Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

जीवनशैली

र्याप स्टार सफल बिष्ट थाहामा भोट अभियानमा,विद्यार्थी संग भेटघाटमा व्यस्त ,

FB_IMG_1686141599761-1686141614.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नं. २ फाँटबजारका १९ वर्षीय सफल विष्टले र्‍याप स्टारबाट नेपालकै नाम चिनाउँदै छन् । ७००० प्रतिष्पर्धीलाई पछि पार्दै उनी अन्ततः फाइनलमा प्रवेश गरेका छन् । आगामी २८ जेठमा हुने फाइनल चरणमा उनको अन्तिम र्‍याप स्टार परीक्षा हुँदैछ । 

नामै सफल अर्थात् सफल विष्ट ।  सानैदेखि  र्‍याप गायनमा शौखिन सफललाई र्‍याप दुनियाँमा ‘विसफ’ को नामले चिनिन्छ । ओएसआर रियालिटी युट्युब च्यानलबाट प्रशारण हुँदै आएको र्‍याप स्टार रियालिटी शोमा सफल अहिलेसम्म सफल छन् । यो कार्यक्रम शनिबार र आइतबार स्पेस फोरके टेलिभिजनबाट पनि प्रशारण हुन्छ ।

आदित्य विक्रम अछामीको निर्देशनमा बनेको रियालिटी सोमा गिरिश खतिवडा, मिस्टर डी (सन्दीप विष्ट), एजे (अभिजीत भण्डारे) निर्णायक छन् ।  निर्णायकहरुले सफलको खुलेर प्रशंसा गरिरहेका छन् । सफलका बुवा राधाकृष्ण विष्ट भन्छन्, ‘निर्णायकहरुले सफलमा छुट्टै ‘इनर्जी’ पाएका छन्,  र्‍यापका मान्यताहरुले सफल सफल नै हुन्छन् तर त्यतिले मात्र र्‍याप स्टार बन्ने ढोका नखुल्न सक्छ किनकि त्यहाँ भोटिङको पनि कुरा हुन्छ । 
 

भोटिङमा सहयोगीहरुको हात आवश्यक भएकोले सफललाई र्‍याप स्टारको रुपमा देख्न पाएर थाहा र मकवानपुरको नाम राख्न अहिले भोटिङ अभियान नै सञ्चालन गरिरहेको विष्ट बताउँछन् । ‘सफललाई भोट गर्नेहरु बढिरहेका छन्, सकेसम्म सबैको सहयोगको अपेक्षा गरेको छु,’ उनले भने ।  

सफल अहिले थाहानगरमै छन् । आफन्त र साथीहरुसँग मिलेर भोटको अपिल गर्दै उनी यहाँका विभिन्न स्कूल, बलेज तथा संघसंस्थाहरुमा पुगिरहेका छन् । बुधबार उनले हिमालयन इंगलिस बोर्डिङ स्कूल, जनकल्याण मावि, पालुङ मोडर्न इंगलिस स्कूल, पालुङ इंगलिस स्कूल लगायत विद्यालयहरुमा पुगेर भोटको अपिल गरेको श्रीकृष्ण विष्टले बताए । 
 

सफललाई भोट गर्नका लागि मोवाइल फोनमा गुगल प्ले स्टोरबाट ओएसआर कनेक्ट एप डाउनलोड गर्नुपर्छ । उक्त एप खुलेपछि शोजमा क्लिक गरेपछि र्‍याप स्टारमा गएर भोट नाउमा क्लिक गर्नुपर्छ । त्यसपछि फाइनलमा पुगेका प्रतिस्पर्धीहरुको फोटो देखिन्छ । अन्तिममा सफलको फोटो रहेको छ जहाँ भोट नाउमा क्लिक गरेर भोट गर्न सकिन्छ । २८ जेठ दिउँसो १ बजेसम्म भोटिङ खुल्ला रहने आयोजकले जनाएको छ । 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg