर अहिले ५२ बर्षकी भइन् । अहिलेसम्म हर्षले सायदै उनको आँसु खसेको थियो । घरमा विजुली बल्दा हर्षले आँसु खसेको उनले पत्तै पाइनन् । पहिलोपटक गाउँ नै झिलिमिली हुँदा गाउँका सबैको मुहार हँसिलो भएको छ । मोबाइल चार्ज गर्न पनि अर्को गाउँ जानु पर्ने बाध्यता अब हटेको उहाँले बताउनु भयो । 

जलुकेमा विजुली पुगे पनि वडाकै अन्य धेरै ठाउँ अझै अन्धकार छ । विजुली पुगेको छैन । वडाको  खोलाखर्क, फुलढुङ्गा, नौलेटोल लगायतको टोलमा अझै विजुली नपुगेको वडा अध्यक्ष लामाले बताउनु भयो । जलुकेमा विजुली पुगेपछि अब क्रमशः छिमेकी गाउँहरुमा पनि विजुली पु¥याउने  वडाको लक्ष्य रहेको छ । 

छिमेकी थाहा नगरपालिका विजुलीले झलमल्ल भए पनि कैलाश गाउँपालिकाको धेरै ठाउँमा अझै विजुली पुगेको छैन । गाउँपालिकाले बाटो(सडक) र विजुलीलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष टंक मोक्तानले बताउनुभयो । 
(यो सामग्री हजुरको खबर डटकमको सहकार्यमा तयार पारिएको हो ।)
 

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...