Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

खेल

रोशन र मधुसूदनको जोडिलाई छैटौं उपमेयर कप ब्याडमिन्टनको उपाधि

FB_IMG_1750599519865-1750599666.jpg

थाहा, मकवानपुर
थाहा नगरपालिकामा सम्पन्न छैटौं उपमेयर कप डबल्स मेन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि रोशन गोपाली र मधुसूदन चौधरीको जोडीले जितेका छन्। फाइनल खेलमा साविक विजेता नरेन्द्र र देवको जोडीलाई पराजित गर्दै उनीहरुले उपाधिसँगै नगद रु २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
साविक विजेताका रुपमा फाइनलमा उत्रिएका नरेन्द्र/देव उपविजेतामा सीमित भए। उनीहरुले नगद रु १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि सुनिल विष्टले जिते। उनले नगद रु ५ हजारसहित ट्रफी प्राप्त गरे।
सान्त्वना पुरस्कार सुनिल/नवीन र नरेन्द्र/इसाकको टिमले प्राप्त गरेका छन्। उनीहरुलाई नगद र मेडल प्रदान गरिएको थियो।
१४ टिम सहभागी, उत्साहजनक प्रतिस्पर्धा
थाहा नगरपालिका–४ क्याम्पाडाडामा रहेको कबर्डहलमा सम्पन्न प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका थिए। समापन समारोहका प्रमुख अतिथि उपप्रमुख भरत गोपालीले विजेता र अन्य विधागत खेलाडीहरुलाई पुरस्कार वितरण गरे।
"यस्ता प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको माध्यमबाट युवा सक्रियता बढाउँछ," उपप्रमुख गोपालीले भने, "खेलकुदमा लगानी नगरका युवाको उज्यालो भविष्यतर्फको कदम हो।"
समारोहमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल, पालुङ भ्यालीहार्ट एकेडेमीका प्रिन्सिपल सुरेन्द्रमान प्रधान, फरक सोचका संयोजक यादवजंग रायमाझी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताको संयोजन थाहा नगरपालिकाले गरेको हो भने शिखर क्लब र फरक सोच सहयोगी संस्थाका रुपमा रहेका थिए। प्रतियोगितामा प्रेस तथा सञ्चार साझेदारका रुपमा पालिका प्रेस, थाहापाटी, लालखबर, थाहा टाइम्स, टिम टिभी, बाइरोड र रेडियो दामन रहेका थिए।

सुुसान्त श्रेष्ठ (च्याङ) को संयोजकत्वमा भएको समापन समारोहमा खेल सञ्चालनमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । कार्यक्रममा सहयोग गर्ने प्रायोजक तथा सहयोगीहरुलाई संयोजक श्रेष्ठले धन्यावद दिएका थिए ।

FB_IMG_1750599516307-1750599666.jpg
FB_IMG_1750599491823-1750599679.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg