pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

फाेटाे फिचर

लालीगुँरास ढकमक्क फुल्दा राताम्मे दामन

image_50461441-1647325667.JPG

उत्तरी मकवानपुरको दामन सिमन्ज्याङ्ग तथा टिस्टुङ क्षेत्र यतिबेला हिमाली तथा उच्च पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुलेको छ । विभिन्न प्रजातिको रङ्गीविरङ्गी गुराँसले वन सुन्दर बनाएको छ भने आगन्तुकलाई लालायित पार्ने गरेको छ । गुराँस फुल्ने मौसम भएकाले फूलसँग रमाउन नेपालका विभिन्न जिल्लामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । 
 शिशिर ऋतुको अन्त्य र बसन्त ऋतुको आगमन संगै फुलेका लालीगुँरासले बन राताम्मे भएका छन् ।  । जताततै हरियाली ढकमक्क हुने गरि रंगीचंगी फुलहरु फुलेका छन् अनि माहुरी,पुतली र  भमराहरु ती सुन्दर पुष्पका आकर्षण र सुवासले मन्त्रमुग्ध भएर नाचिरहेका देखिन्छन् । चराचुरुङ्गीहरु गाउन अनि नाचिरहेका देख्दा आहा ! कसको मन रमाउदैन र ? 


बोटभरि ढकमक्क फुलेको गुराँस हेर्दै आकर्षिक हुने भएकाले हरेकको मन तान्ने गरेको छ । अहिले यो क्षेत्रको जङ्गल गुराँसले वन नै राताम्मे छ । विभिन्न प्रजातिका गुराँसमा पर्यटक रमाउने गरेका छन् । 
लाग्छ यो क्षेत्र वास्तवमा नै हिउँ पर्दाको श्वेत स्वर्ग अनि गुराँस फुल्दाको शोर्णित(रातो) स्वर्ग हो । आजभोलि यहाँको तापक्रम दिनमा १९ डिग्री सेल्सिएस सम्म पुगेको छ । एउटा टि–सर्ट मात्र लगाएर बस्न सकिन्छ तर जब सुर्य बादलभित्र लुक्दछ तब ज्याकेट खोज्नुपर्ने यहाँको अनौठो प्राकृतिक विशेषता रहेको छ । अहिले वातावरणमा तुवाले रहेकाले हिमाल त्यति राम्ररी देखिएको छैन,तर जङ्गलनै राताम्मे हुने गरि फुलेका ती गुराँस फुलले पक्कै पनि तपाईंको मनलाई मोहित र आनन्दित पार्नेछ । 


बि.सं.२०२१ सालतिर दामनमा स्थापना भएको पर्वतीय वनस्पति उद्यान जुन एउटा वातावरणमैत्री पार्क र थाहा नगरपालिका कै पर्यटन आकर्षण बनेको छ । अहिले दामन पुग्नेले उक्त उद्यानमा फोन नखिची र टिक–टक नबनाई फर्कदैनन् । 
हाल त्यहाँ अवलोकन गर्न  जाने हो भनी सेता,राता अनि गुलाफी गुराँसको बगानमा बसि टिकटक भिडियो बनाउनको निम्ति उपयुक्त  समय रहेको छ । गुराँस बाहेक पाशणभेद,बरुवा(लोक्ता),विभिन्न जातका अर्किडहरु,लिलि र अन्य धेरै थरिका फुलहरुहरु पनि बगानमा फुलेका छन् ।


नेपालकै एकमात्र पर्वतीय वनस्पति उद्यानलाई उत्कृष्ट बगान बनाउनको निमित्त धेरै कार्यहरु भैरहेको र हाल पर्यटकको रोजाईमा पर्न लागेको भए पछि यसलाई पर्यटकको आकर्षण बमोजिम बनाउन हौसला बढेको दामनको लागि सहायक प्रमुख सागिर हुसेनले बताए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...