pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

रेडक्रस हेटौंडा उपशाखाका आजिवन सदस्यलाई निशुल्क रगत

असोज १९/नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले आफ्नो उपशाखा अन्तर्गत रहेका आजिवन सदस्यहरुलाइ आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।
हेटौंडा उपशाखाले मंगलबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरसँग त्यसबारेमा सम्झौता गरेको छ ।

हेटौंडा उपशाखाले आफनो आजीवन सदस्यहरुको लागि बिरामी परेर रगत नै चाहिएको अवस्थामा स्वास्थ्य उपचारमा रगत अभाव हुन नदिने भन्दै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखासंग निशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेको हो ।

आकस्मिक समस्या पर्दा थोरै भएपनि राहत होस भनेर नेपाल मै पहिलो पल्ट नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको उपशाखाले आफ्नो आजिवन सदस्यहरुलाइ निशुल्क रगत उपलब्ध गराउन लागिएको हेटौंडा उपशाखाका सभापति शिबहरि दाहालले जानकारी दिनुभयो।

‘हेटौडा उपशाखाका आजीवन सदस्यहरुले अबका दिनमा रगत चाहिएमा शुल्क तिर्नुपर्दैन । पहिचान पत्र लिएर हेटौडाको ब्लड बैंक पुगे हुन्छ,’ सभापति दाहालले भन्नुभयो।

आजीवन सदस्यहरु कोही बिरामी परेर रगत नै चाहिएको अवस्थामा निःशुल्क उपलब्ध गराउने उद्देश्यले सो सम्झौता गरिएको उपशाखाका कोषाध्यक्ष हिक्मत श्रेष्ठले बताउनुभयो।

हेटौडा उपशाखाबाट प्राप्त आधिकारिक परिचयपत्र वा सिफारिसका आधारमा रगत निःशुल्क दिने व्यवस्था मिलाइएको नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र हेटौडाका प्रमुख टंक दाहालले जानकारी दिनुभयो। अहिले रक्तसञ्चार केन्द्रले प्रती युनिट रगतको ८ सय ५० रुपैया लिदै आएको छ ।

https://www.thahapati.com/public/images/users/simu-1609137209.jpg
सिम्रन खड्का
rjsimran888@gmail.com

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...