jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

"थाहा"

थाहामा रुदानेको ९१ औं जन्म जयन्ती मनाइयो

FB_IMG_1736513046115-1736513122.jpg

थाहा आन्दोलनका प्रणेता  दिवङ्गत रुपचन्द्र बिष्ट'रुदाने'को ९१ औं जन्म जयन्ती तथा थाहा दिवस बिविध कार्यक्रम गरि मनाइएको छ।
यसैबिच रुपचन्द्रको जन्मभुमी थाहा नगरपालिकामा पनि रुदानेको सम्झनामा थाहा दिवस मानाइयो।
थाहा नगरपालिका वडा न ३ को आयोजना तथा फरक सोचको समन्वयमा शिखरकोटमा रहेको बिकास घरको प्रागणमा कार्यक्रमको आयोजना गरिएको हो।
वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको अध्यक्षता तथा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता र नगर उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा रुपचन्द्र बिष्ट संगै सहकर्मी भएर हिडेका जनमुखी सहकर्मी हरुलाइ सम्मान तथा रुदानेको शालिकमा माल्यार्पण गर्दै जन्मजयन्ती मनाइएको थियो।
कार्यक्रममा वक्ताहरुले थाहा आन्दोलनको मर्म र रुदानेको स्वाभाव बारे चर्चा गर्दै रुदानेको पथमा हिड्न र श्रम र जनता लाई प्रधानता दिई जनमुखी राजनिती गरेमात्र रुदाने प्रती सच्चा श्रदा हुने बताए।
कार्यक्रममा नगर प्रमुख बिष्णु बिष्ट,उपप्रमुख भरत गोपाली,रुपचन्द्र बिष्ट स्मारक स्थानिय समितीका संयोजक बिमल कुमार बिष्ट,जनमुखी सहकर्मी हरु ज्योती रायमाझी,प्रेम कुमार केसी,माओवादी थाहा नगर अध्यक्ष बिनोद कुमार लामा लगायतकाले रुदाने र थाहा दर्शनको बारेमा आफ्ना धारणा राखेका थिए।
यसै बिच बिगत बर्ष देखि फरक सोचले प्रदान गर्दै आइरहेको थाहा पत्रकारीता पुरस्कार थाहा नगरपालिकाका पत्रकार ममता थापा लाई प्रदान गरियो।
अन्नपूर्ण पोष्टमा वरिष्ठ संवाददाताको रुपमा कार्यरत पत्रकार थापालाई उक्त पुरस्कार प्रदान गरिएको हो।
१० हजार नगद सहित सम्मानपत्र द्वारा नगर प्रमुख बिष्णु बिष्ट र उपप्रमुख गोपालीले प्रदान गरे ।
फरकसोचका अध्यक्ष यादव जंग रायमाझीले स्वागत गरेको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी,जनमुखी सहकर्मी हरु तथा स्थानियको उपस्थिति रहेको थियो।

 

FB_IMG_1736513074344-1736513122.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...