pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

वडास्तरीय फुटबल प्रतियोगितामा आयोजक वडा नम्बर ४ ‘बी’ बिजयी

second-ward-3-1668182576.jpg



बागमती । बागमती गाउँपालिकामा आयोजित वडास्तरीय फुटबल प्रतियोगितामा आयोजक वडा नम्बर ४ ‘बी’ बिजयी भएको छ । शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर ४ ‘बी’ ले वडा नम्बर ३ लाई १–० गोल अन्तरले पराजित गरेको हो । जितका लागि जर्सी नम्बर ७ का शंकर घलानले गरेको गोल नै अन्तिम निर्णायक बन्न पुग्यो ।
प्रतियोगिताको उपाधी जितेसंगै वडा नम्बर ४ ‘बी’ ले नगद पचास हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । द्धितिय भएका वडा नम्बर ३ ले नगद २५ हजारसहित शिल्ड मेडल प्राप्त गरेका छन् । प्रतियोगिताभर उत्कृष्ट गोलकर्ताको रुपमा वडा नम्बर ४ ‘बी’ कै ३ जनाले जनही एक हजार रुपैयाँ प्राप्त गरे । वडा नम्बर ४ ‘बी’ कै उमेश पाख्रिन उत्कृष्ट गोल किपर भए भने सर्वोत्कृष्ट खेलाडी भिम बज्यु घोषित भएका छन्।
बिजेता र उपविजेतालाई मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार प्रेमबहादुर पुलामी (छिन्तु ) ले पुरस्कार हस्तान्तरण गर्नुभयो । (छिन्तु ) ले आफु खेल प्रेमी भएको बताउँदैे खेल क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट सम्पूर्ण सहयोग रहने बताउनुभयो । खेल मैदानलाई व्यवस्थित बनाउनेदेखि नयाँ खेलाडी उत्पादनमा प्रदेश सरकारबाट विशेष योजना ल्याइने जिकिर गर्नुभयो ।
कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले पालिकाले खेल क्षेत्रको विकास हेतु हरेक वडातह बाट खेलकुदका कार्यक्रमलाई प्राथमिकता दिइरहेको बताउनुभयो । उहाँले आगामी दिनमा पालिका र प्रदेश सरकार मिलेर खेलाडी प्रोत्साहन कार्यक्रम ल्याउने पनि बताउनुभयो ।
वडास्तरीय खेलकुद विकास समिति अध्यक्ष कालमान राईको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिना, नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य प्रमिला लामा पुलामी,नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका अध्यक्ष अरुण बल, नेपाली काँग्रेस पार्टी सचिव सुदिप पाख्रिन, नेकपा समाजवादीका धनपति तिमल्सिना, वडा नम्बर ४ का वडाध्यक्ष दन्तलाल माझी, ३ नम्बर वडाध्यक्ष कमान सिं पाख्रिन, ५ का वडाध्यक्ष बिजय भ्लोन, २ का वडाध्यक्ष जनक पहरी लगायतको सहभागिता रहेको थियो । गत कात्तिक २१ गतेबाट सुरु भएको प्रतियोगितामा फुटबल प्रतियोगितामा बागमती गाउँपालिकाका ९ वटै वडाका १३ वटा टिमको सहभागिता रहेको थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

game-2-1668182577.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...